प्रविधि

माघ ११ देखि क्यान ईन्फोटेक हुने

  २०७४ मङ्सिर २८ बिहिबार, काठमाडौ । क्यान महासंघको आयोजनामा यही माघ ११ गतेदेखि “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला”  आयोजना हुने भएको छ ।मेला माघ ११ गतेदेखि १६ गतेसम्म काठमाडौं भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ । ६ दिनसम्म सञ्चालन हुने यस मेलामा विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ […]

अनौठो रोबोटहरुः कोही चुनाव लड्छन् त कोही उपचार गर्छन्

चीनको चाइनिज विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो खाले रोबोटको समूह तयार पारेका छन् जो मानिसको जिउभित्र छिरेर रोग पहिचान तथा रोगको उपचार गर्दछ । यस रोबोटले चुम्बकीय कणको सहायताले सरीरको भित्र घुसेर केवल रोग पत्ता लगाउने मात्र होइन रोगीको उपचारमा पनि सहयोग गर्दछ, जुन उपचारमा शरीरका कुनै खास कोशिकामा औषधि पूराउनुपर्ने हुन्छ । पानीमा पाइने एक प्रकारको […]

मुस्ताङमा नेपाल टेलिकमको थ्रिजी सेवा

मङ्सिर ३,काठमाडौं : नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले करिब ३ हजार ८ सय मिटर अग्लो स्थानमा रहेको लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ५ मा थ्रिजी बिटिएस राखेको छ । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको […]

घरमा डिजिटल केबल टेलिभिजन जोड्न सरकारको आग्रह , नत्र…..

कार्तिक २६,काठमाडौं : यही मंंगलबार (कात्तिक २८ गते) देखि एनालग टेलिभिजन बन्द हुने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी गरी कात्तिक २८ गतेदेखि एनालग टेलिभिजन बन्द हुने जानकारी दिँदै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबासीलाई आफ्नो घरमा डिजिटल केबल टेलिभिजन जोड्न आग्रह गरेको छ ।  मन्त्रालयले केबल टेलिभिजन महासंघलाई महासंघमा आवद्ध टेलिभिजनहरुलाई कात्तिक २८ […]

गल्तीले आविष्कार भएको थियो एक्स–रे

  २०७४ कार्तिक, एउटा काम गर्दै जाँदा गल्तीका कारण अर्कै नतिजा निस्कियो भने हामीलाई झोँक चल्ने गर्छ । तर, कतिपय गल्ती यस्ता पनि छन्, जसले मानव जीवनलाई सहज बनाउने काम गरेका छन् । सन्की भौतिकशास्त्रीका रूपमा चिनिएका विलहेल्म रोन्टजेनले अर्कै काम गर्दागर्दै एक्स–रे आविष्कार गरेका हुन् । उनी क्याथोडिक रे ट्युब बनाउन खोजिरहेका थिए । […]

काभ्रेका विकट क्षेत्रमा जिएसएम मोबाइल सञ्चालन

काठमाडौं,कार्तिक २३  : नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।  पहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएका यी स्थानका सेवाग्राहीले अब जिएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्नसक्ने भएका छन् । यसबाट सो क्षेत्रका करिब तीन हजार सेवाग्राहीले सेवा प्राप्त गर्ने टेलिकमले जनाएको छ ।  टेलिकमले […]

ओपो एफफाइभ नेपाली बजारमा सार्वजनिक हुँदै

  कात्तिक २२,काठमाडौं : ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफफाइभ भब्य समारोहविच आगामी कात्तिक २८ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । काठमाडौंमा आयोजना गरिने उक्त समारोहमा नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागिता रहनेछ । कार्यक्रममा नेपाल आइडलको उपस्थितीका बारेमा कम्पनीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो ।  आधिकारिक फेसबुक पेज मार्फत […]

 चीनले १ खर्ब २० अर्बमा बनायो यस्तो थीम पार्क  ! (फोटोफिचरसहित)

  चीनको ग्वेझोउ इलाकामा एक थीम पार्क बनाइएको छ । आगामी डिसेम्बरमा यो पार्कको निर्माण पूरा हुनेछ । यो पार्कको विशेषता के भने यहाँका सबै चिज वास्तविक जस्ता लाग्दछन् । अर्थात् तपाइँ छुट्टै संसारमा पुगेजस्तो अनुभव गर्नुहुनेछ । कहीँ एलियन घुमिरहेका हुनेछन् त कहिले तपाइँको अगाडि ड्रागन खडा हुनेछ ।  चीनको प्रसिद्ध एनिमेसन कम्पनी ओरिएन्टल […]

भोलीदेखि स्मार्ट टेलिकमको फोर जी सेवा सुरू

११ कात्तिक, काठमाडौं : स्मार्ट टेलिकमले भोली कात्तिक १२ गतेदेखि फोरजी मोबाइल सेवा संचालन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा काठमाडौं उपत्यका र पोखरा क्षेत्रबाट फोरजी मोबाइल फोन सेवा शुरु गर्न लागेको आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले पहिलो चरणमा काठमाडौं उपत्यका र पोखराबाट सेवा […]

तिहारका लागि नेपाल टेलिकमको अफर

काठमाडौं, ३१ असोज : नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ । टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ । सो योजना बुधबारदेखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । यस्तै टेलिकमकै नेटवर्कभित्र हुने एसएमएस सेवामा पनि ५० […]

ads