मुख्य खबर

सरकारमा जान साना दलको ठूलो दौडधुप

१६ भदौं, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा संयुक्तका नेता सहभागी छन्। सरकारलाई समर्थन भने १६ दलले गरेका छन्। प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका संघीय गठबन्धनमा आबद्ध मधेसी दलले सरकारमा तत्कालै नजाने बताएका छन्। फोरम लोकतान्त्रिक उपप्रधानमन्त्रीसहितका मन्त्रालय नपाएपछि सरकारबाहिरै छ। साना मन्त्रालय मात्र प्रधानमन्त्रीसँग रहेका कारण ती मन्त्रालयमा फोरम […]

भण्डारी भण्डारी र जापानका विदेश राज्यमन्त्री नोबु किसाइकाे भेटवार्ता

१५ भदाै, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी  र जापानका विदेश राज्यमन्त्री नोबु किसाइकाे अाज भेटवार्ता भएकाे छ ।  राष्ट्रपति भण्डारीसँग तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गरेका थिए । भेटका अवसरमा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको सन्दर्भमा दुई देशबीचको ऐतिहासिक, कूटनीतिक सम्बन्ध तथा आपसी […]

मुलुकको समृद्धिमा लाग्न पूर्व सांसदलाई प्रचण्डकाे आग्रह

१५ भदाै,  काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालसँग पूर्व सांसदले भेटेर आफ्ना अनुभव र ज्ञान राज्यको हितमा लगाउन आग्रह गरेका छन् । आज बिहान पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा प्रम निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग आफूहरु मुलुकको हितमा सक्रिय भएर काम गर्न चाहेको बताएको हो ।  सो अवसरमा प्रधानमन्त्री दाहालले मुलुकको विकास र राजनीतिक […]

भूकम्पपीडितले के पाए, के पाउँदै छन् ?

१५ भदाै, काठमाडौं / प्राधिकरणका अनुसार सोमबारसम्ममा तीन लाख ९४ हजार नौ सय १५ घरधुरीसँग अनुदान सम्झौता भएको छ । ११ जिल्लाका दुई लाख चार सय ७२ घरधनीको बैंक खातामा प्रतिघर ५० हजार रुपैयाँका दरले १० अर्ब दुई करोड ३६ लाख रुपैयाँ जम्मा भइसकेको छ । निजी आवास अनुदानका लागि संघीय मामिला तथा स्थानीय विकास […]

पुर्नसंरचनाका विषयमा प्रमुख तीन दलबीच विवाद

१४ भदौ, काठमाडौ । स्थानीय निकायको पुर्नसंरचनाका विषयमा प्रमुख तीन दलबीच विवाद देखिएको छ । स्थानीय निकायको पुर्नसंरचनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बालुवाटारमा बोलाएको छलफलमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच विवाद देखिएको हो । बैठकमा सहभागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकाय पुर्नसंरचना आयोगले बुझाएको प्रस्ताव अव्यवहारिक […]

ठुला पार्टीका केन्द्र र जिल्ला स्तरका नेताहरु संघीय नवराष्ट्र कम्युनिष्ट पार्टीमा प्रबेश

१४ भदाै भक्तपुर । ठुला पाटीका केन्द्रिय र जिल्ला स्तरका नेताहरु संघीय नवराष्ट्र कम्युनिष्ट पार्टी नेपालमा प्रबेश गरेका छन । नेकपा माओवादी केन्द्रका साथै नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, नेमकिपा लगायतका पार्टीका केन्द्रिय तथा जिल्लास्त्तरका नेताहरु संघीय नवराष्ट कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन । पार्टी प्रबेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य लालकृष्ण घिमिरे,  नेकपा एमाले […]

निर्वाचनकाे मिति समयमा नै ताेकिनु पर्छ : थापा

१४ भदौ, जनकपुरधाम । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले तीनै वटा निर्वाचनकाे मिति ताेकिनु पर्ने वताएका छन् । थापाले राप्रपा नेपाल धनुषाद्वारा धनुषाधाममा आयोजित सभामा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको मिति छिट्टै तोक्नुपर्ने बताएका हुन । निर्वाचन नहुँदा अस्थिरता निम्तिने भन्दै अव चुनावको विकल्प नभएकाले समयमा नै निर्वाचनकाे मिति ताेकिनु पर्नेमा जाेड दिए । राप्रपा नेपाल धनुषाद्वारा […]

स्वास्थ्य मन्त्री थापाले सरकारको ढुकुटीवाट उपचार खर्च नलिने घाेषणा

१३ भदौ, काठमाडौ । स्वास्थ्य मन्त्री गगन थापाले आफुले उपचारका लागि कुनै हालतमा पनि सरकारको ढुकुटीवाट उपचार खर्च नलिने घोषणा गरेका छन् । अहिलेसम्म विशिष्ट अधिकारी एवं नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्चसमेत रोक्ने प्रतिवद्धता मन्त्री थापाले जनाएका छन् । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले समेत राज्यको ढुकुटीबाट रकम लिएर उपचार गराउँदै आइरहेका बेला […]

एक साताभित्र नै मधेसी मोर्चाकाे माग पुरा : प्रचन्ड

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट रहदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका बाँकी माग एक साता भित्र पुरा गर्ने वताएका छन् । उनले मोर्चासंग संविधान संशोधनको सहमति गर्ने र त्यही आधारमा प्रतिपक्षीसँग छलफल गरेर अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । संविधान संशोधनको प्रस्ताव भदौ अन्तिम साता संसंदमा प्रस्तुत गर्ने गरी मोर्चालगायतको […]

लापर्वाहीका कारण सवारी दुर्घटना भए लाइसेन्स खारेज

१२, काठमाडौं । सवारी लापर्वाहीका कारण भईरहेका सवारी दुर्घटना भई कसैको मृत्यू भएमा चालकको हुने भएको छ । सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन गरिसकिएको बताए । उनले सवारी दुर्घटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाईएमा चालकको सवारी चालक अनुमति पत्र नै […]

 

photo

NOC1-250x300