प्रवास

भ्रष्टाचारको अभियोगमा बिन तलालसँग ६ खर्ब धरौटी माग

९ पुस : भ्रष्टाचारको अभियोगमा जेल पुगेका साउदी राजकुमार अलवालेद बिन तलालसँग साउदी अरबका अधिकारीहरुले ६ अर्ब डलरभन्दा बढी धरौटी मागेका छन् । झण्डै ६ खर्ब रुपैयाँभन्दा बढी धरौटी मागिएको साउदीमा यो पहिलो घटना हो । यसअघि नोभेम्बरमा पक्राउ परेका केही साउदी राजकुमारहरु ठूलो रकम धरौटी बुझाएर रिहा भइसकेका छन् । तलाल भने अहिलेसम्म जेलमै […]

महिलालाई भारत लैजाने पक्राउ

पुस ९, नेपालगञ्ज । नेपालबाट भारतको बाटो हुदै महिलालाई विदेश लैजाने भनी भारतको बलैइ गाँउसम्म लैजाने जिम्मा लिएका बाँके कोहलपुर नगरपालिका–९ भवानीपुर बस्ने ३३ बर्षीय नवराज हमाललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले आज बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित बोर्डर नाकामा गस्ती गर्दै जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । नेपालबाट […]

फिलिपिन्समा आँधीका कारण सयभन्दा बढीको मृत्यु

पुस ८ : दक्षिणी फिलिपिन्समा आँधीका कारण १०० जना भन्दा बढीको ज्यान गएको छ। आँधीपछि आएको बाढी र पहिरोमा दर्जनौं हराइरहेको अधिकारीहरुले बताएका छन्। टेम्बिन नामक आँधीले मिन्डनाओ टापुका कैयौँ भागमा बाढी तथा पहिरो निम्त्याएको छ। टुबोड र पिआगापो शहर सबभन्दा बढी प्रभावित भएका छन्। सयौं घरहरु ढुंगाले पुरिएका बिबिसीले जनाएको छ। ‘पुरिएका ठाउँबारेको यकिन अवस्था […]

बम विस्फोटमा दुई प्रहरी अधिकारीको मृत्यु

इस्लामाबाद, ८ मंसिर :  उत्तरपश्चिमी पाकिस्तानको प्रान्तीय राजधानी पेसावरमा शुक्रबार बिहान भएको बम विस्फोटमा परी पाकिस्तानका दुइजना प्रहरी अधिकारीको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले शुक्रबार सो जानकारी दिएका छन् । पेसावरको हेयाताबाद क्षेत्रको ततारा पार्कनजिकै उनीहरुको हत्या गरिएको समाचारमा जनाइएको छ । पेसाबर उत्तरपश्चिमी खैवर पाख्तुनख्वाको प्रान्तीय राजधानी हो । यस आक्रमणमा परी प्रहरी […]

दुई किशोरीमाथि एसिड आक्रमण

६ मंसिर, अफगानिस्तान : अफगानिस्तानमा नागरिक समाजका अगुवाका छोरीहरूले आँफूहरू मङगलबार बिहान सडकमा हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले एसिडको प्रयोग गरी आक्रमण गरेको बताएका छन् । हेरात शहरका प्रहरी प्रवक्ता सैयद अहमद मोहम्मदीले किशोरीलाई उद्धृत गर्दै भने, “सडकमा हिँडीरहेका किशोरीमाथि मोटरसाइकलमा आएका दुई अपरिचित किशोरले एसिडको प्रयोग गरी आक्रमण गरेका थिए ।” याक्ता […]

नौ बर्षदेखि कोमामा रहेका पुर्वमन्त्रीको निधन

५ मंसिर, नयाँदिल्ली : विगत नौ बर्षदेखि कोमामा रहेका भारतका पुर्व सूचना मन्त्री प्रिय रन्जन दस्मुन्सीको निधन भएको छ । सन् २००८ देखि कोमामा रहेका दस्मुन्सीको ७२ बर्षको उमेरमा नयाँदिल्ली स्थित उपचार भइरहेको अस्पतालमै निधन भएको हो । “उहाँको स्थानीय समय अनुसार दिउसो १२ः१० मा निधन भएको छ, विगत एक महिना देखि उहाँको गंभीर अवस्थामा […]

आगलागीमा परी १९को मृत्यु, ८ जना घाइते

बेइजिङ, मंसिर ३ : चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी […]

विनासकारी भूकम्पका कारण ३९५ जनाको मृत्यु

२८ कात्तिक, तेहरान : इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ३९५ जना इरानीको मृत्यु भएको सरकारी टेलिभिजनले सोमबार जनाएको छ । टेलिभिजनले झण्डै ६६ हजार जना घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ । इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरूले जनाएका छन् । उक्त क्षेत्रका साथै कुवेतमा […]

ट्रम्प र पुटिन : सिरियामा केही प्रगति हुदैछ

२६ कात्तिक, वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुसका सेनाले गरेको संयुक्त सैन्य समन्वय तथा कारबाहीबाट सिरियामा केही प्रगति भएको बताएका छन । भियतनाममा एपेकको सम्मेलनपछि सोही स्थानमा भएको उहाँहरुको छोटो समयको भेटपछि जारी गरिएको वक्तव्यमा सो कुरा बताइएको छ । उक्त बक्तव्यमा जनाइएअनुसार यी दुई देशका सेनाले […]

सोमबारदेखि यातायातमा जोर विजोर नियम लागू गरिने

२४ कात्तिक, नयाँ दिल्ली : नयाँ दिल्लीमा देखिएको वातावरण प्रदुषण नियन्त्रण प्रयासस्वरुप आगामी सोमबारदेखि पाँचदिनका लागि जोर विजोर नियम अनुसार यातायातका साधन चलाइने भएको दिल्ली राज्य सरकारले बिहीबार जनाएको छ । यो नियम महिलाले चलाउने गाडी तथा दुई पाङ्ग्रे यातायातका सवारी साधनमा भने लागू नगरिने बताइएको छ । “जोर विजोर नियम लागू भएपछि भारतीय राजधानी नयाँ […]

NOC1ads