बिशेष

मौसममा खतराको संकेत: उडान नगर्न आपत्कालीन अपिल

बैशाख २०, काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले नेपालमा पनि ‘फानी’ को प्रभाव देखिएको उल्लेख गर्दै शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न अपिल गरेको छ । पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न–नगराउन राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक अपिल गरेको हो । भारतमा आएको फानी चक्रवातले नेपालको […]

सरकारी कर्मचारीकै मिलेमतोमा असुली भएन क्यासिनोको बक्यौता

काठमाडौं, वैशाख ९ विद्यमान ऐनलाई समेत बेवास्ता गर्दै आफूखुसी देशका विभिन्न स्थानमा सञ्चालन भइरहेका अधिकांश जुवा घर (क्यासिनो)ले हालसम्म कुनै पनि राजस्व र बक्यौता रकम समेत भुक्तानी नगरी बसेका छन् । सम्बन्धित सरकारी निकायबाट सो बक्यौता रकम असुलउपर गर्नुपर्नेमा सो नगरी उल्टो गैरकानुनी रुपबाट सञ्चालनमा रहेका क्यासिनो मालिकसँगकै मिलेमतोमा अर्बौँ रुपैयाँ सरकारले गुमाउनुपरेको छ । सम्बन्धित सरकारी […]

राखेपमा नियम बिपरित कर्मचारी र अनुदान बाडीयो !

    बैशाख ०८ , काठमाडौँ, राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई समेत आर्थिक अनुदान उपलब्ध गराइएको महालेखा परीक्षकको प्रतिवेदनले आँैल्याएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६५औँ वार्षिक प्रतिवेदनले राखेपभित्र ती कार्य भएको औँल्याएको हो ।     राष्ट्रिय खेल सङ्घ कार्य सहजीकरण कार्यविधि, २०७० मा समयमा नवीकरण नगराउने […]

मेडिकल माफिया विशाल पण्डितको सिंहदरबारको नाकैमुनी अर्को दरबार

बैशाख ५, काठमाडौं । स्वास्थ्य क्षेत्रमा विनियोजित ५६ अर्ब बजेटमध्ये २२ अर्बभन्दा बढी रकमको हिसाब किताब नै नभएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएपछि स्वास्थ्य मन्त्रालयमा हुने डरलाग्दो भ्रष्टाचार उदांगो भएको छ । स्थानीय तहका लागि पठाइएको १८ अर्ब र प्रदेशका लागि पठाइएको ४ अर्ब गरी कुल २२ अर्ब रुपैयाँ अपारदर्शी किसिमले खर्च भएको पाइएको हो । आर्थिक […]

एकीकृत सरकारी कार्यालय कावासोतीमा स्थापना गरिने

 बैशाख ३  नवलपुर,   नवलपुर सदरमुकाम कावासोतीमा सबै सरकारी कार्यालय एकीकृत रूपमा सञ्चालन गर्ने तयारी भएको छ । सरकारी कार्यालय एकीकृत रूपमा सञ्चालन गर्न कावासोतीस्थित रामनगरमा एक सय ७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । सोही जग्गामा  केन्द्र, प्रदेश र जिल्लास्तरका सबै सरकारी कार्यालय स्थापना गर्ने तयारी स्थानीय प्रशासनले अघि बढाएको हो ।भू–माफियाहरूले […]

बारको चुनावमा वामपन्थीको प्यानल विजयी

  चैत २१, काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशील (वामपन्थी) चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई १ सय २७ मतले पराजित गर्दै बामपन्थी समूहका श्रेष्ठ नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयी भएका हुन् ।श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरेका छन् भने पोखरेलले ३ हजार २७ मत प्राप्त गरेका छन् […]

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

  काठमाडौँ, २१ चैत । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित ५ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । संसदीय सुनुवाई विशेष समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस  पाँचै जना न्यायाधिशविरुद्ध उजुरी आह्वान गरेको हो । चैत्र १८ गते सोमबार बसेको न्याय परिषद बैठकले पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता […]

शक्तिको नजिक भएकालाई न्यायाधीश सिफारिस गरिएको भन्दै असन्तुष्टि

      चैत २० , काठमाडौं । न्यायपरिषद्ले मंगलबार सिफारिस गरेका न्यायाधीशहरु मध्ये कतिपय चिनिएका राजनीतिक कार्यकर्ता र शक्तिमा भएका व्यक्तिका नातेदार भएको पाइएपछि न्याय क्षेत्रमा असन्तुष्टि देखिएको छ । हुनत यसरी राजनीतिक छाता ओढेका व्यक्तिहरु न्यायालयमा प्रवेश गरेको यो पहिलो पटक होइन । केही वर्षअघि पनि केही न्यायाधीशहरु तत्कालीन नेकपा एमालेको बल्खु कार्यालयमा पार्टीगत […]

हायात होटलले ३०४ रोपनी जग्गा लुट्दा सरकारी निकाय मौन किन?

गौरीबहादुर कार्की। चैत १५, पञ्चायतकालमा सरकारले बौद्धको करिब ३०४ रोपनी सर्वसाधारण किसानको जग्गा अधिग्रहण गरेर नेपाल महिला संगठनलाई दियो। महिला तथा जनजातिको हित सम्बर्द्धन निम्ति तारागाउँ विकास समिति गठन गरियो। २०४७ को जनआन्दोलनपछि लोकतान्त्रिक सरकारले उक्त जग्गामा होटल तथा सांस्कृतिक पर्यटकीय केन्द्र बनाउने भन्यो। व्यवसायीहरू राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठको डिजाइनमा तारागाउँ विकास समितिसँग संयुक्त […]

यस्ता छन् मन्त्रिपरिषद बैठकका २२ निर्णयहरु

  काठमाडौं, १४ चैत । नेपाल सरकारले बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्त गर्न सरकारले सिफारिस समिति बनाएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको छ । सिफारिस समितिमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजक रहेका छन् भने वरिष्ठ अधिवक्ता रामनाथ मैनाली, प्रेमबहादुर खड्का, शर्मिला कार्की र राष्ट्रिय मानव अधिकार […]

 

photo

NOC1-250x300