राजनीति

नेविसङ्घमा ३२ वर्षे उमेर हद पारित, पाैडेलसहित चार नेताकाे नाेटअफ डिसेन्ट

नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ।  आइतबार राति सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। नेविसङ्घमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औँ महाधिवेशनदेखि कायम छ। नेविसङ्घमा प्रमुख विवादका रूपमा देखिएको सो व्यवस्था टुङ्गिएसँगै […]

पार्टी सचिवालयमा माधव नेपालको लिखित असन्तुष्टि पेश

पार्टी सञ्चालन र सरकारको कामकारबाहीबाट असन्तुष्ट बनेका नेकपाका तेस्रो वरीयताका नेता माधवकुमार नेपालले पार्टी सचिवालयको बैठकमा लिखित असन्तुष्टि पेश गरेका छन् ।  पार्टी सचिवालयको आज (सोमबार)को बैठकमा उनले असन्तुष्टि पेश गरेपछि उनको पत्र एजेन्डामा राखिएको अर्का वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । “उहाँले पत्र ल्याउनुभएको रहेछ, “उहाँको पत्र बैठकको कार्यसूचीमा राखिएको छ।” खनालका अनुसार […]

नेकपा केन्द्रीय सचिवालय बैठक आकस्मिक रुपमा स्थगित

आज अपरान्ह बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले स्थगित बैठक भोलि विहान ८ बजे बस्ने बताएका छन्। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यव्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ। अपरान्ह ४ बजे हुने भनिएको बैठक […]

नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौँ, २१ असोज । पार्टीभित्र व्यापक असन्तुष्टि बढ्न थालेपछि प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । सरकारको काम–कारबाही र प्रदेश पदाधिकारीको चयनलाई लिएर पार्टीभित्र व्यापक असन्तुष्टि रहेको भन्दै नेकपा सचिवालय बैठक बस्न लागेको हो । आइतबार अपराह्न ४ बजे बस्ने नेकपाको बैठक यही विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पार्टीका वरिष्ठ […]

तल्ला तहको पार्टी एकीकरण असोज २१ गते टुंगिन्छ : अध्यक्ष प्रचण्ड

गोरखा, २० असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणमा कुनै समस्या नभएको भन्दै असोज २१ गते आइतबार बोलाइएको सचिवालय बैठकले धेरै विषय टुङ्ग्याउने बताए ।    प्रेस सङ्गठन नेपाल गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टी एकतालाई प्रदेश, जिल्ला र गाउँतहसम्म सम्पन्न गर्न आइतबार पार्टी सचिवालयको बैठक […]

नेकपाको एकता फुटाउने षड्यन्त्र भयो: प्रचण्ड

काठमाडौं, २० असोज । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । पार्टी एकता उल्ट्याउने षड्यन्त्र भइरहेको आरोप लगाए पनि कसले यस्तो षड्यन्त्र गरिरहेछ भन्ने बारे भने उनी मौन बसे । शनिबार दशैंलगायतका चाडपर्वको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले त्यस्ता तत्वलाई परास्त गर्ने […]

सांसद रौनियार निलम्बित

 प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद रौनियार स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद् सचिवायलका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । उनी सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभामा पर्सा क्षेत्र नं ३ बाट विजयी भएका थिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग […]

भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याइन्छ, आयोजनाको काम रोकिँदैन : आयोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा आयोगको तर्फबाट प्रस्तुत गरिएको आगामी रणनीति तथा कार्यदिशामा पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित नभई तथ्य प्रमाण र विधिसम्मत ढङ्गबाट अनुसन्धान अघि बढाउने स्पष्ट गरिएको छ । अघिल्ला केही कालखण्डमा प्रतिशोधको भावनाबाट […]

निर्मला प्रकरणः गृहमन्त्रीको राजीनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन

  काठमाडौं, असोज १८ ।निर्मलाका निम्ति न्यायको माग गर्दै सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गरिएको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको कञ्चनपुर दोषीलाई कारबाही गरी निर्मलालाई न्याय दिलाउन माग गर्दै सिंहदरबार अगाडी प्रदर्शन गरिएको हो । सरकारले निषेधित क्षेत्र घोषणा गरेको सिंहदरबारको दक्षिणी गेटमा न्यायका लागि युवाहरु जुटेका हुन् । घटना […]

नेविसंघमा विवाद बढ्यो, संस्थापन पक्ष पेलेरै अगाडि बढ्न खोजे छुट्टै महाधिवेशनको चेतावनी

नेपाली कांग्रेसको संस्थापन इतर समूहले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिलाई स्वीकार नगर्ने निर्णय गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा बसेको संस्थापन इतर समूहको बैठकले संस्थापन पक्षले नेविसंघको अहिलेको कार्यसमिति भंग गरेर तदर्थ समिति गठन गरे कुनैपनि अवस्थामा स्वीकार नगर्ने निर्णय गरेको हो । वरिष्ठ नेता पौडेलको निवासमा मंगलबार बसेको संस्थापन इतर […]

 

photo

NOC1-250x300