राजनीति

नयाँ शक्तिले ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ सञ्चालन गर्ने

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले आगामी चैत महिनामा ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ सञ्चालन गर्ने भएको छ । फागुन २६ गते संयोजक डा. बाबुराम भट्टराईको विशेष उपस्थितिमा बसेको नयाँ शक्ति पार्टी, नेपालको राष्ट्रिय तथा सामाजिक जन–परिचालन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा […]

मोर्चा र एमालेवीच प्रतिष्ठाको लडाइँ, सुरक्षा लापरवाही

सरोजराज अधिकारी सप्तरीमा एमालेको सभा सकिनै लाग्दा अकस्मात् गोली चलाइयो । पाँच नागरिक मारिए । एमाले र मोर्चाको प्रतिष्ठाको त्यो लडाईंमा जो मारिए, तिनको अभियान र आन्दोलनसँग कुनै सम्बन्ध थिएन । झडपमा सुरक्षा निकायले चलाएको गोलीबाट सन्जन मेहताको घटनास्थलमै मृत्यु भयो । गोली लागेर सख्त घाइते पीताम्बरलाल मण्डल र आनन्द साहको पनि सोही दिन उपचारका […]

आइजिपी प्रकरणमा थर्काउदै कार्कीले भनिन : तपाईहरु धेरै नबोल्नु मैले बुझेको छु ,धेरै बहश नगर्नुस

महान्यायाधिवक्ता श्रेष्ठले उठाए प्रधान न्यायाधिश सुशीला कार्कीको निश्पक्षताबारे गम्भीर प्रश्न ६,चैत,काठमाडौ । प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा विपक्षी वकिलहरुले इजलास गठनप्रति आपत्ति जनाउँदै इजलाश वहिष्कार गरेका छन् । आइजीपीको बढुवा सिफारिस रोक्ने गरी यसअघि अन्तरिम आदेश जारी गर्ने न्यायाधीश संलग्न पुर्ण इजलाश गठन भएपछि निष्पक्ष निर्णय […]

सप्तरी गोलीकाण्डबारे खुलाशा : सिडिओ एमालेको कार्यकर्ता, बम हमलाबारे ओलीको हावादारी भाषण !

मोर्चा नेताहरूले तत्कालीन प्रजिअ उद्धव तिमिल्सिनाले एमाले नेताको निर्देशनमा काम गरेको आरोप लगाउने गरेका छन् । तिमिल्सिना एमालेनिकट स्थानीय निकाय कर्मचारी संघको सल्लाहकार रहिसकेका व्यक्ति हुन् । २०६१ सालमा गठन भएको संघको लगातार चौथोपटक नेतृत्व गरेका अध्यक्ष हरिकुमार श्रेष्ठ भन्छन्, “उद्धव सर मेरो दोस्रो कार्यकालमा सल्लाहकार हुनुहुन्थ्यो ।” सराेजराज अधिकारी सप्तरीमा एमाले सभा सकिनै लाग्दा […]

नेपालमा हिन्दु राजतन्त्रको वकालत गर्ने आदित्यनाथको भारतीय राजनीतिमा उदय

धर्मको राजनीतिमार्फत् केन्द्रीय सत्तामा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग असन्तुष्ट उदारवादी भारतीयहरुलाई सन् २०१७ मा अर्को झट्का लागेको छ। भर्खरै सम्पन्न पाँच राज्यको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) को सफलताले सन् २०१९ मा हुने संसदीय चुनावमार्फत् मोदी अर्को कार्यकाल पनि प्रधानमन्त्री बन्न सक्ने सम्भावना देखाएको छ। यति मात्र होइन, मोदीभन्दा चर्को रुपले साम्प्रदायिक हिन्दु […]

हिन्दु राष्ट्र माग गर्दै राप्रपाद्वारा संविधान संशोधन विधेयक दर्ता

६ चैत, काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता गरेको छ । आइतबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका ६ सांसदले दर्ता गरेको संशोधन प्रस्तावमा भनिएको छ, संविधानको धारा ४ को उपधारा १ मा संशोधनस् ‘धर्मनिरपेक्ष भन्ने पदावधीको […]

एउटा गाउँपालिकालाई दुईवटा निर्वाचन क्षेत्रमा बाँड्न नपाइने

प्रधानमन्त्रीले ल्याए नयाँ निर्वाचन क्षेत्र निर्धारण विधेयक ६ चैत, काठमाडौं । विभिन्न गाविसलाई जोडेर गाउँपालिका बनाएको सरकारले एउटै गाउँपालिकालाई एक भन्दा बढी निर्वाचन क्षेत्रमा बाँड्न नपाइने कानून प्रस्ताव गरेको छ । तर, नगरपालिकालाई भने भिन्नाभिन्नै चुनाव क्षेत्रमा बाँड्न सकिने छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयार पारेको निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी विधेयकमा नगरपालिकाहरुलाई भने […]

मालिकबाट बलात्कृत युवती प्रहरीको शरणमा (पीडितको बयानसहित)

काठमाडौं, ६ चैत । घरेलु कामदारका रूपमा काम गर्ने डोटी जेजोमाडौं–२ की १६ वर्षीया कल्पना शर्मा (नाम परिवर्तन) घरमालिकबाटै पटक–पटक बलात्कृत भएपछि न्यायका लागि प्रहरीको शरणमा पुगेकी छिन् । डडेल्धुरा स्थायी घर भएका लोकराज पाण्डेबाट उनी बलात्कृत भएकी हुन् । बानेश्वरस्थित सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कल्पनाले पछिल्लोपटक २२ माघमा आफू पाण्डेबाट बलात्कृत भएको […]

चुनाव बिथोल्ने रणनीति बनाउँदै मोर्चा

चैत ६,काठमाडौं – संविधान संशोधन नगरिकन स्थानीय तहको चुनाव मिति तोकिएकोमा असन्ुष्ट मधेसी मोर्चाले तराईमधेसमा आन्दोलन चर्काउने तयारी गरेको छ । मोर्चाका नेताहरुले स्थानीय चुनावमा भाग नलिने र चुनाव बिथोल्ने रणनीति बनाउन थालेका छन् । चुनाव असफल बनाउनेबारे सद्भावना पार्टीले कोन्द्रिय समिति बैठक बोलाएको छ । बैठकमा जिल्ला अध्यक्ष पनि सहभागी छन् । अधिकांश नेताले […]

संशोधनको निहुँमा चुनाव रोक्ने षड्यन्त्र’

सुर्खेत – एमाले अध्यक्ष केपी शर्मा आलीले संविधान संसोधनको निहुँ बनाएर निर्वाचन रोक्ने षड्यन्त्रमा सरकार लागेको आरोप लगाएका छन् । बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भए एमालेले कडा कदम चाल्ने पनि उनले बताएको खबर आजको नागरिकमा छ  ‘एमालेको जनलहर देखेर सत्ता साझेदार दल डराएर निर्वाचनदेखि भाग्न खोज्दैछन्’ मेची महाकाली अभियानको सुर्खेतमा […]

 

photo

NOC1-250x300