अझै दुई दिन मौसम यस्तै

फागुन २८,काठमाडौं – पश्चिमी वायुको प्रभावले मुलुकको मध्य र पश्चिमी क्षेत्रमा हल्का बर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात समेत भएको छ ।

भारतीय भूभागबाट बुधबार नेपाल भित्रिएको पश्चिमी वायु पुर्व सर्ने क्रममा शुक्रबार अधिकांश ठाउँको मौसम बदलिएर मध्य र पश्चिमी क्षेत्रहरुमा बर्षाको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायूको प्रभाव अझै बाँकी रहेकाले अझै दुई दिनसम्म मौसम बदलिने र हल्का बर्षा हुने महाशखाका मौसमविद् समिर श्रेष्ठले बताए । चट्याङ पर्ने, हावाहुरी र मेघ गर्जन सहित क्षणिक बर्षाको गतिविधी दोहोरीने उनले बताए ।

 

photo

NOC1-250x300