समाचार

शहीद गौतमका परिवारलाई १० लाख दिँदै गृहमन्त्रीले भने- भारतले माफी माग्नुपर्छ

१२ चैत, कञ्चनपुर । कञ्चपुरको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका शहीद गोविन्द गौतमका परिवारलाई सरकारले पूर्वघोषित १० लाख प्रदान गरेको छ । गृहमन्त्री बिमलेन्द्र निधिले शहीरको घरमा पुगेर परिवारलाई भेटी सरकारले दिने भनेको राहत रकम हस्तान्तरण गरे । उनले नेपाली कांग्रेसको तर्फबाट छुट्टै ७ लाख राहत पनि शहीद पत्नी लक्ष्मी […]

काठमाडौंको गोंगबुमा भिषण आगलागी

काठमाडौं, चैत १२ । काठमाडौंको गोंगबुमा भिषण अगलागि भएको छ । शनिबार दिउँस विद्युत सर्किट सर्ट भई आगलागि भएको आशंका गरिएको छ । दिउँस करिव तीन बजेदेखि श्रेष्ठ बुक शपमा लागलागि भएपनि दमकल घटनास्थल आइपुग्न डेढ घण्टा लाग्दा करिव ७० लाखको क्षति भएको प्रत्यक्षदर्शी रमेश लामिछानेले बताए । दोस्रो तत्लामा रहेको उक्त पसलमा किताव, कापी, […]

उच्च निगरानीमा सगरमाथा आरोहीहरु

काठमाडौँ, चैत १२ । सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दाबी गर्नेको सङ्ख्या बढ्न थालेपछि सरकारले सगरमाथा आरोहीलाई ग्लोबल पोजिसिङ (जिपिएस) सिस्टममार्फत ट्याकिङ (निगरानी) गर्ने भएको छ । यसअघि विभिन्न मुलुकका आरोहीले झुटो विवरण पेस गरी सगरमाथा आरोहणको प्रमाणपत्र लिने प्रवृत्ति बढेपछि पर्यटन विभागले सरोकारवाला निकायसँग छलफल गरी जिपिएस प्रणाली सुरु गर्न लागेको हो […]

प्रचण्ड सरकार टाउकोले टेकेर हिँडिरहेको छः उपेन्द्र यादव

१२ चैत, काठमाडौं । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेको आरोप लगाएका छन् ।   भ्रष्टाचार र बेथितिलाई कारण बनाउँदै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको बिकल्पको संकेत गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार गरेको साक्षात्कारमा उनले भने- ‘मुलुकमा बेथिती बढेको छ, एनसेलसँग अर्बों लाभकर […]

भारतीय ‘गुगल ब्वाई’ भन्छन् –प्रत्येक बच्चा मजस्तै हुन सक्छन्

म पनि अरु बच्चासरह नै हुँ”, ९ वर्षे बालक पण्डितले शनिबार राजधानीमा आयोजित कार्यक्रममा भने, “म कुनै भगवानको बरदान पाएको बालक होईन, तपाईहरुलेपनि गर्न सक्नुहुन्छ यदि तपाईहरुले आफ्नो दिमागको अभ्यास गर्नुभयो भने, तपाईहरुपनि मजस्तै बन्न सक्नुहुनेछ।” यो उमेरमा उनका साथी सहेलीहरु भने भर्खरै कखगरा र सामान्य गणित सिक्दैछन् तर उनी भने सबैलाई चकित बनाउन सफल […]

आयरल्याण्डका कप्तानको खुट्टा भाँच्चियो, विश्वकप छनौट गुमाउने

१२ चैत, काठमाडौं । विश्वकप २०१८ को युरोपेली छनौट अन्तर्गत रिपव्लिक अफ आयरल्याण्डले युरोकप सेमिफाइनलिष्ट वेल्सलाई बराबरीमा रोक्दा उसले ठूलो नोक्सानी व्यहोर्नुपर्‍यो ।   अभिभा रंगशालामा खेलको ६९औं मिनेटमा आयरल्याण्डका कप्तान तथा एभर्टनका डिफेण्डर २८ बर्षीय सिमस केलम्यान वेल्सका निल टेलरको भयानक ट्याकलमा परे र उनको खुट्टा भाँच्चियो । लगत्तै रेफ्रीले उनलाई रेड कार्ड दिएका […]

साउदीमा अवैध नेपालीका लागि आममाफीः थाहा पाउनैपर्ने १० कुरा

१२ चैत, काठमाडौं । साउदी अरेबियाले आफ्नो देशमा गैरकानूनी ९इलिगल० रुपमा रहेका विदेशी कामदारलाई आममाफी दिँदैछ । तर, यो सुविधा कसरी लिने भन्नेमा साउदीमा रहेका नेपाली अवैध कामदार अन्योलमा छन् । साउदीले विना सजाय र जरिवाना आफ्नो देश फर्कन ९० दिनको समयसीमा दिँदैछ । सो समयभित्र देश नछोड्ने अवैध आप्रबासी कामदारलाई ठूलो जरिवाना रकम लगाउने […]

नयाँ भारतीय राजदूत काठमाडौं आए

  १२ चैत, काठमाडौं नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिव सिंह शनिबार विहान काठमाडौं आइपुगेका छन् । शनिवार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दूतावासले जानकारी दिएको छ । सोमबार नै राजदूत सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ ।राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन् […]

भोजपुरमा ठूलो परिमाणमा हातहतियार फेला !

भोजपुर  । उत्तरी साल्पासिलिछो गाउँपालिका–५ दोभानेको मार्तेलमा दर्जनौँ हातहतियार र विस्फोटक पदार्थ फेला पारेको छ । टुइन्च मोटार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । स्थानीयवासी आङगेलु शेर्पाको पुरानो घरमा भतिजा काजीले सरसफाइ गर्ने क्रममा बाकसमा हातहतियार फेला पारेपछि प्रहरीलाई […]

यसरी परिवर्तन हुँदैछ मतदाताको ठेगाना, तपाईँ मतदान गर्न योग्य कि अयोग्य ?

काठमाडौं । निर्वाचन आयोगले चैत २० गतेसम्म स्थानीय तहको निर्वाचनमा भाग लिने मतदातको नामावलीलाई अन्तिम रुप दिनेगरी धमाधम काम गरिरहेको छ । निर्वाचन आयोगका एक अधिकारीकाअनुसार १ करोड ४० लाख मतदाता पुग्ने आयोगले अनुमान गरे पनि संख्या १ करोड ३८ लाख नजिक हुन सक्नेछ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा प्राविधिकहरुले नयाँ स्थानीय तहको संरचनाअनुसार मतदातको […]

 

photo

NOC1-250x300