banner-2

ट्रम्पलाई अदालतको झट्का, अमेरिकामै रहने भए शरणार्थीहरु

न्यूयोर्क, १६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथि न्यूयोर्कका एक न्यायाधीशले रोक लगाइदिएका छन् । ट्रम्पले सातवटा मुस्लिम बाहुल्यता रहेको देशका शरणार्थी र पर्यटकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाएका थिए । द अमेरिकन सिविल लिबर्टिज युनिएन (एसीएलयू)ले ट्रम्पको यस्तो आदेशको विरुद्ध शनिबार रिट निवेदन दर्ता गरेको थियो । एसीएलयूले ट्रम्पको आदेशपछि हिरासतमा लिइएका मानिसहरुलाई […]

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

१५ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनायलका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराए । उहाँका अनुसार फागुन १ गते मतदाताको नाम […]

लोडसेडिङ नभए पनि किन जान्छ बत्ती ? कुलमानले दिए दुई कारण

१४ माघ, काठमाडौं । तिहारको लक्ष्मीपूजाबाट काठमाडौंमा लोडसेडिङ बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले काठमाडौं अब लोडसेडिङमुक्त भएको बताएका छन् । अहिले लोडसेडिङको घोषित तालिका आएको पनि छैन । तर, पनि बेलाबेला लाइन गइरहन्छ । विहीबार पर्वतमा प्रधानमन्त्री प्रचण्ड र स्याङ्जामा केपी ओलीले भाषण गरिरहेका बेलामा पनि झ्याप्पै लाइन गयो । […]

Three nominated election commissioners

 27 January ,  Kathmandu Constitutional Council of Nepal has nominated three individuals to the post of election commissioner on the basis of ‘party quota.’ Those nominated for the post are Iswari Prasad Paudel, Narendra Dahal and Sudhir Kumar Shah. Paudel is a former secretary considered close to the Nepali Congress; Dahal is a former election commission […]

रहस्य खुल्दैछ : राष्ट्रपतीको राजा जस्तै कानुनभन्दा माथी बस्ने चाहना !

१४ माघ, काठमाडौं । राजतन्त्र अन्त्य भएको एक दशकपछि राष्ट्रपतिलाई समेत राजा महाराजाहरुलाई जस्तै कानूनभन्दा माथि राख्ने प्रयास सुरु भएको छ । सरकारले हालै तयार पारेको एक विधेयकको मस्यौदाले राष्ट्रपति र पूर्वराष्ट्रपतिलाई कानून नलाग्ने प्रस्ताव गरेको हो । राष्ट्रपति कार्यालयले तयार पारेको ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ […]

टीपीपी सम्झौता के हो ? ट्रम्प किन पछि हटे ? विश्लेषक भन्छन्- यसबाट चीन र भारतलाई फाइदा हुन्छ

आफ्नो पूर्वघोषणाअनुसार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्स प्यासेफिक पार्टनरसिप (टीपीपी) सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् । टीपीपीलाई निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालको एउटा महत्वपूर्ण उपलब्धी तथा अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो व्यापारिक सम्झौताका रुपमा लिने गरिन्थ्यो । विशेष एसिया प्रशान्त क्षेत्रमा चीनको वढ्दो प्रभावलाई कम गरी अमेरिकाको प्रभावकारी निरन्तरताका लागि ओबामाले सो सम्झौता गरेका […]

आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः निर्वाचनसम्बन्धी विधेयक अघि बढ्यो, तीन विषयमा अझै विवाद

११ माघ, काठमाडौं । मंगलबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले निर्वाचनसम्बन्धी विधेयकको प्रक्रिया अघि बढे पनि कहिले र कुन निर्वाचन गराउने ? भन्नेमा दलहरुबीच एकमत हुन नसकेको सन्दर्भका समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । नयाँ पत्रिका दैनिकले महाराजगंजस्थित शिक्षण अस्पतालले निजी अस्पतालमा बिरामी रेफर गर्ने गरेको समाचारलाई मुख्य समाचार बनाएको छ । दुई वर्ष कर्मचारी भर्ना […]

आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः वैशाखभित्रै स्थानीय तहको निर्वाचन

९ माघ, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गर्न तीन दल सहमत भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । यसबाहेक, नयाँ पत्रिका दैनिकले एयरमार्सल राख्न चाहने अन्तर्राष्ट्रिय वायुसेवालाई बाटो खुला भएको र स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठन तातेको तर त्रिभुवन विश्वविद्यालय सुस्त भएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ अन्नपूर्ण […]

डा. बाबुराम भट्टराईले दिए ओलीलाई चुनौती:

डा. बाबुराम भट्टराई: नेपालका केही पुराना शक्ति र नेताहरुले निराश भएका जनतामा आशा देखाएर आर्थिक-सामाजिक रुपान्तरणको दिशातिर लिएर जानुको सट्टा उल्टो काम गरिरहेका छन् । यो नेपालीहरुको समस्या अरु कसैले सिर्जना गरिदिएको हो र हाम्रो देशभित्रको कुनै अमूक समुदायले सिर्जना गरेको समस्या हो भनेर हाम्रा युवालाई भ्रमित पार्ने र क्षणिक लाभ लिने प्रयत्न गरिरहेका छन् […]

राहदानीको नवीकरण शुल्क घट्ने भयो : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशका काम गर्ने नेपालीले आर्जन गरेको अनुभव र पुँजी नेपालको विकासका लागि आधारशिला भएको बताएका छन् । ‘दसौँ विश्व भविष्य ऊर्जा सम्मेलन’मा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री दाहालले अबुधाबीस्थित नेपाली दूतावासमा आज भएको अन्तक्र्रिया कार्यक्रममा विदेशमा नेपाली कामदारले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत रहेको बताए […]

 

photo

NOC1-250x300