समाचार

मन्त्रीको गाडी दुर्घटनाग्रस्त

 कार्तिक २४ ,धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।  मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से३प […]

अमेरिकाले निषेध उल्लङ्घन गर्नेलाई शरण नदिने !

  वासिङ्टन, संयुक्त राज्य अमेरिका, २४ कात्तिक (एएफपी) : अमेरिकाले आफ्नो दक्षिणी सीमाबाट देशभित्र पस्ने गैरकानूनी आप्रवासीहरू नयाँ नियम अनुसार शरणार्थी बन्न अयोग्य हुने जनाएको छ ।  ट्रम्प प्रशासनले होमल्याण्ड सेक्युरिटी  डिपार्टमेन्टले घोषणा गरेको नियम बमोजिम प्रवेशमा राष्ट्रपतीय निर्देशानुसार लगाइएको निषेध उल्लङ्घन गर्नेलाई शरण मिल्ने छैन ।  त्याहा जारी गरिएको एक वक्तव्यमा राष्ट्रपतिले राष्ट्रिय स्वार्थमा आप्रवासन […]

आज भाइटीका:शुभ साइत कति बजे ?

काठमाडौं २३, कार्तिक । यो वर्षको भाइटीकाको साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा उत्तम हुनेछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुभ बेलाको साइत दिएको जनाएको छ। तोकिएको शुभसाइतमा नभ्याएको अबस्थामा दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई आज दिनैभरी कुनैपनि समयमा भाइटिका लगाईदिन सक्नुहुनेछ ।

भाटभटेनी सुपरमार्केटको सामान बेच्न रोक

  काठमाडौँ, २२ कात्तिक । सरकारले भाटभटेनी सुपरमार्केटको दुधजन्य खाद्य बस्तु विक्रीवितरणमा रोक लगाएको  छ । सुपरमार्केटको दुधजन्य बस्तुमा अखाद्य वस्तु भेटेपछि बिक्री बितरणमा लगाइएको हो । समाचारका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको थियो । अनुगमनबाट भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दुधजन्य […]

अाज तिहारकाे चाैथाे दिनः गाेबर्धन पुजा र म्हपुजा गरिँदै

  कात्तिक २२, काठमाडाैं । अाज तिहारकाे चाैथाे दिन गाेवर्द्धन पुजा अर्थात गाेरू पुजा हाे । यसका साथै अाज नेवारी समुदायले म्हपुजा गर्दछन्, अाजबाट नेपाल संवत् ११३९ सुरू भएकाे छ । हिन्दू पौराणिक कथन अनुसार गोवर्धन गोकुल नजीकै रहेको एक पर्वत हो । विश्वासानुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने […]

अत्यधिक गुलियो खाँदा हुन्छ यी ६ हानी

     कात्तिक २१,   तिहारमा अत्याधिक गुलियो राखिएका परिकार खाने प्रचलन छ । पछिल्लो समयमा तिहारमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ। अत्याधिक गुलियोले गर्ने हानी यसप्रकार छन्। कमजोर महशुस यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ । मिठाई र गुलिया खानेकुराले जति […]

कुशलले पायाे उत्कृष्ट कुकुरको उपाधि

काठमाडौं, कात्तिक २० – कुकुर तिहारको अवसरमा प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा सघाएको भन्दै वर्षको उत्कृष्ट कुकुरको उपाधि ‘कुशल’ नामको कुकुरलाई दिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेको ‘कुशल’ नामक कुकुरले प्रहरी अनुसन्धानमा महत्वपूर्ण योदान पुर्याएपछि उसलाई नै वर्षको उत्कृष्ट कुकुरको उपाधि दिइएको डग स्कुल महाराजगंजकी एसएसपी डाक्टर देउती गुरुङले बताइन्। चार वर्ष अघिदेखि सो कुकुर […]

पूर्ण प्रतिबन्ध लगाए पनि रोकिएन पटाकाको तस्करी

 सरकारले पटाका आयतलाई पूर्ण प्रतिबन्ध लगाए पनि रोकिएको छैन । तिहार र छठलगायत पर्वलाई लक्षित गरी तस्करहरुबाट ठूलो परिमाणमा अवैध रूपमा प्रसस्त पटाका भित्रिरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “पटका पड्काउन पूर्ण प्रतिबन्ध छ तर खुल्ला सिमानाका कारण तस्करी भने रोक्न सकिएको छैन । गत वर्षको तुलनामा यस वर्ष ७० […]

पेट्रोलियम पाइपलाइन बिछ्याउने काममा तीब्रता

रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिच्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयल निगम पेट्रोलिम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७ दशमलव ३५ किलोमिटर दूरीमा पाइपलाइन बिच्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिच्याउने काम सम्पन्न भएको हो ।  रक्सौलदेखि अमलेखगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन विस्तारको काम दु्रतगतिमा भइरहेको परियोजनाका प्रमुख […]

अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्चः मन्त्री ज्ञवाली

 परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च भएको बताएका छन् । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगरपालिका– २८ कमिटीले आज अनामनगरमा आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री ज्ञवालीले कतिपय मुलुकले नेपालको शान्ति प्रक्रियाका अनुभवलाई पछ्याउन थालेको बताए । उनले […]

 

photo

NOC1-250x300