काठमाडौं, २३ वैशाख । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव कारवाहीमा परेका छन् ।
शनिबार बसेको मधेसी मोर्चासहितको गठवन्धनको बैठकले यादवले संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको भन्दै कारवाही स्वरुप संघीय गठबन्धनको अध्यक्षबाट हटाएको छ । बैठकले आजै राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको छ ।
राजपा नेपालको कार्यालयमा बसेको बैठकले आफ्ना मुद्दाहरुलाई निष्कर्षमा पुर्याउन र संघर्षका कार्यक्रम अगाडि बढाउन भन्दै महन्थ ठाकुरलाई संयोजक चयन गरेको गठबन्धनका एक नेताले जानकारी दिए ।