खेलकुद

धुर्मुस-सुन्तली फाउण्डेसले बनाउदैछ यस्ताे अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

    माघ १७, काठमाडौँ । धुर्मुस-सुन्तली फाउण्डेसले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।बुधबार शहीद दिवसको अवसर पारेर राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उक्त रंगशाला निर्माण गर्ने घोषणा गरिएको हो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भरतपुर महानगरपालिका–१५ मा रहेको […]

नेपोली एसीमिलनासँग पराजित

कोपा इटालिया कपमा नेपोली एसीमिलनासँग २-० गोलले पराजित भएको छ । यो जितसँगै एसी मिलान कोपा इटालिया कपको सेमिफाइनलमा पुगेको छ । एसी मिलानको जितमा पियाटिकले दुई गोल गरे । उनले खेलको ११ औँ र २७ औँ मिनेटमा गोल गरेका थिए ।  सेमिफाइनलमा अब एसी मिलानले इन्टर मिलान वा लाजियोसँग खेल्नेछ ।

आज हुने प्रिमियर लिगका खेलहरु

आज राति प्रिमियर लिगमा ६ वटा खेलहरु हुँदैछन् । आज हुने विशेष खेलमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीसँग आमने सामने गर्दैछ । पछिल्ला ६ खेलमा २८ गोल गरेको म्यानचेस्टर सिटीलाई न्युक्यासलले रोक्न सक्ला त ? यो प्रश्न हरेक समिक्षकहरुको रहेको छ । यस सिजन रेलिगेशनबाट बच्न न्युक्यासल हरसम्भव प्रयास गरिरहेको छ । त्यस्तै अर्को खेलमा म्यानचेस्टर […]

युएई एकदिवसीय क्रिकेटः नेपालको उत्कृष्ठ पुनरागमन, युएई ९७ रनमा अलआउट

  माघ १२, काठमाडौं । युएई एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले शानदार जित हासिल गरेको छ । यस अघिको पहिलो खेलमा युएईसँग पराजित नेपालले आज उत्कृष्ट प्रर्दशन गर्यो । पहिलो खेलमा नेपाललाई सहजै पराजित गरेको युएई एकदिवशीय क्रिकेट श्रृंखलाको दोश्रो खेलमा चम्कन सकेन छ । आजको खेलमा नेपाल बलिङ र फिल्डिङ दुवैमा उत्कृष्ट रह्यो । आज भएको […]

नेपाली राष्ट्रिय क्रिकेट टोली आज अपरान्ह युएई प्रस्थान गर्दै

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) संगको एकदिवसीय र टी- ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) त्यसतर्फ प्रस्थान गर्दैछ।   नेपाली टोली आज अपरान्ह ४:३० फ्लाई दुबई विमानबाट युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदसीय नेपाली टोली त्यसतर्फ जाने छ ।   युएईसंगको खेलका लागि चार युवा खेलाडीले सिनियर […]

फुलहमविरुद्ध टोटनहमको सानदार कमव्याक

यस सिजन टोटनहमले सानदर खेल प्रदर्शन गरिरहेको छ । गएराति भएको खेलमा टोटनहमले फुलहमलाई २-१ गोलले पराजित गरेको छ । अन्तिम मिनेटमा विलिंक्सले गोल गर्दा टोटनहमले नाटकिय जित हात पार्न सफल भएको हो । खेलको १७ औ मिनेटमा फर्नानण्डो लोरेन्टोले आत्मघाती गोल गर्दा फुलहमले अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा टोटनहमले सानदार कमव्याक गरेको […]

पिएसजीले गुइङयाम्पविरुद्ध गोलको वर्षात् गर्यो, एमबाप्पे र काभानीले गरे ह्याट्रिक

फ्रेन्च लिग वानमा पिएसजीले गुइङयाम्पविरुद्ध गोलको वर्षात् गरेको छ । गुइङयाम्पसँग फ्रेन्च कपमा पराजित हुँदै नकआउट भएको पिएसजीले फ्रेच्न लिग वानमा भने नमिठो बदला लिएको हो । गुइङयाम्पविरुद्ध पिएसजीले ९-० गोलको जित हात पारेको हो । पिएसजीका लागि काइलियन एमबाप्पे र इडिसन काभानीले ह्याट्रिक गरेका थिए । नेयमारले दुई गोल गरे । थोमस मुनियरले एक […]

थाइल्याण्डद्वारा नेपालसामु १२२ रनको लक्ष्य !

काठमाडौं । नथाकन छङथमको अबिजित ६९ तथा नरुमल थाइवाइको २७ रनमा आयोजक  थाइल्याण्डले वुमन ट्वान्टी–२० स्म्यासको फाइनलमा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित ओभरमा १ विकेटको क्षतिमा १२१ रन बनाएको हो ।  थाइल्याण्ड क्रिकेट एशोसिसनको मैदानमा ओपनर छङथमले सर्वाधिक ४ चौकाको मद्तमा ६९ रन बनाउँदा […]

इन्डाेनेसियालाई हराउँदै नेपाली क्रिकेट टोली फाइनलमा

काठमाडौं , माघ ४ : थाइल्यान्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा अपराजित रहेकाे नेपाली महिला टोली शुक्रबार इन्डाेनेसियालाई फराकिलो रन अन्तरले हराउँदै फाइनल प्रवेश गरेको छ। इन्डोनेसियाविरुद्ध ९२ रनको कीर्तिमानी विजय हात पार्दै नेपाली महिला टोलीले फाइनलमा स्थान निश्चित गरेको हो। अन्तर्राष्ट्रिय टी–२० प्रतियोगितामा नेपाली महिला टोलीले पाएको यो सबैभन्दा ठूलो रन अन्तरको सफलता […]

घरेलु टोली थाइल्यान्डलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं , माघ २ : थाइल्यान्डमा जारी महिला टी-२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा लगातार चार खेल जितेर समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली थाइल्यान्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो। थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले […]

 

photo

NOC1-250x300