व्यक्ति विशेष

प्रधानमन्त्री बन्न म सवैभन्दा बलियो उम्मेदवार: बामदेव

मंसिर १६, २०७४, बर्दिया–नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै आफू जत्तिको नैतिक रुपमा बलियो उम्मेदवार एमाले र माओवादीभित्रसमेत नरहेको ले अबको प्रधानमन्त्री आफू नै बन्ने दाबी गरेका छन् ।  बर्दियामा चुनावी माहोल गरमागर्मी रहेको बताउँदै भने,‘वामपन्थी उम्मेदवाहरुले जित्ने पक्का भइसक्यो । बाम गठबन्धनप्रति जनताको लहर आएको छ । त्यसैले चुनाव जित्छौँ ।’ केन्द्रमा माओवादीसँग […]

द्वन्द्वको नयाँ परिदृश्यमा धकेलिँदै देश

   अनिल शर्मा देश यतिबेला निर्वाचनको सरगर्मीले तातेको छ । चुनावको संघारमा अनपेक्षित रूपमा एमाले र माकेबीच चुनावी गठबन्धन भएको छ र यसलाई वामपन्थी गठबन्धन भनेर प्रचार गरिएको छ । तत्कालीन नेकपा (माओवादी) शान्तिप्रक्रियामा आएपछिको पहिलो राष्ट्रिय भेला (राजनीतिक वैचारिक प्रशिक्षक भेला) चितवन पर्सास्थित होलिल्याण्ड विद्यालयको भवनमा भएको थियो । सोही भेलामा प्रचण्डले एमालेसहित वाम […]

एक सातापछि निधि डिस्चार्ज

निमोनियाका कारण ओम अस्पतालमा भर्ना भएका कांग्रेस नेता विमलेन्द्र निधि आज डिस्चार्ज भएका छन् ।  उनी मंसिर ४ गते अस्पताल भर्ना भएका थिए ।  पूर्ण रुपमा स्वस्थ्य भएपछि निधिलाई निस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।  डिस्चार्ज अघि हस्पिटल डाइरेक्टर डाक्टर जागेश्वर गौतम, प्रशासन प्रबन्धक विजय प्याकुरेल लगायतले निधिको स्वस्थ्यजीवनको कामना गरेका थिए ।  पेटरोग विशेषज्ञ डा. […]

चुनावमा जन्ती हुने कि जनता ?

डा. अतीन्द्र दाहाल  २०७४ मङ्सिर ५ मंगलबार  देश चुनावमय भएको छ । प्रदेश सभा र संघीय संसद् प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । स्थानीय तहको चुनावसँगै संघीय गणतन्त्रको कार्यन्वयन सुरु भयो । आसन्न निर्वाचनले पछिल्ला राजनीतिक परिवर्तनलाई संस्थागत गर्नेछन् । निर्वाचनमा होमिएका दलहरूले नयाँ नेपाल निर्माणका लागि महत्वकांक्षी घोषणापत्र सार्वनजिक गरेका छन् । घोषणापत्रको आधामात्रै कार्यान्वय […]

ट्रम्प ११ दिने एशिया भ्रमणमा, यस्तो छ भ्रमण तालिका

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एशिया भ्रमणमा निस्किएका छन् । ११ दिने भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्नेछन् । अमेरिकी राष्ट्रपतिले एशियाली देशको यति लामो भ्रमण गरेको २५ वर्षपछि पहिलो पटक भएको बीबीसीले उल्लेख गरेको छ । परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियासँग तनाव बढेका बेला राष्ट्रपति ट्रम्प […]

आयोगलाई फेरि डाकियो सर्वोच्चमा: निर्वाचन रोक्नुपर्ने मैनालीको रिट

काठमाडौँ, १६ कात्तिक ।  कर्मचारी, प्रहरी र सेनालाई पनि मतदानमा भाग लिन दिनुपर्ने मागसहित दायर एक रिटमा सर्वोच्च अदालतले बुधबार निर्वाचन आयोगलाई छलफलमा डाकेको छ । उक्त विवादमा छलफलका लागि आयोगलाई कात्तिक १९ गते सर्वोच्चमा उपस्थित हुन आदेश भएको  छ । मंसिर १० र २१ गतेको निर्वाचनमा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मीलाई समानुपातिक […]

नेइमार पिता: बार्सिलोना छाडेर नेइमारले राम्रो अवसर गुमाए

एजेन्सी, १५ असोज । चर्चित फुटबल स्टार नेइमारका पिताले आफ्नो छोरोले बार्सिलोना छाडेर राम्रो अवसर गुमाएको बताएका छन् । हाल फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेलिरहेका नेइमारका पिताले आफ्नो छोरोले बार्सिलोना छाडेपछि पहिलो पटक यस्तो अभिव्यक्ति दिएका हुन् । यहि सिजन पिएसजीले विश्व कीर्तिमानी मूल्य २२ करोड २० लाख युरोमा […]

बुख्याँचाले हाँकेको देश

डा. लोक भट्टराई जतिसुकै आशा र उत्साहका साथ नेपाली जनताले राजनीतिक परिबर्तनहरुलाई साथ दिंदै आएको भए पनि सो अनुरुप तिनले अपेक्षा गरेका बिकासका सपनाहरु एकछेउ पनि पुरा भएका छैनन्। अचम्मको कुरो, बिश्व र क्षेत्रिय विकासको परिदृश्य, र नेपालको श्रोत र सम्भावना हेर्दा यसरी यो देश पछि परीरहनु पर्ने कुनै कारण देखिन्न; तर भईरहेको छ त्यस्तै। […]

प्रधानमन्त्री देउवाको सफल भारत भ्रमण

प्रधानमन्त्री शेरबहादर देउवाको हालैको ५ दिने भारतको उपलब्धिका सम्बन्धमा विश्लेषण सुरुभएको छ । प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा पहिलेदेखिका सहयोगका प्रतिबद्धता कार्यान्वयन हुने सकारात्मक संकेत भारतले  दिएको छ । सामान्यतया भारतले विदेशी सरकार प्रमुखको स्वागतका लागि राज्य मन्त्रीलाई विमानस्थल पठाउँछ । यसपटक नेपालका प्रधानमन्त्रीलाई भने विदेश मन्त्री स्वागतका लागि विमानस्थल पुगेकी थिइन् ।  […]

गुनबहादुर दम्पतीको पहिलो काठमाडौं यात्रा !

१० भदौ, काठमाडौं । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल-३ मा शुक्रबार बिहान थोरै आत्तिएको मुद्रामा एक दम्पती फेला परे । उनीहरु काठमाडौं जाने इण्डिगो एयरको विमानसम्म चढ्ने उपायको खोजी गर्दै थिए ।   काँधे झोला भिरेका, हातमा कालो रंगको सानो नोकिया मोबाइल बोकेका उनी रहेछन्- गुल्मीका ५९ वषर्ीय गुनबहादुर कुँवर । आफूभन्दा एक वर्ष […]

NOC1-250x300