कला/ साहित्य

जमुनाको ‘कैली’ सार्वजनिक

काठमाडौँ, पुस १४। साहित्यकार जमुना न्यौपानेको उपान्यास ‘कैली’ सार्वजनिक भएको छ । बुलबुल प्रकाशनद्वारा प्रकाशित १७४ पृष्ठको सो उपन्यास कलाकार निर शाहले आज यहाँ आयोजित कार्यक्रममा विमोचन गरेका हुन् । महिला प्रधान सो उपन्यासमा समाजमा महिलाले भोग्नुपरेका पीडा र समाजबाट उनीहरूप्रति हुने व्यवहारबारे चर्चा गरिएको छ । उपन्यासको मूल्य रु २४० छ । कलाकार शाहले नारीलाई […]

गायत्री मन्त्र र यसभित्र लुकेको अर्थ

बिहिबार, पौष १३, २०७४       गायत्री मन्त्र र यसभित्र लुकेको अर्थ  

प्रचण्डकी नातिनी स्मिताले गाएको गित युएईमा सुटिङ ( हेर्नुस भिडियो )

            काठमाडौँ । युवा चर्चित गायक नवीन खडका र गायिका स्मिता दाहाल स्वरमा ‘नेपालको पानी जनताको लगानि’ नामक गित सार्बजनिक भएको छ । गायिका स्मिता दाहाल पुर्बप्रधानमन्त्री क. प्रचण्ड की नातिनि पनि हुन । युएईको दुबईमा छायाङकन गरिएको” नेपालको पानी जनताको लगानी “बोलको गीत गायक खड्काको लय,शब्दमा रहेको छ । एक […]

आठ हजार विद्यार्थी  त्रिविबाट दीक्षित  हुने !

   पौष ६,काठमाडौं, त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी दीक्षान्त हुने भएका छन्। समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए। समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, केन्द्रीय […]

मुक्तक – मौसम अर्याल ।

      मुक्तक १   पिरतीको गारो बाटोमा हिन्न सकिन । को आफनो को पराइ चिन्न सकिन । मर्दको छोरो म सन्सार जितन सक्थे, तर.. महङ्गो रैछ तिम्रो, माया किन्न सकिन ।   मुक्तक २   तिमि बधु अनि म वर हुने कहिले ? हामी दुई एक-अर्काको भर हुने कहिले ? कार्तिक लाग्यो हेर […]

माघ ११ देखि क्यान ईन्फोटेक हुने

  २०७४ मङ्सिर २८ बिहिबार, काठमाडौ । क्यान महासंघको आयोजनामा यही माघ ११ गतेदेखि “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला”  आयोजना हुने भएको छ ।मेला माघ ११ गतेदेखि १६ गतेसम्म काठमाडौं भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ । ६ दिनसम्म सञ्चालन हुने यस मेलामा विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ […]

समयसँगै

बेलाको बोली (मुक्तक)   ऋषि बस्ताकोटी हेर्दाहेर्दै दुनियाँमा समयसँगै वातावरण फेरिन्छ, कसैको कहिरन फेरिन्छ, कसैको पहिरन फेरिन्छ, मान्छे उही सोचेर मात्रै कहाँ हुँदो रहेछ र सधैभरी- कसैको बाटो फेरिन्छ त कसैको समीकरण फेरिन्छ ।

अच्युत कोइरालाद्वारा अनुवादित चर्चित जेनकथा

आश्रमको नियम बडो कठोर थियो । पूर्णतः मौन पालना गर्नु जरुरी थियो । त्यहाँका प्रमुख गुरु मात्र बोल्न पाउँथे । उनी पनि लगभग नबोल्नेमै पर्थे । त्यहाँ एकजना शिष्यले वर्षमा एक पटक दुई वटा मात्र शब्द बोल्ने अनुमति पाउँथ्यो । १० वर्षदेखि बसिरहेका एकसाधुलाई आचार्यले बोलाए र भने, “आज बोल्ने तिम्रो पालो । केवल दुई […]

सुरज सुवेदीकाे “फलैँचा” कथा

“यो धागो समातेर तिमी परसम्म जानु,” उसले भनी । “कति परसम्म ?” मैले सोधेँ । “जबसम्म यो सकिँदैन,” उसले जवाफ दिई । “म त यसको अन्त्य नजिकै देखिरहेको छु,” मैले संवाद अफ्ट्यारो बनाउन खोजेँ । वार्तालाप चलिरह्यो । “गइरहनू, फर्किएर नहेर्नू ।” “पाइला अडिए भने ?” “त्यसको जिम्मा आफैंले लिनुपर्छ ।” मलाई त्यो जवाफ सुन्न मन थिएन । हुन सक्छ उसलाई त्यो प्रश्न । तर, हामी दुवैले सुन्यौं । उसले हातमा खै के ल्याएकी रहिछे– मलाई थमाइदिई । हिँड्ने बेला उसैले भनेको मान्ने भएर मैलेफर्किएर हेरिनँ । मैले त्यो के हो भनेर पनि खोलिनँ । नाकनजिकै लगेर बास्ना भने लिन खोजेँ तर केको हो, चिन्न सकिनँ । त्यसमा उसको पर्फ्युम पक्का पनि थिएन । अरु बेला गिफ्ट दिँदा पर्फ्युम छर्किएरमात्र दिन्थी । त्यो कुनै हलुका सामान थियो । हल्लाउँदा आवाज निकालेर हल्लिन्थ्यो । म गइरहेको उसले हेरी कि हेरिन- थाहा पाइन । ऊ उभिइरहेको मैले हेर्न सकिनँ । त्यसैले फर्किइनँ । फर्किएपछि बाटो गह्रौं हुन्छ । किन फर्किइनँ भन्नेसोच्दामात्र पनि गह्रौं हुन्छ । ० ० ० म हिँडिरहेँ । सेटिङबारे भन्न सक्दिनँ । मैले खासमा मसिनो बाटोबाहेक केही देखिरहेको छैन । हातमा समातेको डोरी भने महसुस गरिरहेको छु । बाटो लामोहुँदै गर्दा डोरी पनि गह्रौ हुँदै गएको छ । घिस्रिएको आवाज थोरै आइरहेछ । बाटोमा केही थान मान्छेहरू भेटिएका थिए । उनीहरूले मलाई देखे, मैले उनीहरूलाई । बोलचाल गरेनौं । एउटै बस कुरिरहेका मान्छेहरू बस स्टेसनमा सँगैउभिएर पनि नबोलेजस्तो । वा एउटै सिटमा बसेकाहरू । वा परीक्षामा एउटै बेन्चमा परेकाहरू । बोल्ने मान्छेहरूभन्दा कति धेरै छन् नबोल्ने मान्छेहरू !मलाई कसैसँग बोल्न मन थिएन । कोही परिचित भयो भने अपरिचित हुनुको मजा रहन्न । “भाइ उतै जाँदै हो ?” आफूले बोलाउँदिन भनेर पनि नहुने । मुख बन्द गर्न सकिएला तर कान बन्द गर्न सकिन्न । कसैले मतिर फर्किएर सोध्यो । उतै भनेको कता ? मैले भेउ पाउन सकिनँ । सोध्न पनि मन लागेन । मैले सोध्नुको अर्थ ऊसँग परिचयको सम्भावना बढ्नु हुन्थ्यो । म परिचय दिन र गर्नदुइटै मन नपराउने मान्छे । म नबोलेको देखेर उसले फेरि सोध्न खोज्यो । मलाई प्रश्नमा प्रश्न थपिन खोजेको मन परेन । हतपत जवाफ दिँए¸ “हो हो ।” “कहाँ जान लाग्नुभएको ?” उसले फेरि सोध्यो । मैले जुन कुरा टार्न खोजेको थिएँ, त्यो अझै कठिन बनेर मेरो नजिक तेर्सियो । उसले पहिला ‘त्यतै ?’भन्यो अनि मैले ‘हो’ भनेपछि ‘कता ?’ भन्यो । “तेतै भन्नुभा हैन अगि ?” म झर्किन खोजेँ । “नरिसाउनुस् न । मैले त बाटोको गन्तव्यतिर पो देखाउन खोजेको । तपाईँ पनि म जाने बाटो नै जान खोज्नुभएको हो जस्तो लागेर सोधेको पो त ।” मझर्किएको देखेर थोरै हच्किए पनि ऊ चुप लागेन । यसो भन्दै गर्दा उसले टाउको कन्याउन टोपी झिक्यो । मैले देखेँ- उसको कपाल पातलो थियो । तालुलगभग खाली हुन लागिसकेको । उसको अनुहार कहीँ कसैसँग मिलेजस्तो लागेन । मान्छे चिन्न पनि कोही जस्तो लाग्नुपर्ने रहेछ । झुस्स दाह्री एकदमै नसुहाएको थियो उसलाई । तालुछोडेर कपाल गालामा आइपुगेको जस्तो लाग्थ्यो । आँखा वरपर मसिना धर्साहरू कोरिएका थिए । “मलाई तपाईँ कता जान लागेको भन्ने थाहै छैन । म कसरी जवाफ दिऊँ तपाईँको प्रश्नको ?” मलाई ऊभन्दा पर गएर बस्न मन भयो । त्यसैले यसो भन्दैअलिक पर सरेँ । ऊ म भएतिर आउन खोजेन । बरु परैबाट ठूलो-ठूलो स्वरमा कराएर गफ गर्न थाल्यो । ऊ कराएको सुनेर अरू मानिसहरूले ऊतिर हेरे अनि मतिर । उसको जवाफ फर्काउन मैले पनि ठूलो बोल्नु पर्‍यो । ऊ सुन्दैनथ्यो एकपटकमा । फेरिदोहोर्‍याउनुपर्ने । एकछिन बोल्दा नै मुख गलिहाल्यो । टाढा गएर पनि उसले नछोडेपछि म फेरि नजिक फर्किएँ । “आउनु त यतै पर्‍यो,” ऊ विजेताजस्तो भएर हाँस्यो । उसका आँखा धमिला थिए, बोली भने कडा । मैले नियालेँ उसलाई । कानको छेउमा सानो खत थियो । त्यसलाई ऊ बेलाबेला कन्याउँथ्यो । तर, धेरै बेर भनेनियालिनँ । उसले ‘मलाई निकै बेर हेर्नुभयो त’ भन्ला भनेर डर लाग्यो । बरु ऊतिर हेर्नु नपरोस् भनेर कालो चस्मा झिकेर लगाएँ । सिसा मैलिएको रहेछ ।पछिल्लोपल्ट कहिले लगाएको थिएँ भन्ने पनि याद थिएन । झिकेर सिसा पुछेँ । “सिसा त जोडले पुछ्नुभयो,” ऊ फेरि छेउमा आयो । “मैलो भएछ अनि,” मैले मसिनो स्वरमा भनेँ । “म पनि मद्दत गरिदिऊँ कि ?” “पर्दैन ।” उसले कोटको टाँक खोल्यो । भित्री गोजीबाट एउटा चस्मा निकाल्यो । र, भन्यो, “त्यो पुछ्ने एकपल्ट मलाई पनि पास गर्नु है त ।” मैले नाइँ भन्नै नपाई उसले पुछ्ने तानिसकेको थियो । “कालो चस्माले यथार्थ छेलिन्छ हो?” चस्मा पुछ्दै ऊ नै बोल्यो । मलाई यथार्थ छेलिनु र नछेलिनुसँग मतलब थिएन । त्यसैले जवाफ नदिई चुप बसेँ । […]

 

photo

NOC1-250x300