रक्तदानमा संस्थाहरुको सहभागिता बढ्नाका साथै माग पनि त्यही अनुपातमा बढेको जनाइएको छ । “रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको सङ्ख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गर्दै आएको छ”, रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले भन्नुभयो ।
जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भाँतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको जनाइएको छ ।
स्वयम्सेवक रक्तदाताका साथै जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेसागत सङ्घसङ्गठनले समय समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन ठूलो सहयोग पु(याएका छन् ।
रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास पनि थालिएको छ ।
रेडक्रस बाँकेका अनुसार सङ्कलित रगतमध्ये ७८ प्रतिशत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलामा तथा २२ प्रतिशत पुरुष बिरामीका लागि प्रयोगमा आएको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी