स्वास्थ्य

सरकारी चिकित्सक सङ्घ (गोदान) द्धारा आन्दोलनका सबै कार्यक्रम स्थगित

फागुन १९, काठमाडौँ ।  कर्मचारी समायोजनका केही बुँदामा असहमति राख्दै आन्दोलनरत् सरकारी चिकित्सक सङ्घ (गोदान)ले सरकारको आश्वासनपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोदानले उठान गरेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको गोदानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री […]

गर्भवतीलाई नुन र सुत्केरीलाई तेल

मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि यहाँका एक गाउँपालिकाले गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ । सिस्ने गाउँपालिकाले यहाँका सबै स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन आउनेलाई नुन र सुत्केरी हुन आउनेलाई तेल उपहार दिने गरेको हो । सरकारले घोषणा गरेको आमा सुरुक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यो कार्यक्रम शुरु गरिएको […]

एचआइभी एड्सको परीक्षण

धौलागिरि अञ्चल अस्पताल र बडिगाड गाउँपालिका बागलुङको आयोजनामा शनिबार एकदिने एचआइभी एड्स परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको ग्वालिचौरमा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क शिविरमा ४०० जनाले एचआइभी एड्स परीक्षण गराएको अञ्चल अस्पतालले जनाएको छ । धौलागिरि अञ्चल अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट) सेन्टर को प्राविधिक टोलीले दुर्गम […]

घिउको सेवन स्वास्थ्यलाई वरदान: मुटु स्वस्थ राख्नेदेखि क्यान्सरको खतरा घटाउनेसम्म

  माघ २१,    घिउ सर्वसुलभ चिल्लो पदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रामा भने ध्यान पु-याउनुपर्छ । घिउ खाएमा अनेक फाइदा मिल्छन् । – घिउले छालालाई स्वास्थ राख्नुको साथै स्मरणशक्ति बढाउन पनि सकरात्मक भूमिका खेल्छ ।  – कब्जियतका बिरामी भएकालाई घिउ निकै फइदाजनक हुन्छ ।  – यसले छालामा चमक […]

बाध्य भएर डा. केसी आफैले तोडेे अनशन

सरकारले तयार पारेको मेडिकल शिक्षा विधेयक फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलले तयार पारेको विधेयकको भावना विपरीत संसदमा आएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने माग गर्दै डा. केसीले इलामबाट अनशन सुरु गर्नुभएको थियो । सरकाले डा. केसीले उठाउँदै आएको माग ९५ प्रतिशत पूरा भएको बताउँदै अनशन बसिरहेकै अवस्थामा संसदको दुवै सदनबाट उक्त विधेयक बहुमतले पारित […]

अस्पतालको सेवा ठप्प पार्ने एकाथरी डाक्टरको निर्णयको अर्काथरी डाक्टहरुले अवज्ञा गर्ने

  काठमाडौं, १८ माघ । नेपाल चिकित्सक संघले गरेको शुक्रबारबाट देशभरका सरकारी ,निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गर्यो । उक्त निर्णयलाई बामपन्थी दल निकटका डाक्टरहरुले अवज्ञा गर्ने भएका छन् । प्रा. डा. गोविन्द केसीका नाममा राजनीतिक उद्देश्य पूरा गर्न आन्दोलन थालिएको भन्दै बामपन्थी डाक्टरहरुले त्यसको अवज्ञा गर्ने बताएका […]

वार्ताका माध्यमबाट गोविन्द केसीको अनसन बन्द

राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले अनशनरत प्रा. डा. गोविन्द केसीसँग फलदायी वार्ता गरी अविलम्ब समस्या समाधानको उपाय खोज्न र अनसनको बाटो तत्काल बन्द गर्न आह्वान गरेको छ । सरकारसँग विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने, अनसनरत डा केसीसँग फलदायी वार्ताका लागि सरकारले पहल गर्नुपर्ने र केसीले अनसन बन्द गर्नुपर्ने प्रतिष्ठानको सुझाव छ । उक्त […]

मानव शरिरका ५ अंग जसको कुनै काम छैन

जैविक विकासको हिसाबले चिम्पाञ्जीलाई मानिसको सबैभन्दा नजिक मानिन्छ । तर दुबैको जैविक ढाँचालाई हेर्ने हो भने थुप्रै अन्तर त पहिलो नजरमै देखिन्छ । चिम्पाञ्जीमा जति अंग छन्, त्यो मानव शरीरमा छैनन् । मानव शरिरमा भएजत्ति चिम्पाञ्जीमा पनि छैनन् ।   जैविक ढाँचामा फरक हुने भएकाले मानिसको निरन्तर विकास भइरहेको छ । तर यो विकासको गती […]

केसीलाई ढाल नबनाउ कांग्रेस: रक्षा श्रेष्ठ, कोषाध्यक्ष चिकित्सक संघ

१२ माघ, काठमाडाैँ । नेपाल चिकित्सक संघकी कोषाध्यक्ष रक्षा श्रेष्ठले डा गोविन्द केसीको अनशनलाई ढाल नबनाउन कांग्रेसलाई आग्रह गरेकी छिन । उनले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत अाफ्नो निजी बिचार भन्दै कांग्रेसलाई केसीको अनशनलाई ढाल नबनाउन अाग्रह गरेकी हुन । उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ठीक नभए नेपाली कांग्रेसले दुई तिहाई ल्याएर बिधेयक संसदबाट उल्ट्याउन सक्ने सुझाव […]

चिकित्सा शिक्षा विधेयक संसदबाट पारित

  माघ ११, काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित भएको छ । नेपाली कांग्रेसको विरोधकाबीच शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको हो । सांसद भुसाल बोले लगतै रोष्टम घेराउ गरेका काँग्रेसले सांसदहरूले आज पनि शिक्षामन्त्री गिरिजामणि पोखरेललाई घेरेका थिए । तर कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याए […]

 

photo

NOC1-250x300