अमेरिकामा हिजो २५३५ जनको मृत्यु, संक्रमितको संख्या ७ लाख ९ हजार पुग्यो !

बैशाख ६, काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को केन्द्रबिन्दू बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३५ जनाको ज्यान गएको छ।यो सँगै अमेरिकामा कोरोना संक्रमणका काराण ज्यान गुमाउनेको संख्या ३७ हजार १ सय ५४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ३२ हजार १ सय ६५ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ७ लाख ९ हजार ७ सय ३५ पुगेको छ । यो विश्वका २१० देश देशमा रहेका कोरोना संक्रमितको तुलनामा सबैभन्दा धेरै हो ।

हालसम्म अमेरिकामा ६० हजार ५ सय १० जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । संक्रमित मध्ये १३ हजार ५ सय ९ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

 

photo

NOC1-250x300