समाचार

अब प्रत्येक प्रहरी चौकीमा एक मोटरसाइकल, पाँचवटा ‘वाटर क्यानन’ खरिद

माघ २९ , काठमाडौं : प्रहरी प्रधान कार्यालयले ‘एक प्रहरी चौकी एक मोटरसाइकल’को अवधारणा अघि सारेको छ । साधन स्रोतको अभावमा प्रहरी गतिविधि गर्न असहज भएपछि प्रहरी प्रधान कार्यालयले एक प्रहरी चौकी एक मोटरसाइकलको अवधारणा अघि सारेको हो ।  विगतको तुलनामा सडक सञ्जाल विस्तार भएको र अधिकांश स्थानमा मोटरसाइकल गुड्नसक्ने अवस्था भएकाले आवश्यक तयारी भइरहेको […]

विराटनगर उच्च अदालतका ७ न्यायधीशमाथि छानबिन

 माघ २९ , विराटनगर : विराटनगर उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र साधुराम सापकोटा पनि न्यायपरिषद्मा तानिएका छन् । साढे ३३ किलो सुनकाण्डका आरोपितहरूलाई छाड्ने विवादास्पद आदेश गरेको आरोपमा उनीहरूलाई विस्तृत छानविनका लागि न्यायपरिषद् तान्ने निर्णय भएको हो । यसअघि पनि सोही साढे ३३ किलो सुनकाण्डमा विवादास्पद आदेश गरेको आरोपमा विराटनगर उच्च अदालतका ५ जना न्यायाधीशलाई तानिएको […]

फागुन ३ देखि पानीजहाज कार्यालय सञ्चालनमा

सरकारले आउँदो फागुन ३ गतेदेखि पानीजहाज कार्यालय सञ्चालनमा ल्याउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहने गरी कार्यालय स्थापना गर्न लागिएको हो । ललितपुरको एकान्तकुनामा कार्यालय स्थापनाका लागि ठाउँ तय भएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारीले  जानकारी दिए । पानी जहाज सञ्चालनका लागि सरकारले २०७७ सालको चैत मसान्तसम्मका लागि कार्ययोजना बनाएको उनको […]

अब अविवाहित महिलालाई पनि भत्ता

    माघ २७, बनेपा – पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्धविच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राहीका रुपमा समेटिएको छ। यो समाचार आजको नागरिक […]

सत्य निरूपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप गरियो

  माघ २५, काठमाडौँ । सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक प्रमाणीकरण गरेसँगै दुई आयोगको म्याद एक वर्ष थप भएको हो । संसदको दुबै सदनबाट पारित भएको “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप […]

नेपालबारे अमेरिकी राष्ट्रपतिको आपत्तिजनक टिप्पणी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे निकै आपत्तिजनक टिप्पणी गरेको उनकै सुरक्षा अधिकारीहरुले बताएका छन् । राष्ट्रिय सुरक्षाका विषयमा अमेरिकी कंग्रेसनल सुनुवाइमा यसै साता भएको छलफलमा अमेरिकी सुरक्षा एजेन्सीका प्रमुखहरुले ट्रम्पको अल्पज्ञानबारे बताएका हुन् । उनीहरुले ट्रम्पलाई नेपाल र भुटान स्वतन्त्र देश हुन् भन्ने थाहा नभएको बताएका हुन् । ‘टाइम’ म्यागजिनका बरिष्ठ पत्रकार जोन वाल्कटले यसबारे […]

सिन्धुलीमा जीप दुर्घटना हुँदा चारको मृत्यु, मृतकको संख्या बढ्नसक्ने

मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा बा १५प ९४२२ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै अन्य यात्रु गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।   जीपमा ८ भन्दा बढीले यात्रा गरिरहेको प्रारम्भिक जानकारी आएको छ […]

काठमाडौंमा भोलि फेरि पानी पर्ने सम्भावना !

माघ २३,काठमाडौं  : एक साता नपुग्दै अर्को पश्चिमी वायू नेपाल प्रवेश गरेकाले देशको मौसममा बदली भएको छ। बुधबार देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भइरहेको छ भने राजधानी काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि पानी पर्ने सम्भावना छ। यो क्रम शुक्रबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘उच्च हिमाली क्षेत्रमा भारी हिमपात र केही पहाडी भू-भागमा […]

सांसद निलम्बन भएपछी चार करोड बराबरको बजेट फ्रिज हुँदै

माघ २३, वीरगञ्ज : पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियार निलम्बनमा परेपछि सो क्षेत्रको संसदीय समितिको बैठक अन्योलमा परेकाले संसदीय विकासको करीब रु चार करोड बराबरको बजेट फ्रिज हुने भएको छ । सो क्षेत्रमा रहेको संसदीय विकास कोषको बजेट सञ्चालन गर्न उक्त क्षेत्रका सांसदको अध्यक्षतामा योजना छनोट गरी पुस मसान्तभित्र निर्णय गरी केन्द्रमा […]

घिउको सेवन स्वास्थ्यलाई वरदान: मुटु स्वस्थ राख्नेदेखि क्यान्सरको खतरा घटाउनेसम्म

  माघ २१,    घिउ सर्वसुलभ चिल्लो पदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रामा भने ध्यान पु-याउनुपर्छ । घिउ खाएमा अनेक फाइदा मिल्छन् । – घिउले छालालाई स्वास्थ राख्नुको साथै स्मरणशक्ति बढाउन पनि सकरात्मक भूमिका खेल्छ ।  – कब्जियतका बिरामी भएकालाई घिउ निकै फइदाजनक हुन्छ ।  – यसले छालामा चमक […]

 

photo

NOC1-250x300