पत्रपित्रका

निर्मला हत्या प्रकरण : तीनको डिएनए परीक्षणको तयारी

निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर खनुसन्धान थालेको हो ।  उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । त्यस्तै प्रहरीले शंका […]

मर्यादाक्रम नमिलेको भन्दै कार्यक्षेत्र जान मानेनन् शिक्षाका उपसचिव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सेवाका उपसचिवलाई नगरपालिकामा काम गर्न खटाए पनि मर्यादाक्रम नमिलेको भन्दै उनीहरु कार्यक्षेत्रमा जान मानेका छैनन् । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ । मन्त्रालयले गत असोज २९ गते १ सय ६६ जना उपसचिवलाई नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बनाएर पठाउने निर्णय गरेको थियो । तर नगरपालिकाको प्रशासकीय […]

२० वर्षे सवारीसाधन जोगाउन फेरि चलखेल, २५ वर्ष पु¥याउने तयारी

कात्तिक २८,काठमाडौं– सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयु २० वर्षबाट २५ वर्ष पु¥याउने तयारी गरेको छ ।  यो समाचार आजको कारोबार दैनिकमा छ । यातायात व्यवस्था विभागका प्राविधिकहरुले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयु २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा बढाउन लागिएको हो ।  सरकारले २०७३ देखि काठमाडौं उपत्यकामा र […]

अवैध सम्बन्ध ढाकछोप गर्न प्रेमीसँग मिलेर श्रीमानको हत्या !

विराटनगर / अवैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका–३ की ३० वर्षीया फुलमुनी हेमरमले आफ्नो प्रेमी २४ वर्षीय मदन मुर्मुसँग मिलेर ४५ वर्षीय श्रीमान सोहिम हेमरमको हत्या गरेको रहस्य खुलेको छ । प्रेमीसँगको सम्बन्धको श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिकाकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर […]

सरकारद्वारा नेपालको जलविद्युत उत्पादन क्षमतालाई कमजोर गरेको आरोप !

काठमाडौं / सरकाले नेपालको अधिकतम जलविद्युत उत्पादन क्षमतालाई कमजोर गर्नेगरी नीति ल्याएको जलविद्युत प्रवद्र्धक र ज्ञाताहरुले आरोप लगाएका छन् । नेपालमा उपलब्ध पानीलाई अधिकतम उपयोग गर्दा २ लाख मेगावाटसम्म उत्पादन गर्न सकिने भए पनि सरकारले ल्याएको नीतिले ५० हजार मेगावाटभन्दा कम मात्र उत्पादन हुने भन्दै उनीहरुले यसलाई सरकारको मूर्खतापूर्ण नीतिको संज्ञा दिएका छन् । आजको […]

प्रधानमन्त्री मातहत ल्याइएका तीनवटै विभाग अन्योलमा

कात्तिक २७,काठमाडौं : ओलीले आफु प्रधानमन्त्री भएको आठै दिनमा सरकारको कार्यविभाजन नियमावली संशोधन गरी राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभाग आफुमातहत ल्याएका थिए ।  उनी प्रधानमन्त्री भएको नौ महिना लागिसक्दा पनि कानुन् अन्योलमा परेका छन् ।  विद्यमान ऐनअनुसार राष्ट्रिय अनुसन्धान विभाग गृह र सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालय […]

कांग्रेसभन्दा कम्युनिष्ट खर्चालु

कात्तिक २७,काठमाडौं : सत्रै सामुहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्ट कांग्रेसभन्दा बढी भड्किला, महँगा र खर्चालु देखिएका छन् ।  कम्युनिष्टहरु कत्तिको तडकभडक छन् भन्ने कुरा दशैँ, तिाहार, छठ, नेपाल सम्वत्का अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाद्धारा आयोजित शुभकामना आदान—प्रदान एवं चियापान कार्यक्रममा भएको खर्चबाट नै प्रस्ट हुन्छ ।  हुन त उक्त पार्टीका कुनै नेता आफ्ना कार्यकर्ता […]

प्रहरीको सई मुछिएको ज्यान मुद्दा २२ लाखमा मिलापत्र

कात्तिक २७,काठमाडौं : प्रहरीले कर्तब्य ज्यानसम्बन्धी एउटा घटना मिलापत्रमा टुंग्याएको छ ।  कपिलबस्तुको तौलिहवास्थित घर भई तारकेश्वर नगरपालिकामा बस्ने एक व्यक्तिको मृत्युसम्बन्धी घटनामा प्रहरी अस्पतालमा कार्यरत सई सुरेन्द्र कार्की र पीडित परिवारबीच मिलापत्र गराइएको हो ।  कार्कीले पीडित परिवारलाई किस्ताबन्दीमा २२ लाख रुपैयाँ ‘दिने र दुबै रकम लिएपछि दुबै पक्षले मुद्दा मामिला नगर्ने’ मिलापत्रमा उल्लेख […]

नेविसंघको धम्कीले ७ सय विद्यालय बन्द

कात्तिक २७,काभ्रे : प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरसँग जोडेर कुकुर तिहारको दिन बधाई दिने नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउको विरोधमा दुई दिनदेखि जिल्लाका ६ सय ९० वटा विद्यालय बन्द छन् ।  ‘धम्कीपूर्ण भाषामा एसएमएस पठाउँदै फोनसमेत गरेपछि सुरक्षाका लागि विद्यालय बन्द गरेका हौँ, प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठले भने–‘विद्यालय बन्द गर्नु हाम्रो रहर होइन […]

सुजाता निवासमा देउवाको आलोचना !

कात्तिक २७, काठमाडौं : गुट उपगुटमा विभाजित नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा ईतरका नेताहरु एकजुट हुन थालेका छन् ।  सभापति देउवाले पार्टीलाई विधि र प्रक्रिया अनुसार सञ्चालन गर्न नसकेको भन्दै देउवा पक्ष इतरका नेताहरुले आलोचना गर्न थालेका छन् । विधि र प्रक्रियालाई वेवास्ता गर्दै सभापति देउवाले उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गरेको भन्दै कांग्रेस भित्र किचलो शुरु […]

 

photo

NOC1-250x300