अपडेटः जाजरकोट दुर्घटनामा २४ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं, २६ फागुन – जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।Mishap 1_1

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी भावेश रिमालले दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको लोकान्तरलाई बताए । ‘घटनास्थलबाट २४ जनाको शव निकालिएको छ, अहिले घाइतेहरुको उपचारको लागि नेपालगञ्ज पठाउने तयारी गरेका छौं, बिहिबार अबेर उनले भने, ‘घटनास्थलमा उद्दारकार्य सकिएको छ । चौरजहारी अस्पतालमा उपचार सम्भव नभएकाले नेपालगञ्ज पठाउन लागिएको हो । ‘

उनको अनुसार केहिको चौरजहारी अस्पताल र गम्भीर घाइते २८ जनालाई नेपालगञ्ज पठाउन लागिएको हो । घाइतेलाई नेपालगञ्ज पठाउनको लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको उनले बताए ।

जाजरकोट सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस पासागाढ भन्ने स्थानमा भीरबाट करीब ४०० मिटर तल खसेर सो भयानक दुर्घटना भएको हो ।

दुर्घटनास्थलपछि घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय उद्दामा खटिएका थिए ।
प्रहरीले मृतकको सनाखत हुन भने बाँकी रहेको जनाएको छ ।

घुमाउरो सडकमा तीब्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको डिएसपी रिमालले जनाएका छन् ।

चलानीमा ४३ जना मात्रै यात्रु बोकेर हिँडेको भएपनि बसले बाटोमा यात्रु थप्दै जाँदा संख्या बढेको हो ।

घटनास्थलमा पुगेका रुद्र स्थानीय विकास अधिकारी पण्डितका अनुसार घटनास्थलमा घाइते र मृतकका परिवार शोकाकुल भएका छन् ।

 

photo

NOC1-250x300