प्रदेश

भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने नेकपा सांसद पम्फा भुसालको माग

भाद्र २५, काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेकी छिन् । सत्तारुढ नेकपा प्रतिनिधिसभाकी प्रभावशाली सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दावी गर्दै सबै सीमा नाका बन्द गर्नुपर्ने तर्क गरेकी हुन् । बुधबार संघीय संसदको राज्यव्यवस्था तथा सुशासन […]

भारतपछि चीनमा पनि शक्तिशाली भूकम्प !

भदौ २२, २०७६ छेन्दु–चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् ।  घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।  स्थानीय समय अनुसार आइतबार बिहान ६.४२ […]

न्युरोडमा भीषण आगलागी

पोखरा, साउन २८पोखराको न्युरोडस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। मंगलबार साँझ साढे ४ बजेबाट पोखराको न्युरोडस्थित भाटभटेनी सुपरमार्केटको अगाडि रहेको नव दुर्गा फर्निचर उद्योगमा आगलागी भएको हो। सुरुमा फर्निचर उद्योगमा लागेको आगो अहिmले ४÷५ वटा पसलमा फैलिएको छ। आगो नियन्त्रणका लागि ४ वटा दमकलको प्रयोग भइरहेको छ भने स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो […]

बकर इद: प्रदेश २ मा भोलि सार्वजनिक बिदा !

साउन २६ । प्रदेश २ सरकारले इस्लाम धर्मालम्बीहरुको महान चार्ड इद–ऊल–अजाह (बकर इद) को अवसरमा भोलि (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् । साथै उनले शुभकामना सन्देश पनि दिएका छन् । ‘इस्लाम धर्मालम्बीहरुको महान चार्ड इद–ऊल–अजाह (बकर इद) को […]

संघीय सरकारविरुद्ध प्रदेश २ ले रिट हाल्यो, सारनाथ वन परियोजना प्रदेशको सम्पति भएको दाबी

साउन ,काठमाडौँ – संघीय सरकारविरुद्ध प्रदेश नम्बर २ सरकारले सर्वोच्चमा रिट हालेको छ । प्रदेशको अधिकार क्षेत्रमा रहेको सारनाथ वन परियोजना नेपाल वन लिमिटेड बनाउने संघीय सरकारको निर्णय मान्य नरहेको भन्दै प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संघीय सरकारविरुद्ध बिहीवार रिट दायर गरेको हो । कुनै पनि प्रदेशले संघीय सरकारलाई सर्वोच्च अदालतमा […]

जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प !

टोकियो / जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ । जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ ।

पोखरामा पहिलो पटक गोलीसहित ‘पेन गन’ बरामद

प्रहरीले एक युवकको साथबाट लागुऔषध सहित पेन गन  बरामद गरेको छ ।  कलमजस्तै देखिने बन्दुक र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित प्रहरीले ती यूवालाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका–२४ घर भई पोखरा–७ बस्ने सागर रानाभाटको साथबाट प्रहरीले पेनगन र लागुऔषध बरामद गरेको हो। लागुऔषधविरुद्ध निगरानी बढाएको प्रहरीले हातहतियारको कारोबार गर्ने पत्ता लागेपछि गत सोमबार […]

प्रदेश सरकारको आकस्मिक बैठक : मृतक परिवारलाई ३/३ लाख रुपैयाँ राहत घोषणा

अविरल वर्षापछि आएको बाढी र डुबानबाट ग्रस्त २ नम्बर प्रदेशका सबै जिल्लामा राहतका लागि प्रदेश सरकारले १०/१० लाख रुपैयाँ बजेट पठाउने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को शनिवार बसेको आकस्मिक बैठकले राहतका लागि बजेट पठाउने  निर्णय गरेको हो ।  प्रदेश सरकारको बजेटबाट आवश्यकताअनुसार त्रिपाल, खाना लगायत सामग्री खरिद गरेर उपलब्ध गराइने छ । प्रदेश […]

प्रहरीचौकीमै भयो आक्रमण; आठ प्रहरी मारिए !

 अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा आठ प्रहरी मारिएका छन् । यस आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन् । प्रान्तीय गभर्नर आह्ला रहमानले उक्त जानकारी दिनु भएको छ । शुक्रबार बिहान सबेरै कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा भएको आक्रमणमा परी आठ प्रहरीको मृत्यु हुनको […]

पोखरामा डाक्टरको गाडीबाट बालकको मृत्यू

कास्की, ७ असार । पोखराको मणिपाल अस्पतालका चिकित्सकले चलाएको गाडीबाट अस्पताल हाताभित्रै एक बालकको ज्यान गएको छ । चिकित्सक विश्वदीपक तिमिल्सिनाको गाडीले किच्दा ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको हो । तिमिल्सिनाले चलाएको ग ३ च ४३६ नम्बरको गाडीले बालकलाई किचेको थियो । अस्पतालमा रहेका आफन्त बिरामीलाई भेटेर फर्कने क्रममा रहेका कँडेलका पिताले उनलाई […]

 

photo

NOC1-250x300