प्रदेश

आजदेखि विश्वकप फुटबल : चार वर्ष लामो प्रतीक्षा समाप्त

विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ । रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा […]

कहिले र किन चिनीयाँ प्रधानमन्त्री नेपाल भ्रमण गर्ने ?

काठमाडौँ, २० फागुन ।  चिनीयाँ प्रधानमन्त्री ली कछयाङले एक महिनाभित्र नेपाल भ्रमण गर्ने गरी तयारी अघि बढेको छ । यही मार्चभित्र ली नेपाल भ्रमणमा आउने भएपछि गोप्यरुपमा भ्रमणको तयारी गरिएको हो । चिनीयाँ राष्ट्रपति सी जिन पिङको सम्भावित नेपाल भ्रमणको तयारीका सिलसिलामा ली काठमाडौं आउने तयारीमा रहेको बताइएको छ । प्रधानमन्त्री लीको नेपाल भ्रमण सफल […]

विदेश उड्न ठिक्क परेका ३ सय ५० कर्मचारीको भ्रमणमा सरकारको रोक

  काठमाडौँ फागुन ११, मन्त्रिपरिषद् कार्यालयले सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ।प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त निर्देशन बिहीबार पठाएको खबर आजको नागरिक दैनिकमा सुरेन्द्र पौडेलले लेखेका छन्।यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने तयारीमा रहेका करिब ३ सय ५० सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित भएको […]

नयाँ सरकार बनेपछि मोदी नेपाल आउने: प्रदीप ज्ञवाली

फाइल फोटो २१ माघ, काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले स्वराजको यो भ्रमणबाट नयाँ परम्पराको थालनी भएको र नेपालको समथ्र्य बढ्दोछ भन्ने देखिएको बताए । रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले नेपालमा सरकार बनाउन लागेको शक्तिसँग मिलेर काम […]

डोनाल्ड ट्रम्पले डीभी भिसा बन्द गर्दै, अमेरिका जाने नेपालीको सपना चकनाचुर

१८ माघ, काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भिसा बन्द गर्ने र पारिवारिक सदस्यलाई प्रायोजन गरी अमेरिका लैजान पाउने नीतिलाई कडाइ गर्ने घोषणा गरेसँगै यसको सबैभन्दा ठूलो असर नेपालीलाई पर्ने भएको छ । ट्रम्पले हालै स्टेट अफ दि युनियनमा सम्बोधन गर्दै डीभी भिसा बन्द गरी योग्यता र क्षमताका आधारमा विदेशीलाई अमेरिकामा अवसर दिने नीति ल्याइने घोषणा […]

आइफोनको प्रोसेसर ढिलो भएपछि एप्पलले माग्यो माफी

काठमाडौं । पुराना भर्जनका आइफोन प्रोसेसरलाई ढिलो बनाइदिएको आरोपमा लगातार आलोचित भएपछि एप्पल कम्पनीले यसका लागि माफी मागेको छ । लिथियम आयनबाट बनेका पुराना आइफोनको ब्याट्रीमा सुधार ल्याउनका लागि यस्तो गरेको भन्दै एप्पल कम्पनीले यसो गर्नु पछाडिको कारण प्रष्ट पारेको थियो ।   अहिले भने कम्पनीले ब्याट्री परिवर्तन गर्न तयार रहेको र २०१८ सम्ममा प्रयोगकर्ताहरुले […]

यस वर्षको एसईई परीक्षा पनिकाले नै सञ्चालन गर्ने

२०७४ पौष १२ बुधबार, काठमाडौं । शिक्षा ऐनमा भएको संशोधनअनुसार गठित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षा सञ्चालन गर्नुपर्नेमा विगतमा एसएलसी सञ्चालन गर्दै आएको परीक्षा नियन्त्रण कार्यालयले नै यस वर्षको एसईई परीक्षा सञ्चालन गर्ने भएको छ । संशोधित शिक्षा ऐनले कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह मानेकाले कानुनी रुपमा माध्यमिक तहको परीक्षा […]

संयुक्त हवाई सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको कडा चेतावनी

१९ मंसिर, प्योङयाङ। दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । यी दुई देशको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई सैन्य अभ्यास सोलमा सोमबारबाट सुरु भएको छ । यो अभ्यास पाँच दिनसम्म चल्ने पनि बताइएको छ । उत्तर कोरियाले सो सैन्य अभ्यासको […]

यी हुन् दुनियाँका सबैभन्दा खतरनाक तथा झूर सार्वजनिक यातायात भएका सहरहरु

तपार्इंलार्इ लाग्दो हो, विश्वमा सबैभन्दा झूर तथा खतरनाक सार्वजनिक यातायात भएको देश हाम्रो नेपाल नै हो । वर्सेनि दर्जनौँ मानिसको ज्यान जाने तथा अव्यवस्थित र लुट मच्चाउने सार्वजनिक सवारी साधनको व्यवस्था देख्दा काठमाडाैं नै विश्वमा सबैभन्दा खराब सार्वजनिक यातायात भएको सहर हो भन्ने हाम्रो ठम्याई हुन्छ । तर नआत्तिनुस् । विश्वमा हाम्रो देशमा भन्दा निकै […]

सेनाको पेटमा किरै किरा

भागेर दक्षिण कोरिया छिर्न सफल भएका उत्तर कोरियाली भगौडा सैनिकको पेटमा ठूलो संख्यामा किराहरु फेला परेपछि डाक्टरहरु हैरान भएका छन् ।   सोमबार सीमाक्षेत्रबाट भाग्दै दक्षिण कोरिया छिरेका ती घाइते सैनिकको अस्पतालमा उपचारको क्रममा उनको पेटभित्र अनौठा खालका परजिवीहरु ठूलो परिमाणमा फेला परेका हुन् । पेटमा भएका किराहरुका कारण ती सैनिकको जिउमा लागेका गोलीका घाउहरु […]

 

photo

NOC1-250x300