राजनीति

आजका पत्रपत्रिकामा छापिएका समाचारहरु

२४ चैत, काठमाडौं । बिहबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले नेपाल–भारत प्रबुद्ध समूहको बैठकको छलफलको विषयलाई प्रमुख समाचार बनाएका छन् । मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन सरकारले गरिरहेको कसरतलाई पनि आजका पत्रपत्रिकाहरुले प्रमुखताका साथ छापेका छन् । गोरखापत्र दैनिकले नेपाल–भारत प्रबुद्ध समूह (इपीजी)को काठमाडौंमा जारी बैठकमा भएका छलफलका विषयमाथि मुख्य खबर लेखेको छ । गोरखापत्रमै कार्यतालिका अनुसार […]

यथास्थितिमा चुनाव राजविराज घटनाको पुनराबृत्तिको षडयन्त्र

    काठमाडौ, २३ चैत । तराई मधेसका २३ जातीय संगठनहरुले मधेसी जनताको मागलाई संबोधन नगरी यथास्थितिमा स्थानीय तहको निर्वाचन गराउन खोज्नु राजविराज घटनाको पुनराबृत्तिको षडयन्त्र भएको दावी गरेका छन । सरकार, प्रमुख दल र आन्दोलनरत समूहसँग समन्वय गर्ने मञ्चको रुपमा स्थापित मधेसी जातीय समन्वय समाजले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर त्यस्तो दावी […]

सत्ताधारी दलको चुनावी गठबन्धन बन्न नदिने एमालेको रणनीति

२३ चैत, काठमाडौं । नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै साना दलसँग सहकार्यको हात बढाएको छ । स्थानीय तहको चुनाव नजिकिदै जाँदा एमालेले आफूविरुद्ध मोर्चाबन्दी कसिलो हुन नदिन रणनीतिक योजना बनाउँदैछ । एमालेले सत्तारुढ गठबन्धनलाई चुनावी गठबन्धनमा परिणत हुन नदिन राप्रपासँग सहकार्यको हात बढाएको हो । यसपटक देशभरका अधिकांश स्थानीय तहमा कांग्रेस र […]

नेकपा एमाले सच्चिनै नसक्ने मोडमा !

ईश्वर अर्याल बिसं २००६ बैशाख १० गते भारतको कलकत्तामा गरिएको नेपाल कम्युनिष्ट पार्टीको गठनको मुख्य उद्देश्य नेपाली समाजलाई सामन्ती र पूँजीवादी शोषण–दमनबाट मुक्त पारी समाजवाद–साम्यवादतर्फ र्डोयाउनु थियो । पुष्पलालद्वारा विश्वप्रसिद्ध कम्युनिष्ट घोषणापत्रको नेपाली भाषामा अनुवाद गरी त्यसको भूमिकामा नेपाली समाजको विश्लेषण गरेर वैचारिक आधार निर्माण गरिएको थियो, कम्युनिष्ट पार्टी स्थापनाको समयमा । बिभिन्न टुटफुट र […]

चुनावमा ८० दलले भाग लिने (दलहरुको नामसहित)

काठमाडौं, चैत २३ – आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा ८० दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले मंगलबार दलहरुको नामावली सार्वजनिक गरेको हो । नामावलीमा चुनावको मिति घोषणा गरेकोमा विरोध गर्दै आएका सबै मधेसी दल पनि छन् । चुनावमा भाग लिने सबै दलको नाम हेर्नुहोस्  

आजका पत्रिकाहरुमा के छापिए ?

२३ चैत, काठमाडौं । आज प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले सरकारले दुई चरणमा स्थानीय तह निर्वाचनको प्रस्ताव गरेको तर आयोग असन्तुष्ट बनेको विषयलाई प्रमुखताका साथ छापेका छन् । विधेयक पास गराउन सरकारले सांसद्हरुलाई घुमाएकोदेखि भत्ता अपुग हुँदा खेलाडीलाई जीवन धान्न गाह्रो भएकासम्मका खबर आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

चुनाव हुने सम्भावना घट्दै : मोर्चाको नयाँ मागले वार्ता समेत सफल हुने सम्भावना कम

चैत २३, काठमाडौं – चीन भ्रमणबाट फर्केपछि सुस्ताएका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी दलहरूसँगको वार्ताका लागि कुनै तयारी गर्न सकेका छैनन् । चीनबाट फर्केपछि दलहरूबीच सहमति हुने बताएका प्रधानमन्त्री दाहालले अहिले वार्ताका लागि कुनै पहलसम्म गरेका छैनन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गत आइतबारको बैठकमा मधेसी मोर्चाले दुईवटा नयाँ माग थपेपछि वार्ता सकारात्मक रूपमा अघि बढ्ने सम्भावना […]

स्थानीय तहको निर्वाचन हुनु नै माओवादीको जित होः प्रचण्ड

२२ चैत, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचन हुनु नै माओवादी केन्द्रको जित हो, हाम्रो एजेण्डाको जित हो । नेपाली जनताको जित हो, राष्ट्रको जित हो ।’ पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित आदिवासी जनजाति […]

स्थानीय निर्वाचनका लागि माओवादी केन्द्रको ‘आक्रामक’ तयारी, यस्तो बन्यो ८ शब्दको नारा

काठमाडौँ, २२ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले देशव्यापी रुपमा नै सङ्गठन सुदृढीकरण र उम्मेदवार चयनको क्रमलाई तीव्र पारेको छ । माओवादीले ७४४ वटै स्थानीय तहमा केन्द्रीय नेतालाई परिचालन गरेर निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएको र ‘जनताको घर आँगनमा जाऊँ माओवादी केन्द्रलाई विजयी गराऊँ’ भन्ने नाराका साथ मतदातालाई […]

रहेनन् नयाँ शक्तिका सहसंयोजक कर्मोचा

चैत २१, काठमाडौं – स्थापनाको एक बर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्व  नयाँ शक्तिका सहसंयोजक कर्मोचाले पार्टी परित्याग गरेका छन् । सहसंयोजक महेश कर्मोचसहित ३ जना केन्द्रीय नेता र २७ जना  सामन्य कार्यकर्ताले आइतबार एकैपटक नयाँ शक्ति छाडेका छन् । नयाँ शक्तिका कर्मोचा सहित ३० कार्यकर्ता  विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् । […]

 

photo

NOC1-250x300