बिशेष

ठुलो माछो फेला पर्यो, प्रहरी हेडक्वाटरमै सुन तस्कर !

२३ माघ, काठमाडौं । आइतबार दिउँसो सीआइबीका डीएसपी प्रवीण पोखरेलको टोली प्रहरी हेडक्वार्टरभित्र प्रवेश गर्दा एसएसपी श्याम खत्री युनिर्फममै कार्यकक्षमा थिए । लगत्तै खत्रीको बर्दी उत्रियो । त्यसको केहीबेरमै उनी सीआइबीको हिरासतमा थुनिए ।   सुन तस्करीजस्तो जघन्य अपराधमा प्रहरी हेडक्वार्डरबाटै उच्चपदस्थ अधिकारीलाई समातेर हिरासतमा कोचिएको यो नेपालको इतिहासमा नौलो घटना हो । चार वर्षअघि […]

नेपालमा यसरी विस्तार भएको थियो क्यासिनो !

काठमाडौँ, २० माघ । सोल्टी होटेलमा सन् १९६८ मै क्यासिनो खुलेको थियो, जुन दक्षिण एसियामै पहिलो थियो । सोल्टी होटेलका मालिक तत्कालीन अधिराजकुमार हिमालयविक्रम शाहकै नाममा मन्त्रिपरिषद्ले निर्णय गरी क्यासिनो नेपालको लाइसेन्स दिइएको थियो । पाँचतारे होटेलमा मात्र क्यासिनोको लाइसेन्स पाउने भनिएको थियो, पाँचतारे सोल्टीमा मात्र थियो । सोल्टी नजिकै तहाचलमा घर भएका किशोर सिलवाल […]

प्रचण्ड सरकारविरुद्ध विप्लव माओवादीको प्रदर्शन

काठमाडौँ – आफ्नो पार्टीको गतिविधि रोक्न र महाधिवेशन भाँड्न सरकार लागेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सरकारविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । शुक्रबार दिउँसो शान्तिवाटिकाबाट शुरु भएको र्याली बसन्तपुर पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा नेकपा माओवादीका कार्यकर्ताले सरकारविरुद्ध चर्का नारा लगाएका थिए । आज विहान पार्टीले विज्ञप्ति जारी गर्दै सरकारले […]

अचम्भित बनाउने पृथ्वीबारे ३० रोचक तथ्यहरु

पृथ्वी हाम्रो घर हो । यही पृथ्वीसँग जोडिएका कयौं यस्ता तथ्यहरु छन्, जसबारे तपाईंलाई अहिलेसम्म थाहा नहुन पनि सक्छ । आउनुहोस्, यहाँ पृथ्वीबारे जोडिएका तिनै ३० तथ्यहरुबारे जानकारी हासिल गरौं– पृथ्वीमा सुन कति छ ? पृथ्वीमा यति धेरै सुन छ, जसले पृथ्वीको सतहलाई १.५ फिटको गहिराईसम्म ढाक्न सकिन्छ । १९ किलोमिटरको ऊचाईमा प्रेसराइज्ड सुट लगाउन […]

गिरानचौरबासी भन्छन्- धुर्मुस सुन्तलीभन्दा कम छैनौं

२१ माघ, काठमाडौं । हास्यजोडी धुर्मुस-सुन्तलीले सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत बस्ती बनाएर ६५ परिवारलाई सुविधाजनक आवासको प्रवन्ध गरिदिए । त्यही नजिकै रहेको अर्को टोलका भूकम्पपिडितहरु भने जिर्ण घरटहरामा दिन काटिरहेका छन् । अब उनीहरुमा सुविधाजनक एकीकृत बस्तीमा बस्ने लालसा छ । तर, धुर्मुस-सुन्तली सबैतिर छाउन सक्दैनन् । त्यसैले उनीहरु आफैं साहस गरेर एकीकृत वस्ती निर्माणको प्रयासमा […]

क्यासीनोमा पैसा हारेपछि ईन्जिनियर टोलाइ मात्र रहे

क्यासीनोमा पैसा हारेपछि ईन्जिनियर टोलाइ मात्र रहे सर्बज्ञ वाग्ले 17.9K     मानिसको जीवनमा अनेक घुम्ती र मोडहरु आउँछन् जान्छन्। मेरा जीवनमा पनि कति-कति अनकन्टार घुम्ती,मोड र उकाली अोरालीहरु आए। मैले कहिल्यै जीवनलाई सुख, सुविधा, एयासी र चमक धमकको सपनामा सजाउने दु:शाहष गरिन। मेरा कल्पना र सोचहरू त्यतातिर कहिल्यै गएनन्। म जन्मँदै मेरा बाबा आमाले […]

उपत्यकाको आठ ठाउँमा बन्ने भो सेटलाईट सिटी

२०७३ माघ २१ गते ७:०६ मा प्रकाशित |   काठमाडौं, माघ २१ – काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ । पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोट, दोस्रो चरणमा ललितपुरको भैँसेपाटी, बुङ्मती, छम्पी र तेस्रो चरणमा काठमाडौँको साँखु र काभ्रेस्थलीमा स्याटलाइट सिटी निर्माण गरिने भएको छ […]

अन्तत: सीके राउत कब्जामा, राज्य विप्लवको मुद्दा लाग्ला त ?

२० माघ, काठमाडौं । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो । सप्तरी स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आएका थिए ।   माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गरेका थिए र, देश […]

जब नौ बर्षको छोराले ‘यौनसम्पर्क’ बारे सोध्यो

  -विजया सिंखडा ‘यौनसम्पर्क’ अर्थात् ‘सेक्स’ शब्द सुन्दा हामीलाई कस्तो कस्तो अप्ठेरो लाग्छ । नेपालीका लागि उच्चारण सामाजिक रूपमा अशोभनीय मानिन्छ्र । सामान्य रूपमा यो शब्दलाई उच्चारण गर्नु राम्रो र सभ्य मानिदैन । हाम्रो समाजमा जति यो शब्दको प्रयोगले हलचल ल्याउँछ, पश्चिमी सभ्यतामा यो शब्दले खासै त्यति हलचल मच्चाएको भने म पाउँदिन । शायद यहाँ […]

ट्रम्पलाई कसरी हेर्ने ? घुरेर हेर्ने कि पिठ्युँ फर्काउने ?आप्रवासीमाथिको प्रतिबन्धः पुरानै बोतलमा नयाँ रक्सी

 नेपालीहरुको बानी यस्तो छ कि चन्द्रमामा कुनै देश भएको भए हामी त्यहाँको राजनीतिका बारेमा पनि केही न केही टिप्पणी गर्नेथ्यौं । हामी नेपालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा चर्चा नगर्ने कुरै भएन । जे छ, ट्रम्पकै चर्चा छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुमै ट्रान्स प्यासिफिक पार्टनरशीप (टीपीपी) बाट बाहिरिने घोषणा गरे । जिम्मेवारी […]

 

photo

NOC1-250x300