Uncategorized

कलंकी नागढुङ्गा सडक बनाउन प्रचण्डका घरवेटीले गरे सहमति

  असाेज १२, काठमाडाैं । शैलुङ कन्ट्रक्सनले कलंकी-नागढुंगाका सडक खण्ड मंसिर भित्र पिच गर्ने भन्दै स्थानियहरू सँग सम्झौता गरेको छ । शैलुङ कन्ट्रक्सनले अाज स्थानीयहरू सँग सडक पिच गर्न दुई बुँदै सम्झौता गरेको हो ।चन्द्रागिरी नगरपालिकाका स्थानीयहरूलार्इ सडकमा अध्याधिक धुलोका कारण सास्ती भएपछि आन्दोलनमा उत्रिएका थिए । चन्द्रागिरी नगरपालिका वडा नं. १५ मा भएको दुई बुँदे […]

कमरेड बादल र जनार्दबीच घोचपेच !

   काठमाडौैं, असोज १० । बादल प्रचण्डतिर हेर्दै थिए । प्रचण्डचाँही मुन्टो बटारेर केपी ओलीलाई सोध्न थाले,‘यही गर्ने हो त ?’ यतिन्जेलमा बामदेव गौतमले पनि केही भन्न छाडिसकेका थिए । करायो–करायो, हुने केही होइन । माधव नेपाल त झन बैठकमै थिएन । नेकपाका सातै प्रदेश ईन्चार्ज, अध्यक्ष, सह–ईन्चार्ज र सचिवको टुंगो लाग्यो, प्रधानमन्त्री अमेरिका उड्ने […]

भारत नगएको नेपाली सेना संयुक्त सैन्य अभ्यासका आज चीन जाँदै

  असोज ,१ काठमाडौं । अन्तिम समयमा भारतमा हुने तालिममा सहभागी नहुने निर्णय गरेको सेनाले आजबाट चीनमा संयुक्त सैन्य अभ्यास थाल्ने भएको छ । त्यसका लागि नेपाली सेनाको टोलि  चीन जान लागेको हो । चीन–नेपाल ‘सगरमाथा मैत्री २’मा भाग लिन नेपाली सेनाको टोली जान लागेको सैन्य प्रवक्ता तथा ब्रिगेडियर गोकुल भण्डारीले जानकारी दिए । ‘प्रोटस माइनस’ […]

साफ च्याम्पियनसिपमा इतिहास रच्ला नेपाली फुटबलले ?

आज (बुधबार) बंगलादेशको राष्ट्रिय रंगशालामा नेपाली फुटबल टोली नयाँ इतिहास रच्ने ध्याउन्नमा छ । १२ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज माल्दिभ्सलाई पराजित गरेको खण्डमा पहिलो पटक नेपाल साफको फाइनलमा पुग्नेछ । नेपालले सन् १९९३ देखि नै साफमा सहभागिता जनाउँदै आएपनि सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन । यसअघि नेपाल सन् १९९५, १९९९, २०११ […]

निशान भट्टराईले गाए छक्का पञ्जा ३ को दोस्रो गीत (भिडियोसहित)

‘छक्का पञ्जा ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छ’ बोल रहेको उक्त गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको छ । गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द अर्जुन र दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । […]

दूरसञ्चार प्राधिकरणः अयोग्य झा पुनः अध्यक्ष

 भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि नै प्रश्न उठ्ने गरी विवादित छविका दिगम्बर झालाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुनः नियुक्ति गरेका छन् । विभागीय (सञ्चार तथा सूचना प्रविधि) मन्त्री गोकुल बास्कोटा इथियोपिया गएका बेला बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पहिला अयोग्य भनेका झालाई पुनः प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति दिएको एक […]

धूवाँ फ्याक्ने सवारीलाई कारबाही भएन

सवारी साधनले अत्याधिक रुपमा धुवाँ फ्याक्ने क्रम बढेपछि धुवाँ नियन्त्रण गर्न यातायात व्यवस्था विभागले भदौ १ गतेबाट नयाँ निमय लागू गरेपनि नियम प्रभावकारी बन्न सकेको छैन । सरकारले लागू गरेको नियमको धज्जी उडाउदै काठमाडौ उपत्यकामा अहिले पनि निर्वाध रुपमा धुवाँ फयाक्दै सवारी साधन गुडने गरेका छन् । सरकारले भदौ १ गतेबाट ६ वटा महानगरपालिका र […]

भारतीय गृहमन्त्रीसँग प्रचण्डले भनेः ‘सीमामा नेपाली लुटिने श्रृङ्खला रोक्नु पर्‍यो’

भारत भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतीय गृहमन्त्री राजनाथ सिँहसँग सीमामा नेपाली लुटिने श्रृखला तत्काल बन्द गर्न पहलका लागि आग्रह गरेका छन्। शुक्रबार बिहान प्रवासी नेपालीसँगको छलफलमा प्रवासीहरुले सीमा क्षेत्रमा नेपाली माथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा जानकारी गराएका थिए। त्यसपछि दिउसो भारतीय गृहमन्त्री सिँहसँगको भेटमा प्रचण्डले लुटपाटका लागि आग्रह गरेका हुन्। […]

स्वयम्भूमा कारभित्र युवाको शव भेटियो

 बिहिबार बिहान स्वयम्भू मन्दिर नजिक पार्किङमा राखेको कारभित्र युवाको शव फेला परेको छ । पार्किङमा रहेको कारभित्रबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै महानगरीय प्रहरी वृत स्वयम्भूबाट खटिएको प्रहरी टोलीले कारभित्र एउटा शव फेला पार्यो । प्रहरीले मन्दिर पश्चिम भागमा रहेको पार्किङ स्थलमा रोकिराखेको बा ८ च ७०२१ नम्बरको निजी कारमा […]

माग सुनुवाइ नभए भदौ ३० गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी बन्द गर्ने चेतावनी

  काठमाडौँ, भदौ २० ।नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले सरकारसमक्ष १८ बुँदे मागपत्र पेश गरेकाे प्रति बेवास्ता गरेकाे भन्दै चरणबद्ध अान्दोलनकाे कार्यक्रमकाे घाेषणा गर्दै पहिलाे दिन देशव्यापी रुपमा डिपाेहरूमा काेण सभा गरेकाे छ । पेट्रोलियम ट्याङ्कर चालक संघले बुधवार १८ बुँदे माग राख्दै नेपाल अायल निगम थानकाेट डिपाेमा काेण सभाकाे गरेकाे छ । काेण सभामा […]

 

photo

NOC1-250x300