अर्थ

अबदेखि कति तिर्नुपर्ने भो आम्दानी कर ? हेर्नुस्

 सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि आयकरको दर निर्धारण गरिसकेको छ। निर्धारण भएको कर साउन १ गतेबाट मात्रै लागू हुनेछ। आर्थिक विधेक २०७६ मा व्यवस्था गरिएको आयकरका दर अविवाहितको हकमा (वार्षिक) लाग्ने आयकरः ४ लाख रुपैयाँसम्म १ प्रतिशतको दरमा ४ हजार रुपैयाँसम्म ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको हकमा १० प्रतिशतको दरमा थप १ लाखको १० […]

एक अर्बको माछा बाढीले बगायो

पाँच दिनसम्म परेको वर्षाका कारण बाराको ६० प्रतिशत माछा पोखरीमा ठूलो क्षति पुगेको छ । जिल्लाको बकैया र पसाहा खोलाको पानी बस्तीमा पस्दा माछा पालन गरिएको पोखरीका झन्डै चार हजार मेट्रिक टन माछा बगाएर लगेको नेपाल ज्युँदो मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष एवं मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए । माछाको पकेट […]

आज घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस् …

आज (आइतबार) सुनको भाउ स्थिर रहेको छ।  आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो।  त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।  आज […]

एक्कासी सुनको मूल्यमा यत्रो बृद्धी !

आज सुनसँगै चाँदीको मूल्यमा पनि बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी जानकारीले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा ६३ हजार रुपैयाँमा बिक्री बितरण भई रहेको छापावाला सुनको मूूल्य तोलामा एक हजार बृद्धी भई आज प्रतितोला ६४ हजार मा कारोबार भईरहेको संघले जनाएको छ । त्यसैगरी आज तेजाबी सुनको मुल्य प्रतितोला ६३ हजार सात सय […]

  बजेटमा खतिवडाले अर्थशास्त्रीय ज्ञान प्रयोग गर्नुभयो : रामेश्वर खनाल

रामेश्वर खनाल    बजेटमा प्रस्ताव गरिएको राजस्व,खर्च तथा ऋणले अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पार्छ। बजेट विस्तारकारी भयो भने मूल्यवृद्धिमा चाप पार्ने, कर्जा संकुचन भएर जाने, लगानीको स्पेस खुम्चिने हुन्छ।त्यो सन्दर्भमा हेर्दा पहिले चलेको हल्लाको तुलनामा बजेट सन्तुलित आएको छ। चालू वर्षको संशोधित अनुमानको तुलनामा आगामी वर्षको प्रस्ताव २६ प्रतिशतमात्र बढी हो। यस्तो अरु वर्षमा पनि हुने […]

ट्याक्सीको मिटर भाडा समायोजन, नयाँ भाडा कति ?

काठमाडौँ, ८ जेठ । नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । […]

समाजकल्याण परिषदद्वारा भृकुटीमण्डप र टुकुचा तरकारी बजारको करार सम्झौता भङ्ग

  २०७६ वैशाख १७,काठमाडौं । समाज कल्याण परिषदले काठमाडौं फनपार्क र टुकुचा तरकारी बजारसँगको जग्गा भाडा सम्झौता एकतर्फी रुपमा खारेज गरेको छ । प्रदर्शनीमार्गमा रहेको आफ्नो साढे ८३ रोपनी जग्गाको भाडा करार सम्झौता खारेज गरिएको परिषदका प्रवक्ता शिवकुमार बस्नेतले जानकारी दिए । समाज कल्याण परिषदको स्वामित्वमा रहेको सो जग्गा काठमाडौं फनपार्क प्रा.लि. ल्यामपुचः र हरितकृषि […]

सरकारी कर्मचारीकै मिलेमतोमा असुली भएन क्यासिनोको बक्यौता

काठमाडौं, वैशाख ९ विद्यमान ऐनलाई समेत बेवास्ता गर्दै आफूखुसी देशका विभिन्न स्थानमा सञ्चालन भइरहेका अधिकांश जुवा घर (क्यासिनो)ले हालसम्म कुनै पनि राजस्व र बक्यौता रकम समेत भुक्तानी नगरी बसेका छन् । सम्बन्धित सरकारी निकायबाट सो बक्यौता रकम असुलउपर गर्नुपर्नेमा सो नगरी उल्टो गैरकानुनी रुपबाट सञ्चालनमा रहेका क्यासिनो मालिकसँगकै मिलेमतोमा अर्बौँ रुपैयाँ सरकारले गुमाउनुपरेको छ । सम्बन्धित सरकारी […]

५ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्रि गदै राष्ट्र बैंक

१ बैशाख,काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्रि गर्न लागेको छ ।  केन्द्रीय बैंकले सोमबार २ भिन्न किसिमका ५ अर्ब २५ करोडको बिल जारी गर्न लागेको हो । ट्रेजरीको बोलकबुल सोमबार दिउँसो ३ बजेसम्म रहने छ ।  ९१ दिनका लागि जारी हुन लागेको ३ अर्बको बिल २०७६ असार ३१ गते परिपक्क […]

नयाँ वर्षमा बैंक खाता खोल्नेलाई एक सय रुपैयाँ उपहार

 चैत २८,काठमाडौं : सर्वसाधारणले नयाँ वर्ष २०७६ मा बैंक खाता खोल्नेलाई बैंकहरुले खातामा एक सय रुपैयाँ उपहार पाउने भएका छन् । यसअघि कुनै पनि बैंकमा खाता नभएका नेपालीले बैंकमा खाता खोले प्रति खाता सो रकम बराबरको रकम प्राप्त गर्नेछन् । यसका लागि नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय […]

 

photo

NOC1-250x300