बिशेष

यी प्रहरीलाई अख्तियरले३० हजार घुससहित समातेपछी !

असोज १७, सर्लाही –तीस हजार घुससहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नरूल अन्सारी पक्राउ परेका छन् ।  उनलाई मलंगवा नगरपालिका वडा नं १० स्थित टावरचोकबाट नियन्त्रणमा लिइएको हो ।  नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई […]

मनोमानी मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारलाई निर्देशन

  काठमाडौं, १६ असोज । नजिकिँदो चाडपर्वसँगै बजारमा भएको मनोमानी मूल्य वृद्धिलाई तत्काल रोक्न सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । चिनीलगायत दसैंका लागि अति आवश्यक बस्तुहरुमामा व्यापारीहरुले मनोमानी मूल्यवृद्धि गरिरहेका छन् । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनी, चामल, तेललगायतका अतिआवश्यक बस्तुमा अस्वाभाविक मूल्य वृद्धि गरिएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको […]

कोही किन ‘बलात्कारी’ हुन्छ ?

डा.गंगा पाठक, मनोविद् असोज १५ , काठमाडौं । पछिल्ला दिनमा देशैभरी बढेका हत्या, हिंसा, एसिड प्रहार जस्ता घटना नेपाली समाजलाई नै चुनौतीका रुपमा देखा परेका छन् । यस्ता घटना मुलुककै लागि जटिल समस्या भइरहेका छन् ।  मानिस यौनजन्य अपराधमा संलग्न हुनु भनेको यो एक खालको रोग नै हो । मानसिक समस्याले गर्दा नै यस्तो कार्यमा उसको […]

प्रहरीमा खुल्यो भर्ना : १०८ इन्सपेक्टर, ५२४ असइ र ६ हजार जवानको माग (सुचनासहित)

काठमाडौं, १५ असोज । नेपाल प्रहरीमा इन्सपेक्टर ,प्रहरी सहायक निरिक्षक ( असई ) र प्रहरी जवानको लागि भर्ना खुलेको छ । सोमबार प्रहरी प्रधान कार्यलयले एक सुचना जारी गर्दै समावेशी प्रावधानअनुसार पदपुर्ति गर्ने गरि १०८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) , ५२५ जना प्रहरी सहायक निरीक्षक (असई) र ६ हजार २ सय ४४ प्रहरी जवानको े माग […]

श्रीमानहरु नै अब सेकिने

  एकातिर सामाजिक विसंगतिलाई निर्ममताका साथ नियन्त्रण गर्ने गरी मुलुकी अपराध संहिताअन्तर्गत फौजदारी कार्यविधि आएको छ । त्यसैलाई लिएर नेपाली प्रेस जगतले ठूलो ‘पिर÷चिन्ता’ लिँदै आन्दोलनसमेत गरेको छ । तर, देशभरि विद्युतीय कारोबारको मुद्दा हेर्ने एकमात्र जिल्ला अदालतको बेञ्चबाटै भदौ ३१ गते ‘श्रीमान््’ ले नै जसलाई, जसले, जतिसुकै तुच्छ गालीगलौज गरे पनि उन्मुक्ति पाइने आदेश […]

षड्यन्त्रकारीहरु सरकारलाई घेराबन्दी गर्न खोज्दैछन्’

 असोज १४ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले शान्ति सुरक्षा खल्बल्याउने एवम् अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारबाही गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्ने क्रममा गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले देश टुक्र्याउन खोज्ने, शान्ति सुरक्षा खल्बल्याउने एवम् अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताएका हुन् । ‘विगत ६ महिनामा […]

मालपोतका प्रमुखसहित आठ कर्मचारी प्रहरी हिरासतमा

असोज १४, मालपोत कार्यालय चाबहिलका प्रमुखकै मिलेमतोमा धनीलाई थाहै नदिई करिब १० करोड रुपैयाँबराबरको जग्गा बिक्री भएको खुलेको छ । प् हरीले मालपोत प्रमुखसहित थप चार कर्मचारीलाई पक्राउ गरेको छ । मालपोत कार्यालय चाबहिलका प्रमुख (उपसचिव) कमलप्रसाद तिमल्सिनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनीसहित नासु चन्द्रबहादुर श्रेष्ठ र कार्यालय सहयोगीद्वय मुकुन्द धिताल र रमेश महजर्नलाई […]

खुर्शिद हत्याकाण्ड : साईलेन्सर र लेजर जडित अटोमेटिक पेस्तोलबाट ‘फायर’

   आश्विन ११  इटहरी । निकै ‘महत्वपूर्ण र सिक्रेट’ अपरेशनमा मात्र प्रयोग गरिने साईलेन्सर जडित पेस्तोलबाट सुनसरीका खुर्शिद आलममाथि गोली प्रहार गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।  आलमलाई साईलेन्सर (सुप्रेसेसर) र लेजर लाईट जडित सेमी अटोमेटिक पेस्तोलबाट ३ राउण्ड गोली प्रहार गरिएको थियो । गोली आलमको टाँउको र कोखामा लागेको थियो । एक राउण्ड भने […]

दिगम्बर झा पुनः प्रधिकरण अध्यक्षमा नियुक्त

असोज ९, काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई दीर्घकालीन महत्वका परियोजनाहरु अघि बढाउने बाटो खोलिदिएको छ । यसअघि मन्त्रिपरिषदबाटै निर्णय गरेर सरकारले प्राधिकरणलाई महत्वपूर्ण सबै योजनाहरु रोक्न निर्देशन दिएको थियो ।पुनः दिगम्बर झालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेपछि सरकारले अर्को पत्र पठाएर रोकिएका काम अघि बढाउन बाटो खुला गरिदिएको छ ।  गत शुक्रबारको मन्त्रिपरिषद बैठकले विगतमा […]

निर्मला हत्या प्रकरणः छानविन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौँ, असोज ९ ।बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको घटनाबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानविन समितिले अनुसन्धानको प्रतिवेदन सरकारलाई बुझाएको छ । १३ वर्षीया पन्तको हत्या प्रकरणबारे अनुसन्धान गर्न गृहमन्त्रालयद्धारा गठित छानबिन समितिले एक महिना लामो अनुसन्धानपछि मंगलबार गृहमन्त्री राम बहादुर थापालाई प्रतिवेदन बुझाएको हो । निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीले […]

 

photo

NOC1-250x300