राजनीति

गृहमन्त्रीलाई सांसदको प्रश्न : निर्मलाका हत्यारा बालुवाटार र सिहंदरबारमै लुकेका छन् ?

माघ २३ , काठमाडौं : नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला पन्तका हत्यारा सिंहदरबार र बालुवाटारमै लुकेका छन् ? भन्ने प्रश्न गृहमन्त्रीलाई गरेकी छिन् । संसदमा गृहमन्त्रीसँग जवाफ माग्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।  संग्रौलाको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले भने, ‘‘अपराधमा संलग्न जोसुकै भएपनि छाडिन्न ।’’ गृहमन्त्री थापाले निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा […]

सरकारविरुद्ध आन्तरिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२३ माघ  : सरकारविरुद्ध थप कार्यक्रम र आन्तरिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । उपसभापति विमलेन्द्र निधिले सरकारी कदमको विरोध कुन शैलीमा अघि बढाउने भन्नेबारे छलफल हुने बताए । बैठकमा पुसमा सम्पन्न महासमितिले पारित गरेको पार्टी विधान, राजनीतिक र आर्थिक प्रस्ताव परिमार्जनसहित टुंग्याउने विषयमा पनि छलफलको तयारी छ ।  महासमिति बैठकले […]

निरंकुश र सर्वसत्तावादी सरकारले जनताको विश्वास गुमाइसक्यो : कांग्रेस

माघ २३, काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकार निरंकुश र सर्वसत्तावादी भएको बताउँदै जनताको आशा र विश्वास गुमाइसकेको बताएको छ । देशव्यापी जनप्रदर्शनको भोलिपल्ट कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–देशका ७७ वटै जिल्ला सदरमुकाममा वर्तमान कम्युनिष्ट सरकारको जनविरोधी र अलोकतान्त्रिक क्रियाकलापबाट आजि भएका जनताहरुको स्वतःस्फुर्त अपार सहभागिताबाट […]

नेविसंघ अध्यक्ष महरसहित ६ जना पक्राउ

 माघ २२ , काठमाडौं : सरकारविरुद्ध प्रदर्शन गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महर पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो मीनभवन अगाडि नेविसंघले गरिरहेको सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेको हो ।  पोखरामा झुटो मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरुलाई विना सर्त रिहाइको माग […]

‘सरकार फस्ने भएपछि वाइडबडीमा जोड्यो देउवाको नाम’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले आफ्ना मान्छे फस्ने भएपछि वाइडबडी प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम मुछेको दाबी गरेका छन् । सरकारविरुद्ध नुवाकोटमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता केसीले आफ्ना मान्छेलाई जोगाउन सरकारले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाको नाम मुछेको दाबी गरेका हुन् ।   ‘‘सरकारले वाइडबडी काण्डमा आफ्ना धेरै जसो […]

संसदीय सुनुवाई विशेष समितिको बैठक काँग्रेसद्वारा बहिष्कार

२० माघ,काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संवैधानिक परिषदले संवैधानिक आयोगमा गरेको सिफारिसप्रति असहमति जनाउँदै संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ। समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा संवैधानिक परिषदको गत माघ ६ गते बसेको बैठकले सिफारिस गरेका संवैधानिक आयोगका प्रमुखहरुको उजुरी आह्वान गर्न बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बहिष्कार गरेको हो। […]

पार्टी एकताले चाँडै अन्तिम रुप लिन्छ: प्रधानमन्त्री ओली

१८ माघ, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिमरुप लिने बताएका छन् । नेकपाका सांसदहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न सुझाव दिए । “पार्टीको एकता प्रक्रिया टुङ्गोमा […]

देशको चिन्ता कसैले लिनु पर्दैनः प्रधानमन्त्री ओली

  माघ १७, दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकाे आवश्यक्ता पुरा गर्न सरकार जिम्मेवारीका साथ अगाडी बढेको बताएका छन् । झापाको दमक नगरपालिकाले आजदेखि आयोजना गरेको पाँचदिने प्रदेशस्तरीय बृहत् बाल महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको साझा लक्ष्य प्राप्तिका लागि कसैले बाधक बन्न नहुने धारणा राख्दै विकास र समृद्धिको महान् यात्रामा अब सबै नेपाली एक […]

नौ महिनामा पनि टुंगिएन एकता, ओलीले कार्यदललाई ‘पंगु’ बनाउन खोजेको आरोप

गएको पुस मसान्तसम्ममा संगठनात्मक एकीकरण प्रक्रिया टुंग्याउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदलले माघ दोस्रो हप्तासम्म पनि एकताको खाका तयार पार्न सकेन ।  पुस १२ गते सकिएको नेकपा स्थायी कमिटीको बैठकले थाती रहेको एकता प्रक्रिया निष्कर्षमा पुर्याउन रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र […]

अनसन छाडेर विधेयकलाई स्वागत गर्न डा. केसीलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौँ , माघ १४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसन छोड्न डा. गोविन्द केसीलाई पुनः आग्रह गरेका छन्। मन्त्री पोखरेलले संसदले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई स्वागत गरेर अघि बढदा नै डा. केसीको पनि सम्मान हुने तर्क समेत गरे। सोमबार राष्ट्रियसभाको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ टेबल गरेपछि मन्त्री पोखरेलले विधेयक […]

 

photo

NOC1-250x300