प्रवास

अमेरिकाको कुनैपनि युद्धपोतसँग डराउँदैनौं : चीन

दक्षिण चीन सागरमा चीनको कब्जामा रहेको एक इलाकादेखि २बी-५२ बमवर्षक विमान उडाएको भन्दै चीनले अमेरिकालाई चेतावनी दिएको छ । चीनले आफ्नो सम्प्रभुताका लागि कदम उठाउन सक्ने भन्दै अमेरिकलाई चेतावनी दिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चुनयिंगले अमेरिकामा सैन्यीकरणको क्रममा बाधा सिर्जना गरेको आरोप लगाउँदै चीन आफ्नो सम्प्रभुताको रक्षाका लागि आवश्यक कदम चाल्न पछि नहट्ने […]

सिंगापुरमा हुने ट्रम्प–किम बैठकमा गोर्खाली सेनाको सुरक्षा

 यही १२ जुनमा तय भएको डोनाल्ड ट्रम्प–किम जोन उन ऐतिहासिक बैठकमा विश्वका सबैभन्दा बहादुर सेनाका रुपमा चिनिने नेपालका गोर्खाली सेनाले सुरक्षा दिने भएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किम दुवै आ–आफ्ना देशका सुरक्षाकर्मीका साथ आउने भए पनि सिंगापुरका तर्फबाट भने गोर्खाली सेना तैनाथ गरिने समाचार एजेन्सी रोयटर्सले जनाएको छ । गोर्खाली […]

ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा कम्तीमा ६५ को मृत्यु

ग्वाटेमालामा एक शताव्दियताकै शक्तिशाली ज्वालामुखी विस्फोटनमा कम्तीमा ६५ जनाले ज्यान गुमाइसकेको पुष्टि भएको छ। उक्त मध्य अमेरिकी देशको विपद्सम्बन्धी निकायले उद्धारकर्ताहरूले फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेको र दर्जनौँ मानिसहरू हराइरहेको उल्लेख गरेका छन्। तीव्र वेगमा बगेका तातो खरानी र लाभाबाट जोगाउने क्रममा चार हजार भन्दा बढी मानिसहरूलाई ग्वाटेमाला सिटी […]

जी सेभेन बैठकमा अमेरिकालाई व्यापार युद्धको चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए […]

रुसको संसदमा सम्बोधन गर्न फेसबुकका संस्थापक जुकरबर्गलाई निमन्त्रणा

रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ । सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिए । ‘हामीले उहाँलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उहाँको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ,’ मत्भीयेन्कोले एक समाचार संस्थासँग भने । जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै […]

दुई पत्रकारलाई जेलबाट रिहा गर्न राष्ट्रसंघको माग

लिबियामा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेको छ । लिबिया सरकारले ती दुई जना पत्रकारलाई बिना पक्राउ पुर्जी थुनामा राखिरहेकोले उनीहरुको रिहाइका लागि माग गरेको हो । दुई जना पत्रकारलाई लिबिया सरकारले अप्रिलको अन्तिम हप्तादेखि थुनामा राखेको छ । तर उनीहरुलाई के कति कारणले पक्राउ गरिएको […]

बस दुर्घटना : १९ जनाको मृत्यु, कयौँ घाइते

युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ।  युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरु कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन्।  मृत्यु भएकामध्ये तीन जना बालबालिका रहेका यहाँको एक स्थानीय प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ।  घटनामा परी घाइते भएकालाई तत्काल उद्धार गरी किर्यान्डोङगो अस्पतालमा उपचार गराइएको छ।  […]

आतंककारी झडपमा परी अफगानिस्तानमा ११ जना तालिबान मारिए

 अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा तालिबान आतङ्ककारीका विरुद्धमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबानको ज्यान गएको समाचार छ । यस झडपमा परी बुधबार बिहानै कम्तीमा पनि ११ जना तालिबान आतङ्ककारी मारिएका छन् भने अरु करिब १२ जना घाइते भएका गजनी प्रान्तका प्रान्तीय प्रमुख मोहमद जमान खोस्तीले जानकारी दिएका छन् । मुकार […]

विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु् भएको छ । कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ । कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । यस घटनामा अन्य केही व्यक्ति बिरामी परेका तर […]

जासुसीको अारोपमा भारतीय कूटनीतिज्ञलाई जेल सजाय

एकजना भारतीय कूटनीतिज्ञलाई भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको भन्दै तीन वर्षको जेल सजायँ सुनाइएको छ । भारतीय कूटनीतिज्ञ माधुरी गुप्ताले पाकिस्तानमा रहेर कामगर्दा आफ्नो देशका विरुद्धमा पाकिस्तानलाई नै गोप्य सूचना दिएको आरोप उनिमाथि लगाइएको थियो । गुप्ता ६१ वर्षका छन्। उनले पाकिस्तानस्थित भारतीय राजदूताबासमा रहेर कामगर्दा पाकिस्तानको गुप्तचर संस्था आइएसआइलाई सूचना दिएको आरोप लगाएका  थिए […]

 

photo

NOC1-250x300