अमेरिका–भारत सम्बन्ध : नेपाललाई थप खतरा

निमकान्त पाण्डेnimkanta : अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ खाएलगत्तैदेखि संसारव्यापी रूपमा उनको विरोध सुरु भएको छ । ट्रम्प एक किसिमले आफ्नो कार्यकाल कसरी बिताउने होला भन्ने चिन्तामा पुगिसकेका छन् । तर पनि उनले आफ्नो साम्राज्यवादी राजनीतिलाई सफल तुल्याउने तानाबाना पनि बुन्न सुरु गरिस ;केका छन् ।

खासगरी एशियाली मुलुकमा भारतको काँधबाट बन्दुक पड्काउने योजनामा ट्रम्पले आफ्नो राजनीतिक नंग्रा तिखारिरहेका छन् भन्ने संकेत मिलिरहेको छ । कहिल्यै ताइवानविरुद्ध बोलेका छन् त कहिले भारतलाई उक्साउने योजना बनाइरहेका देखिन्छन् । ट्रम्पका यस्ता गतिविधिले उनलाई एशियाली क्षेत्रमा एउटा दलालको आवश्यकता महसुस भइरहेको संकेत मिल्दछ । जसको अभाव भारतले पूरा गरिदिने ट्रम्पको सपना स्पष्ट छ ।
तीनतिरबाट भारतले घेरिएको र एकतिर हिमाली शृंखलाले छेकेर चीनलाई धेरै टाढाको मुलुक ठान्नुपर्ने अवस्थामा रहेको हाम्रो देश अमेरिकाको नयाँ नीतिले निकै संकटमा पु¥याउने सम्भावना बढेर गएको छ । चीनले नेपाल भएर भारतले चीनविरुद्ध केही वितण्डा गरिहाल्छ कि भन्ने त्रास देख्छ भने भारतले नेपाललाई आफ्नो कब्जामा पारेर चीनलाई उक्साउने काम गरिरहन्छ । दुई छिमेकी देशबीचको आपसी आशंकाको चेपुवामा हाम्रो देश नेपाल परिरहेको अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पको चीनविरोधी चिन्तनले थप समस्या नेपालमाथि सृजना हुने देखिन्छ ।
नेपाल र भारतबीच परम्परागत रूपमा दर्जनौं नाकाहरू खुला रहेका छन् । नेपालमाथि व्यापारिक आधिपत्य जमाउन पाइरहेको भारतले नेपालको परिवर्तित अवस्थामा उत्तरतिरबाट खुला बाटो भएको देख्न चाहँदैन भन्ने सन्देश उसले दिइरहेको छ । नेपाल र चीनबीच एउटा नाका खुल्दा आफूलाई चीनद्वारा घेरिएको अनुभव भारतले गर्दछ । गत वर्ष ६ महिनासम्म नाकाबन्दीको पीडा भोग्नुपरेपछि नेपालले चीनतिरको आवागमनलाई सहज बनाउन थप नाकाहरू खोल्ने प्रयास गरेपछि भारत नेपालसँग चिढिएको हो । यही स्थितिलाई ध्यानमा राखेर भारतले रणनीतिक सीमाको खाका बनाइरहेको बुझ्न कठिन छैन । हिन्द महासागर ऐतिहासिक स्तरबाट नै भारतीय जलसेनाको क्रिडास्थल रहेको दाबी गर्दै आएको छ । तर, त्यहाँ चीनको उपस्थितिलाई भने भारतले रोक्न सकेको छैन । हिन्द महासागरको बाटो भएर गल्फ, मलक्का हुँदै सुदूरपूर्व चीनसम्म तेल आपूर्ति गर्ने भारतको जीवनरेखाजस्तै भएर रहेको छ । चीनले बढ्दो तेलको माग पूरा गर्न अफ्रो–एशियाली क्षेत्रबाट पनि तेलको आपूर्तिका लागि ठूलो लगानी गर्दै आएको छ । ती क्षेत्रका मुलुकहरूमा आन्तरिक द्वन्द्व वा एक किसिमको अर्धऔपनिवेशिक परिस्थितिका कारण त्यहाँबाट चीनले तेलको आवश्यकता पूर्ति गर्न सकेको छैन । चीनले आयात गर्ने तेलको मात्रामध्ये ८० प्रतिशत गल्फ क्षेत्रबाट र बाँकी हिन्द महासागरकै बाटो अफ्रिकी मुलुकतिरबाट आपूर्ति गर्छ । त्यसैले हर्मज र मलक्का क्षेत्रको बाटो चीनको अत्यन्तै महत्वपूर्ण यातायात सञ्चारका बाटोका रूपमा रहेको पाइन्छ । चीनले लामो समयदेखि सो मार्गको दूरीलाई छोट्याउने प्रयास गर्दै आउनुका साथै गल्फबाट चीनको मुख्य भूमिसम्म सके अरू सुरक्षित मार्गको स्थापना गर्ने उपायहरूको खोजी पनि गरिरहेको छ । चीन र भारतबीच रहेका यस्ता असमझदारीबाट अमेरिकाले फाइदा लिन पटक–पटक प्रयास गर्दै आएको छ । परन्तु ट्रम्पको आगमनले भारत र चीनको दूरी थप बढाउने खतरा पैदा गराएको छ ।
भारत र अमेरिकाको गठबन्धन कसिलो बन्दै गर्दा चीन र पाकिस्तानको सम्बन्धले पनि त्यत्तिकै कसिलो गठबन्धन बनाउने निश्चित छ । चीनको दक्षिण पश्चिमी प्रान्तका सिन्जियान, उधुर स्वायत्त प्रदेश र अरेबियाली सागरसित पाकिस्तानको कराँची बन्दरगाहसँग जोड्ने काराकोरम राजमार्ग खोलिएपछि चीन र पाकिस्तानबीचको रणनीतिक सम्बन्ध गहिरिन पुगेको हो । झन्डै ६ दशक पुरानो सम्बन्ध चीनले ग्वादर बन्दरगाहसमेत उपयोग गर्ने सुविधा पाएपछि चीन र पाकिस्तानको रणनीतिक सम्बन्ध थप मित्रवत् बन्न पुगेको छ ।
भूपरिवेष्ठित नेपाललाई समुद्री तटसम्मको व्यापारिक कारोबारमा बाधक बन्दै आएको भारतले चीनको व्यापारिक चासो र नेपालसितको सम्बन्धप्रति अनावश्यक त्रास देखाउने र आफूलाई चीनबाट घेरिएको ठान्ने प्रवृत्तिले अमेरिकीहरूसँगको सामीप्य भारतका निम्ति बाध्यता बन्न पुगेको बुझ्न कठिन छैन । यस्तो विषम परिस्थितिबीच भारतलाई थप चलखेल गर्ने वातावरण बनाउन मधेश केन्द्रित राजनीतिक दलहरू लागिरहेको अवस्थामा सत्तासीन नेताहरूसमेत देशको अवस्थाप्रति बेखबरजस्तै देखिनु आश्चर्यजनक हो ।

एकातिर देश विखण्डनको चेतावनी नेपाली पक्षबाटै भइरहनु अर्काेतर्पm भारतीय भूमिमा मधेश स्वायत्तताका निम्ति विशेष भेलाको समाचार बाहिर आउनु तर नेपालका शासकहरू मौन बसिरहनुले हाम्रो देश दुर्घटनातर्पm उन्मुख भइरहेको संकेत गरिरहेको छ । बेलायती दासताबाट मुक्त भएका भारतीय शासकहरू आफ्ना छिमेकीहरूलाई अधीनमा राख्नका निम्ति अमेरिकी दासताको साङ्लोमा बाँधिन तयार देखिएका छन् । यस्तो अवस्थामा नेपालको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताका लागि नेपाली–नेपालीलाई संगठित र एकत्रित गराएर अगाडि बढ्नु नै आजको आवश्यकता हो, सबैलाई चेतना भया

 

photo

NOC1-250x300