खेलकुद

भैरहवाको दोस्रो जित: चितवनको लगातार तेस्रो हार, दोस्रो चरणको यात्रा कठिन

  इपीएल  मंसिर २५, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडिएटर्सले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई १२ रनले हराउँदै शरद भेषावकरको भैरहवा ग्लाडिएटर्सले दोस्रो जित हात पारेको हो । चितवनको भने यो लगातार तेस्रो हार हो । साविकको उपविजेता समेत रहेको भैरहवाले […]

मनाङ पच्छ्याउँदै थ्रीस्टार : दुई क्लब अझै जीतका लागि सङ्घर्षरत

    काठमाडौँ, मंसिर २१ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत छैटौँ चरणका खेल सकिँदासम्म दईवटा क्लब अझै पहिलो जितका लागि सङ्घर्षरत छन् । ६ खेल खेलिसकेका मछिन्द्र क्लब र न्यूरोड टिम ९एनआरटी० अझै जितका लागि सङ्घर्ष गरिरहेका छन् । तर, रेलिगेशनबिनाको लिग हुनाले उनीहरूलाई केही राहत भने मिलेको छ । छैटौं चरणका […]

बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश, इन्टर मिलान टोटनहमसँग पराजित

गएराति भएको च्याम्पियन्स लिगमा बार्सिलोनाले पीएसभी आइनहोभेनलाई २-१ गोलले पराजित गरेको छ ।यो जितसँगै बार्सिलोना समूह बीको विजेता बनेको हो । खेलको ६१ अौं मिनेटमा बार्सिलोनाको लागि कप्तान लियोनल मेसीले गोल गरे । ओस्माने डेम्बेलेको पासमा पीएसभीका डिफेन्डहरूबीच रहेका मेसीले उत्कृष्ट गोल गरेर टोलिलाइ अग्रता दिलाए । त्यस्तै ७० अौं मिनेटमा पाएको फ्रिकिकलाई मेसीले प्रहार […]

च्याम्पियन्स लिग : रोमामाथि रियाल मड्रिडको जीत, दुवै टोली नकआउट चरणमा

एजेन्सी । गारेथ बेलको गोलबाट मंगलबार राति एएस रोमामाथि जीतको कथा रचिएपछि रियाल मड्रिडले च्याम्पियन्स लिग समूह ‘जी’को शीर्ष स्थानमा पकड बलियो बनाएको छ । रोमाका रक्षक फेडेरिको फाजियोको रक्षात्मक गल्तीमा फाइदा उठाउँदै बेलले दोस्रो हाफको दोस्रो मिनेटमा भ्रमणकारी रियाललाई अग्रता दिलाएका थिए । ५९औं मिनेटमा स्पेनिस विंगर लुकास भाज्क्वेजले अग्रता दोब्बर पार्दै रियालको जीत […]

सहिद स्मारक ‘ए’ डिभिजन लिग: कमजोर एपीएफमाथि सानदार जित निकाल्ने दाउमा मनाङ

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज विशेष दुर्इ खेल हुदैछन् । पहिलो खेलमा ब्रिगेड ब्वाईज युथ क्लब र सरस्वती युथ क्लबबीच आमने सामने हुँदैछ । दोस्रो विशेष खेलमा विभागीय टिम एपीएफले सिग्नेचर मनाङ मस्र्याङ्दीसँग प्रतिस्पर्धा गर्दैछ । मनाङका लागि एफीएफविरुद्धको खेल महत्वपुर्ण रहेको छ । अंक तालिकाको शिर्ष स्थानमा उक्लन पनि मनाङले यो खेल […]

बार्सिलोनाले अबको ३ वर्षसम्म लिभरपुलका खेलाडी नकिन्ने !

बार्सिलोनाले सन् २०२१ सम्म लिभरपुलका खेलाडीहरु किन्न नपाउने रहस्य बाहिर आएको छ । गएको जनवरीमा लिभरपुलले बार्सिलोनालाई फिलिपिन्हो कोउटिन्हो १४२ मिलियन पाउण्डमा बेचेको थियो । उक्त सम्झौतामा तीन वर्षसम्म लिभरपुकाल खेलाडी बार्सिलोनाले किन्न नपाउने सहमति पनि भएको मिडिया रिपोर्टमा उल्लेख छ । बार्सिलोनाले उक्त बुँदा मानेपछि मात्रै लिभरपुलले कोउटिन्हो बेच्ने मानेको बताइएको छ । लिभरपुलका […]

टि-१० लिगमा सन्दिपको उत्कृष्ट प्रदर्शन , बने म्यान अफ द म्याच

काठमाडौं, मंसिर ५ : नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा केरला किङसले युएईमा जारी टी-१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा साविकको विजेतासमेत रहेको केरलाले साहिद अफ्रिदिको पख्तुनलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । सारजाहमा पख्तुनले दिएको ११० रनको लक्ष्य केरलाले ७.५ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। […]

पिएसजी क्लबलाई ठुलै झट्का, स्टार खेलाडीहरु नेयमार र एमबाप्पे घाइते

गएराति भएका अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलहरुमा आफ्ना महत्वपुर्ण खेलाडीहरु घाइते भएपछि पिएसजी क्लबलाई ठुलै झट्का लागेको छ । पीएसजीका स्ट्राइकरहरु नेयमार र किलियन एम्बाप्पे घाइते भएका छन् । मैत्रीपुर्ण खेल खेल्ने क्रममा उनीहरु घाइते भएका हुन् । क्यामारुनविरुद्धको खेलमा नेयमार घाइते भए भने, उरुग्वेविरुद्धको खेलमा एमबाप्पे घाइते भएका हुन् । नेयमार खेलको आठ औं मिनेटमा नै […]

प्रशिक्षक पेप गुवार्डीवालालाई जब यस्तो आरोप लाग्यो

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुवार्डीवालालाई एउटा अजबगजबको आरोप लागेको छ । जर्मन क्लब बार्यन तथा राष्ट्रिय टोलीको खेल खस्किएको छ । यसो हुनुमा उनी दोषी रहेको जर्मर्नी राष्ट्रिय टिमका पूर्व खेलाडी हान्स पिटर ब्रिगेलले पेपलाई दोष दिएका छन् । ग्वार्डिवलाले सन् २०१३ देखि २०१६ सम्म जर्मन क्लब बार्यन सम्हालेका थिए । जर्मर्नीको टिमको प्रदर्शन राम्रो […]

‘ए’ डिभिजन लिग : दुई ललितपुरे क्लबबीच भीडन्त

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ः३० बजे शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो भने मच्छिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी […]

 

photo

NOC1-250x300