अर्थ

उत्पादनशील क्षेत्रमा जोड दिनुपर्छ : अर्थमन्त्री महर

 काठमाडौं माघ ८, पछिल्लो ५ महीनाको विवरणअनुसार बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह अनुत्पादक क्षेत्रमा बढी भएपछि अर्थमन्त्री कृष्णबहादुर महराले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । कृषि विकास बैङ्कको स्वर्ण जयन्तीको अवसरमा शुक्रवार मन्त्री महराले शहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्नेमा जोड दिएका हुन् । उनले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने […]

घाटा भयो भन्दै प्राधिकरणबाट फेरि विद्युत् महसुल वृद्धिको प्रस्ताव

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले घाटा बढ्दै गएको भन्दै पुनः विद्युत् महसुल वृद्धिको प्रस्ताव गरेको छ । ६ महिनाअघि महसुल बढाइए पनि अझै घाटा भइरहेको भन्दै महसुल बढाउन प्राधिकरणले विद्युत् महसुल निर्धारण आयोगसमक्ष प्रस्ताव गरेको खबर आजको कारोबारमा छ । गत असारमा आयोगले २० प्रतिशत महसुल वृद्धि गरेको थियो । प्राधिकरणको आर्थिक विश्लेषण विभागले तयार […]

एक अर्बभन्दा बढी रेमिट्यान्स भित्रियाे

१९ भदौ, म्याग्दी । म्याग्दीेका बैंक तथा वित्तीय संस्थाका शाखाले एक अर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भुक्तानी गरेका छन् । विसं २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा शाखाले एक अर्ब सात करोड ६५ लाख ५० हजार रुपैयाँ रेमिट्यान्स भुक्तानी गरेका नेपाल राष्ट्र बैङ्कको पोखरा क्षेत्रीय कार्यालयले जनाएको छ । कार्यालयका सहनिर्देशक रितुनाथ लम्सालले म्याग्दीका १४ बैंक तथा वित्तीय […]

पुन:निमनर्णकाे लागि वेलायतले १० अर्ब १० करोड अनुदान सहयोग गर्ने

१७ भदाै, काठमाडौँ । वेलायत सरकारले नेपाललार्इ पुन:निमनर्णकाे लागि १० अर्ब १० करोड अनुदान सहयोग गर्ने भएकाे छ ।  भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाललाई बेलायत सरकारले १० अर्ब १० करोड अनुदान सहयोग उपलब्ध गराउने भएकोे छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका प्रमुख वैकुण्ठ अर्याल र अन्तर्राष्ट्रिय सहयोग विकास विभाग नेपालका प्रमुख गेयल मर्जेट्टीले […]

मन्त्रालयले सामुदायिक वन आर्थिक निर्देशिका बनाउने

१७ भदाै, काठमाडौ । वन तथा भू–संरक्षण मन्त्रालयले ‘सामुदायिक वन आर्थिक निर्देशिका बनाउने भएकाे छ । वन तथा भू–संरक्षण मन्त्रालयले ‘सामुदायिक वन आर्थिक निर्देशिका बनाउने तयारी गरेको हाे । सरकारले सामुदायिक वनको खर्च व्यवस्थित र आम्दानी पारदर्शी गर्न निर्देशिका बनाउने तयारी गरिएकाे जानार्इएकाे छ । वन विभागले सामुदायिक वन उपभोक्ता समूहले खर्च कसरी गर्छ भन्ने विषयमा आँकडा […]

विदेशबाटै बढी पेन्सन बुझ्छन नेपाली

१६ भदौ, काठमाडौं । सेवा निवृत्त कर्मचारीले सरकारबाट भन्दा विदेशबाटै बढी पेन्सन बुझ्ने गरेको पाइएको छ । सरकारले गत आर्थिक वर्षमा सेवा निवृत्त कर्मचारी पेन्सनका लागि ४१ अर्ब ६ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।  यो रकम बढी भयो र राज्यले थेग्न सक्दैन भन्ने बहस चलिरहेको बेलामा विदेशमा सरकारी सेवाबाट निवृत्त भएका नेपालीले वर्षमा […]

सुनको भाउ घट्याे

१५ भदाै, काठमाडौँ । बुधवार सुनको भाउ सामान्य घटेको छ । बुधवार सुनप्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ । यसअघि मंगलवार सुन प्रतितोला ५८ हजार ७ सयमा कारोवार भएको थियो । बुधवार तेजावी सुनप्रति तोला ५८ हजार १ सय ५० रुपैयाँमा कारोवार भएको छ । डलरको भाउमा आएको उत्तारचढावको कारण बजारमा सुनको […]

टेलिकमले बुवाको मुख हेर्ने दिनवाट डाटा प्याक अपर दिदै

१५ भदाै, काठमाडौं  । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनवाट डाटा प्याक अपर  दिने भएकाे छ । बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै शुभ–बिहानी–सन्ध्या डाटा प्याक अपर दिने भएकाे हाे । कम्पनीले जीएसएम प्रीपेड मोबाइल प्रयोगकर्ताहरुका लागि यो अफर दिएकाे कम्पनीले जनाएकाे छ । यो अफर  बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग […]

व्यापारीले सरी लुट्छन् सुन

१४ भदाै झापा । गहना मैलोधैलो भएको छ ? चिन्ता नलिनुस्, घरघरै सफा गरिदने समूह डुल्दै छन् । टलक्क टल्कने सफा गहना लगाउन चाहनाले यस्ता व्यक्तिलाई गहना सुम्पेर ढुक्क चाहिँ नहुनुस् किनकि तपाईं तिनिहरुबाट लुटिन सक्नुहुन्छ।  सफा गरिदिने बहानामा गाउँ–गाउँ चहार्ने समूहले रसायन प्रयोग गरेर सुन लुटिरहेको पाइएको छ। पुराना गहना पनि एकैछिनमा टल्काइदिने भन्दै […]

घर वनाउनलाई दिने भनिएको पहिलो किस्ताकाे रकम सरकारले धमाधम वितरण गर्दै

१२ , काठमाडौं । सरकारले एकै दिन २७ हजार भूकम्प प्रभावितलाई सरकारले निजी घर वनाउनलाई दिने भनिएको पहिलो किस्ताको रकम वितरण गरेको छ । सरकारले दिने भनेको अनुदान स सम्झौता भए पनि अनुदान नपाएको भन्दै भूकम्प प्रभावितले गुनासो गरिरहेको वेला शुक्रवार सरकारले २७ हजार प्रभावितलाई ठुलो संख्यामा पहिलो किस्ताको रकम वितरण गरेको हो । भूकम्पबाट […]

 

photo

NOC1-250x300