मुख्य खबर

अाँसु झार्दै गच्छदार : अब काँग्रेस छोड्दिनँ

काठमाडौं, ३० असोज : नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपालाी काँग्रेसका सभापति र शेर बहादुर देउवा तथा लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले पार्टी एकताका लागि भएको सहमति पत्रमा हस्ताक्षर गरेका छन् । पार्टी एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवाले लोकतन्त्र पक्षधरबीच पार्टी एकीकरणले आफ्नो […]

राष्ट्रपति : ‘सूचनाको हकको सही प्रयोग गरौँ’

३० असोज, काठमाडौँ  : राष्ट्रपति विद्यादेवी भण्डारीले सूचनाको हकले मुलुकमा सुशासन कायम गर्ने भन्दै त्यसको सही प्रयोग गर्न आग्रह गरेकि छन् । सूचना सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७४ को अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा यहाँ आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पारदर्शीता र सुशासनले लोकतन्त्रलाई सुदृढीकरण गर्छ र राज्य बलियो हन्छ भनिन् । राष्ट्रपति भण्डारीले लोकतान्त्रिक […]

ओली : एमाले ठूलो पार्टी भइसक्यो

२९ असोज, भक्तपुर : नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध फैलाइएको भ्रम र झुटको खेतीलाई एमालेले चिरेर अगाडि बढ्ने बताएका छन । बालकोटस्थित आफ्नै निवासमा राप्रपाका नेता एवं निवर्तमान उपसभामुख गंगाप्रसाद यादवलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले तराईमा एमालेविरुद्ध छर्न खोजिएको भ्रमलाई चिरेर अगाडि बढ्ने बताएका हुन । नेता ओलीले भने, “संसद् नभएको अवस्थामा आजको […]

गच्छदारको फोरम लोकतान्त्रिक कांग्रेससँग मिसिने

काठमाडौं, असोज २९ : उपप्रधानमन्त्री विजयकुमार गच्छदार १० वर्षपछि कांग्रेस फर्कने भएका छन्। आइतबार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग विधिवत रुपमा मिसिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुबै पार्टी एक हुने कार्यक्रम आइतबार साँझ राखिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले साँझ साढे पाँच बजे बालुवाटारमा एक कार्यक्रमबीच दुई पार्टी एक हुन लागेको सेतोपाटीलाई […]

पाँच अर्ब रुपैयाँ म्यादी प्रहरीका लागि मात्रै खर्च हुने

काठमाडौँ, २९ असोज ।  आगामी मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ । करिब एक लाखको संख्यामा म्यादी भर्ना गर्ने भएपछि खर्च पाँच अर्ब रुपैयाँभन्दा बढी भएको हो । आम निर्वाचनमा यति धेरै संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेको यो पहिलोपटक हो । अर्थ […]

ओली : मन्त्री थपेको कुस्ती खेल्न हो ?

काठमाडौं, २८ असोज– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नलागेको मन्त्रिमण्डल विस्तारको कडा विरोध गरेका छन् । उनले मन्त्रि थप्ने निर्णय असंवैधानिक भएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरे ।  ओलीले संसदको आयु सकिएसँगै सरकारको एकमात्र काम मंसिरका लागि तय भएको निर्वाचन निष्पक्ष र धाधलिरहित वातावरणमा सम्पन्न गर्नु भएको बताए । सरकार […]

आज राति १२ बजेपछि संसद बैठक अन्त्य हुने

काठमाडौं, असोज २८ : संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसदको अन्तिम बैठक अहिले सुरु भएको छ। अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्बिर खिचाएका छन्। त्यसपछि अपराह्न ३ बजे बैठक सुरु भएको हो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाइ सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्ने सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी […]

नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह

२८ असोज, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेकि छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताइन् । “संविधान जारी भएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गर्दैछ, त्यसको साझेदार एनआरएनए बन्नुपर्छ”, राष्ट्रपति भण्डारीले भनिन् । नेपालमा पर्यटन, […]

प्रहरी र प्रदर्शनकारीबीच झडप: कम्तिमा दुई जनाको मृत्यु

२८ असोज, एजेन्सी । पश्चिम केन्यामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तिमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । केन्याको निर्वाचन आयोगमा सुधारको माग राखी आन्दोलन गरिरहेका प्रदर्शनकारीले प्रहरी चौकीमा ढुङ्गा हानेपछि प्रहरीले गोली चलाउँदा प्रदर्शनकारीको मृत्यु भएको हो । विपक्षी नेता रोइला ओडिङ्गाको पकड रहेको बोण्डो शहरमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो । […]

भक्तपुरमा आजबाट निःशुल्क ट्रायल परीक्षा

भक्तपुर, २८ असोज ।  यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात ट्रायल परीक्षा सञ्चालन गरेको छ । भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा भने आजबाट सञ्चालन गरेको हो । भक्तपुर र […]

ads