अहिलेको निर्वाचन सिंहदरबारका कारिन्दा जिताउने निर्वाचन होइन

१८ भदौ, बारा – नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले अहिलेको निर्वाचन सिंहदरबारका कारिन्दा जिताउने निर्वाचन नभएको बताएका छन् ।

Badalबाराको कोल्हबीमा आयोजित सभामा बोल्दै नेता बादलले भने, ‘कतिपयले अहिलेको निर्वाचनलाई २० वर्षपछि हुन लागेको निर्वाचन भन्छन्। तर, त्यो सत्य होइन । इतिहासमै पहिलोपटक भएको निर्वाचन हो ।’

उनले अघि भने, ‘चुनाव त पञ्चायतकाल र बहुदल कालमा पनि भए । तर, ती निर्वाचन सिंहदरबारका कारिन्दा जिताउने निर्वाचन थिए । तिनलाई खास कुनै अधिकार थिएन। अहिलेको निर्वाचन जनताका प्रतिनिधि बनाउने निर्वाचन हो, जनताले आफ्नो सरकार गठन गर्ने निर्वाचन हो, जनताको अदालत र संसद बनाउने निर्वाचन हो, यसलाई सामान्य उपलब्धि ठान्नु हुँदैन ।’

 

photo

NOC1-250x300