देश

माओवादी केन्द्रका प्रदेशसभाको समानुपातिक सांसदकाे नामावली

  २०७४ पौष १४  काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभाअन्तर्गतका समानुपातिकतर्फको नामावली टुंगो लगाएको छ । शुक्रबार माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने गरी प्रदेशसभाअन्तर्गतका समानुपातिक सांसदको नामावली टुङ्यो लगाएको हो । माओवादीबाट प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्ने समेत छन् । तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य बनेकी भावना सुवेदी नेता झक्कु सुवेदीकी छोरी हुन् […]

आयल निगम जग्गा खरिदः दुई सयजना अनुसन्धानको घेरामा

काठमाडौं: नेपाल आयल निगम जग्गा खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सयजनालाई अनुसन्धानको घेरामा तानेको छ । अख्तियारले चार महिना लगाएर दुई सयजनालाई अनुसन्धानको दायरामा ल्याएको हो । ईन्धन भण्डारणका लागि जग्गा खरिदमा करोडौं रुपैयाँ घोटाला भएको सार्वजनिक भएपछि उसले छानविन प्रक्रिया अघि बढाएको थियो ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पुस १८ गतेदेखि राति यातायात बन्द गरिने

 काठमाडौं , पौष १३, २०७४ चितवन / नारायणगढ–मुग्लिन सडकखण्डमा यही पुस १८ गतेदेखि राति यातायात बन्द गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडक खण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो । काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न […]

यस वर्षको एसईई परीक्षा पनिकाले नै सञ्चालन गर्ने

२०७४ पौष १२ बुधबार, काठमाडौं । शिक्षा ऐनमा भएको संशोधनअनुसार गठित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षा सञ्चालन गर्नुपर्नेमा विगतमा एसएलसी सञ्चालन गर्दै आएको परीक्षा नियन्त्रण कार्यालयले नै यस वर्षको एसईई परीक्षा सञ्चालन गर्ने भएको छ । संशोधित शिक्षा ऐनले कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह मानेकाले कानुनी रुपमा माध्यमिक तहको परीक्षा […]

विश्वको कुनै पनि शक्तिले एमाले – माओवादी एकतामा बन्देज गर्न सक्दैन : माधव नेपाल

काठमाडौँ, पुस ११ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विश्वको कुनै पनि शक्तिले एमाले र माओवादीबीचको एकता नरोकिने दाबी गरेका छन् । संयुक्त वाम गठबन्धन काठमाडौँ क्षेत्र नम्बर २ ले थलीमा आयोजना गरेको कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले कसैको बहकाउ र भ्रममा नपर्न दुवै पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्दै एमाले माओवादी एकता नभाडिने दाबी […]

अध्यादेश विवादमा एमालेलाइ माओवादी नेताहरुकाे धारणा

पुस १०, २०७४ , राष्ट्रिय सभा गठन सम्बन्धि अध्यादेशको विवाद ‘लचक’ भएर समाधान गर्नुपर्ने भन्दै माओवादी केन्द्रले गठबन्धनको सहत्रायी दल एमालेमाथि दबाब बढाएको छ ।अध्यादेश रोकेर राख्दा राष्ट्रपति पनि अप्ठेरोमा पर्न थालेको र निर्वाचन परिणाम घोषणादेखि नयाँ सरकार गठन प्रक्रियामा समेत विलम्ब हुन थालेको उल्लेख गर्दै छिटो टुंग्याउनेतर्फ लाग्नुपर्ने माओवादीको धारणा छ । माओवादीले एकल संक्रमणीय प्रणालीमै जानुपर्ने कांग्रेसको […]

 प्रचण्डकाे आरोपः फोरमसँग सरकार बनाउने एमालेकाे असफल प्रयत्न

  पाेष ०८, नवलपुर,  कावासोतीस्थित कार्यकर्ता भेटघाटमा प्रचण्डले तेस्रो भएपनि माओवादी निर्णायक रहेको बताए । ‘जब एमाले ८० सिटतिर गयो र कांग्रेस २०/२१ सिटमा समेटिएपछि एमालेका केही नेता साथीहरुलाई के लाग्यो भने अब हाम्रो एक्लै बहुमत पुग्ने भयो’ एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तितर्फ संकेत गर्दै प्रचण्डले कसैको नाम नलिई भने, ‘यो पनि हामीलाई चाहिन्छ, त्यो […]

म्यादि प्रहरीले आफ्नो पुरा तलब माग्दा प्रहरीद्वारा नै मारिनुपर्यो ?

कालिकोट, पुष ८। हिजो दिउँसो  कालिकोटमा प्रहरी र म्यादि प्रहरीबीच झडप हुँदा १ जना म्यादि प्रहरीको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।  म्यादी  प्रहरीले पाउने तलब सुविधामा ३ हजार कटौति गरेको भन्दै म्यादि प्रहरी आन्दोलनमा उत्रिएपछि दुवै पक्ष बिच झडप हुँदा एक जनाको मृत्यु भएको हो । स्थिति तनावग्रस्त भएपछि नियन्त्रणमा लिन […]

देउवा सरकारको राजनीतिक नियुक्ति धरापमा, सबै  खारेज हुन्छ :एमाले महासचिव

  ७ पुस, काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता लागु गरेदेखि मतपरिणाम आइसक्दासम्म करिब एक दर्जनभन्दा बढी व्यक्तिलाई देउवा सरकारले राजनीतिक नियुक्ति दियो । तर, चुनावपछि एमालेको सरकार बन्ने अवस्था आएकाले कामचलाऊ सरकारबाट नियुक्ति खानेहरुको पद धरापमा पर्न लागेको छ । कामचलाउ सरकारले गरेका राजनीतिक नियुक्तिहरु नयाँ बन्ने सरकारले नमान्ने र सबै खारेज गर्ने चेतावनी एमाले […]

समानूपातिकतर्फ एमालेका भाग्यमानी र अभागी नेताहरु को-को ? 

पुस ७, २०७४   एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने तयारी गरेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश पुरुषले जितेका कारण एमालेले समानूपातिकतर्फ ठूलो संख्यामा महिलालाई सांसद बनाउँदैछ। एमालेले समानूपातिकतर्फ ४१ सिट जितेको छ। एमाले उच्च स्रोतका अनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८० सिट जितेकाले समानुपातिकतर्फ […]

ads