मुख्य खबर

जथाभावी हर्न बजाउनेलाई ट्राफिक प्रहरीले धमाधम कारवाही

    काठमाडौ,५ बैशाख,उपत्यकाभित्र जथाभावी हर्न बजाउनेलाई ट्राफिक प्रहरीले धमाधम कारवाही गरिरहेको छ। वैशाख १ गतेदेखि सुरु भएको हर्न निषेधित अभियान अन्तर्गत आइतबार मध्याह्नसम्म ४ सय ५० जनालाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको छ। नो हर्न क्षेत्र घोषणा भइसकेकाले अटेर गरेर हर्न बजाउनेलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले बताएको छ । उनले भने, ‘हामो अभियान […]

के छ दिल्लीमा राष्ट्रपतिको आजको कार्यक्रम ?

बैशाख ५, नयाँदिल्ली – पाँचदिने भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मध्याह्न नयाँदिल्ली आइपुग्नुभएको छ । भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय महिला राज्यमन्त्री कृष्णा राजले स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीलाई विशेष अतिथिको सम्मानसहित विमानस्थलबाट सिधै राष्ट्रपति भवन लगिएको थियो । राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीसँग दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भेट गर्नुभएको थियो ।  त्यसैगरी, नेसनलिस्ट कांग्रेसका […]

मधेसी मोर्चाले आन्दोलनको घोषणा गर्यो, चुनाब हुन सक्दैन:गृहमन्त्री

काठमाडौं, बैशाख ४– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले तोकिएको मिति बैशाख ३१ मा स्थानीय तहको चुनाव गर्न समस्या रहेको बताएका छन् । उनले मध्यरातमा सामाजिक सञ्जाल ट्वीटरमार्फत स्थानीय तहको चुनावको लागि पर्याप्त सुरक्षा प्रवन्ध हुन नसकेको भन्दै यसबारेमा दलहरुबीच पर्याप्त छलफल हुनु जरुरी रहेको बताका छन् । ‘चुनावको लागि सुरक्षाप्रवन्ध पर्याप्त छैन, चुनाव सफल पार्नको […]

आजका पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु

४ वैशाख, काठमाडौं । सोमबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले निर्वाचन सार्न प्रधानमन्त्री प्रचण्डले कांग्रेसको धारणा मागेकोदेखि गृहमन्त्रीले दुई चरणमा निर्वाचन गर्ने भनेर दिएको अभिव्यक्तिसम्मका खबरलाई प्रमुखताका साथ लेखेका छन् । सहमतीय सरकारको लागि प्रधानमन्त्रीले पहल थालेको खबर पनि आजका पत्रपत्रिकामा छन् । गोरखापत्र दैनिकले राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जान लागेको विषयलाई प्रमुखताका साथ पहिलो […]

प्रधानमन्त्रीले हामीलाई धोका दिएः उपेन्द्र यादव

‘हामीलाई एउटा ड्राफ्ट देखाएर अर्को लगे’  स्थानीय तह निर्वाचन संघीय प्रणालीमा केन्द्र सरकारले गर्नै नहुने काम हो। पहिला संविधान संशोधन, त्यसपछि संसदीय निर्वाचन र प्रदेश निर्वाचनपछि प्रादेशिक सरकार मातहत स्थानीय निर्वाचन गर्नुपर्छ। प्रदेश सरकारले नै आफ्नो जनताको भावना बुझेर स्थानीय निकाय पुनर्संरचना गर्ने वा पुरानो राख्ने निर्णय गर्ने हो। सरकारले ल्याएको संशोधन विधेयकमा संघीय प्रणालीको यो […]

प्रचण्डले बैशाख १ गतेबाट रक्सी छोडेको प्रतिवद्धता सार्वजानिक

१ बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले स्वस्थ्य मार्गमा हिँड्ने प्रतिवद्धता जनाएका छन् । स्वाथ्य मन्त्रालयको आयोजनामा नयाँ वर्षका दिन राजधानीमा आयोजना गरिएको पदयात्रामा सहभागी भएर प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको जनचेतनामूलक कार्यक्रममा प्रधानमन्त्रीका साथै उर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्य मन्त्री गगन थापा, नायिका मनिषा कोइराला, स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती लगायतको […]

प्रचण्ड सरकारको ३० कामको फेहरिस्त सार्बजनिक

  १ बैशाख, काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले हालसम्म गरिएका महत्वपूर्ण कामहरुको सूची सार्बजनिक गरेको छ । प्रधानमन्त्रीको सचिवालयले आठ महिनाको अवधिमा भएका प्रमुख ३० कामको फेहरिस्त तयार पारेको छ । सूचीको पहिलो नम्बरमा स्थानीय तहको निर्वाचनमार्फत् राज्यशक्तिको अधिकार र स्रोतसाधनलाई सिंहदरवारबाट जनताको घरदैलोमा पुर्‍याउने काम भएको उल्लेख छ । यसैगरी लोडसेडिङ अन्त्य, उच्च आर्थिक वृद्धि, […]

डा. बाबुरामले संसदको चुनाव गर्न दिए चुनौती

३१ चैत, काठमाडौं । दलीय चुनाव चिन्हको माग गर्दै डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको अगुवाईमा ६८ दलीय मोर्चाले आन्दोलन घोषणा गरेको छ । साथै भट्टराईले दलहरुसँग हिम्मत छ भने संसद विघटन गरेर प्रतिनिधि सभाको चुनाव घोषणा गर्न चुनौती दिएका छन् । बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै ६८ दलीय मोर्चाले बैशाख २ गतेदेखि ८ […]

मोर्चाद्धारा आन्दोलनको घोषणा, स्थानीय चुनाब अनिश्चित

  काठमाडौं, चैत ३० – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको नयाँ प्रस्ताव अस्वीकार गरेको छ । तमलोपाको पार्टी कार्यालय बिजुलीबजारमा बसेको मोर्चाको बैठकले संविधान संशोनको नयाँ प्रस्तावले आफूहरुसँग सरकारले गरेको ११ बुँदे र २६ बुँदे माग सम्बोधन नगर्ने भन्दै अस्वीकार गर्ने निर्णय गरेको हो ।  सरकार र मोर्चाका घटकबीच यसअघि […]

 जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

ललितपुर, ३० चैत । जलवायु परिवर्तनको असर हिन्दूकुश हिमालय क्षेत्रमा बढिरहेकाले त्यसको न्यूनीकरणका लागि यस क्षेत्रका राष्ट्रहरुबीच सहयोग तथा समन्वय गरी सक्षम जलवायु कार्यको खोजी गर्न विज्ञहरुबीच गहन छलफल सुरु भएको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूहको सहकार्यमा जनसङ्ख्या तथा वातावरण मन्त्रालय र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को संयुक्त आयोजनामा मङ्गलबारदेखि सुरु […]

 

photo

NOC1-250x300