राजनीति

नयाँ शक्ति र संघिय समाजवादी एकता अन्तिम चरणमा

एकतापछि बन्ने नयाँ पार्टीको नाम दुवै पार्टीको नाम मिलाएर बन्नेछ । नयाँ पार्टीको नाम ‘नयाँ शक्ति संघीय समाजवादी, नेपाल’ राख्ने प्रस्ताव गरिएको छ । कार्यदलले नाम झण्डा र कार्ययोजना बनाउने काम गरिरहेको छ । दुवै पार्टीका तर्फबाट कार्यदल गठन गरेर कार्यदलले छलफल गरिरहेको छ । नेताले भने, ‘कि दुवै पार्टीको नाम मिालउाँ, कि कुनै नयाँ […]

सबै कम्युनिस्टलाई एक बनाउछु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिकारीसहित सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्यक्त गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्र र वाम नेता टङ्क राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबै क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतामा ल्याउन आफ्नो सकारात्म्क पहल जारी रहेको […]

डा. बाबुरामले संसदको चुनाव गर्न दिए चुनौती

३१ चैत, काठमाडौं । दलीय चुनाव चिन्हको माग गर्दै डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको अगुवाईमा ६८ दलीय मोर्चाले आन्दोलन घोषणा गरेको छ । साथै भट्टराईले दलहरुसँग हिम्मत छ भने संसद विघटन गरेर प्रतिनिधि सभाको चुनाव घोषणा गर्न चुनौती दिएका छन् । बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै ६८ दलीय मोर्चाले बैशाख २ गतेदेखि ८ […]

मधेसवादी ६ दलबीच एकता हुने

काठमाडौं, चैत ३१ । मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको खबर आजको कान्तिपुरमा छ । तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्धावना पार्टीबीच सम्भवत बैशाखभित्रै एकता हुनेछ। पार्टीको नाम, चुनाव चिन्ह, झन्डा, नेतृत्वको वरीयता, एकिकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तिव्र भएको छ । संघीय समाजवादी फोरम भने […]

आइजीपी प्रकरण: अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

 काठमाडौं, ३० चैत  – प्रकाश अर्याललाई आइजीपी नियुक्त गर्ने निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरीम आदेश दिन अस्वीकार गरेको छ । कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश इश्वर खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

मतदानको विवरण केही दिनभित्रै सार्वजनिक हुने

काठमाडौं, चैत ३० – निर्वाचन आयोगले मतदानस्थल र मतदाता नामावलीको विवरण केही दिनभित्रै वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ । सबै जिल्लाबाट मतदानस्थलको सिफारिस भैसकेकाले त्यसलाई अन्तिम रुप दिने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मंगलबार सिरहा र सप्तरीबाट समेत निर्वाचनस्थलको सङ्ख्या यकिन भएर आएको हो । आयोगका अनुसार […]

कस्को सकियो राजनीति,के कारण ?

३० चैत, काठमाडौं । भ्रष्टाचार, फौजदारी मुद्दालगायत कसुरमा दोषी ठहर व्यक्तिले अबदेखि दलको साधारण सदस्यसमेत बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दलसम्बन्धी विधेयक गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा दर्ता भएको थियो । दफावार छलफलका लागि संसद्ले गत मंसिरमा राज्य व्यवस्था समितिमा विधेयक पठाएको थियो । कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको […]

चुनावमा एमाले नराम्रोसँग हार्छ भन्ने प्रधानमन्त्रीको दाबी

२९ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको चुनावमा एमालेले नराम्रो हार व्यहोर्ने दाबी गरेका छन् । माओवादी केन्द्र, ललितपुर महानगरपालिकाको पहिलो एकता सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले चुनावमा जान कांग्रेस र एमालेसँग एजेण्डा नै भएको बताए । खासगरी दोस्रो संविधानसभा चुनावको बेला घटना सम्झेर मैले भन्ने गरेको छु- मानिसहरुका ठूलठूला […]

वैशाख ३१ को चुनाव सर्दैन : प्रधानमन्त्री

२९ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको नयाँ विधेयकले मधेसी मोर्चा र संघीय गठवन्धनपनि स्थानीय तहको चुनावमा सहभागी हुने ढोका खोलेको दाबी गरेका छन् । साथै केही जिल्लामा दोस्रो चरणमा चुनाव गर्नु परेपनि सरकार तयार रहेको बताए । संसदको सुशासन समितिको बैठकमा उपस्थित प्रधानमन्त्री प्रचण्डले सकेसम्म सबैको भावना समेट्ने गरी संविधान संशोधनको […]

डीआइजी सिलवालले सर्वोच्च अदालतमा दुईवटा मुद्दा दर्ता गराउँदै

  २९ चैत, काठमाडौं । आफूलाई आइजीपी बनाउन माग गर्दै डीआइजी नवराज सिलवाल सर्वोच्च अदालतमा पुगेका छन् । मंगलबार बिहान सिलवालले दर्ता गराएको रीटमा बुधबारका लागि पेशी तोकेको छ । डीआइजी सिलवालले सर्वोच्च अदालतमा दुईवटा मुद्दा दर्ता गराउँदैछन् । दोस्रो मुद्दा अदालतको अवहेलना सम्बन्धमा छ । अवहेलना मुद्दा पनि मंगलबार नै दर्ता गरिने स्रोतले जानकारी […]

 

photo

NOC1-250x300