अन्तर्वार्ता

प्रधानमन्त्री देउवा > नेपालको संविधान : शान्ति, स्थायित्व र विकासको नयाँ युगको सूत्रपात

६ असोज, न्यूयोर्क, अमेरिका । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मुलुकभित्र बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय नीतिलाई अनुशरण गरेको बताएका छन । संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री देउवाले बिहीबार कोलम्बिया विश्वविद्यालयमा आयोजित ‘समावेशी लोकतन्त्र र विकासतर्फ नेपालको रुपान्तरण’ विषयक वल्ड लिर्डर्स फोरम (विश्व नेता मञ्च) लाई सम्बोधन गर्दै भने– ‘‘नेपालको यथार्थ […]

शताब्दिकै ठूलो भूकम्पमा परी  मेक्सिकोमाज्यान गुमाउनेको संख्या ६१ पुग्यो

एजेन्सी, भदौ २४,    बीबीसी मेक्सिकोका अधिकारीका अनुसार मेक्सिकोको दक्षिणी समुन्द्री तटमा शुक्रबार आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या बढेर ६१ पुगेको छ ।मेक्सिकाका राष्ट्रपति इन्रिके पेना नियेटोले दक्षिणी समुन्द्री तटमा यो शताब्दिकै सबैभन्दा शक्तिशाली झट्का भएको बताएका छन् । भूकम्पले नराम्रोसँग प्रभावित टेबेस्को, वहाका र चियापसमा राहत कार्य जारी भइरहेको बताइएको छ ।थुप्रै स्थानमा […]

मनिषा : ‘क्यान्सर मेरा लागि वरदान साबित भयो’

मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा र ठूली भएपछि श्रीमान्को घरमा खुसी देख्ने हाम्रो संस्कार छ ।   तर, जीवनको लामो समय एक्लै बसेकी मनीषा बिहे गरेपछि आफ्नै माइती फर्किएकी छिन्, […]

के भन्छन् राजनीतिमा लागेका यी पाँच कलाकार ?

के भन्छन् राजनीतिमा लागेका कलाकार ? प्रधानमन्त्री बन्न राजनीतिमा आएकी हुँ  ‘राजनीति भनेको रुचिको कुरा हो । आत्मसन्तुष्टि र सेवा गर्ने इच्छाशक्ति भएका जुनसुकै क्षेत्रका मान्छे पनि राजनीतिमा आउन सक्छ । म जनताको सेवा गर्न राजनीतिमा आएकी हुँ । चर्चाका लागि राजनीतिमा आएकी होइन, किनकि म यत्तिकै चर्चित छु । राजनीतिमा लागेपछि मन्त्री, प्रधानमन्त्री हुने […]

सर्वोच्चको फैसलाबारे देवी ज्ञवालीसँग अडियो वार्ता – ‘सबैभन्दा ठूला न्यायमूर्ति जनता हुन्’

काठमाडौं। सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदानको फैसला गरेसँगै यहाँका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले जनता नै सबैभन्दा ठूला न्यायमूर्ति हुने टिप्पणी गरेका छन् । उनले सर्वोच्च अदालतले जे फैसला गरे पनि जनताको अदालतले भने आफ्नो पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।  नेकपा एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार बनेका ज्ञवालीले […]

मन्त्री पद नपाएको भन्दै मलाई जोडेर गलत प्रचार गरियो : चीनकाजी

काठमाडौँ – नेपाली काङ्ग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले मन्त्रीपरिषद् विस्तारलाई लिएर पछिल्लो समय छापा तथा अनलाइन मिडियाहरुमा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सोमबार विज्ञप्ति नै जारी गर्दै यसमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका हुन् । ‘मन्त्री छान्दा भद्रगोल शैली, पञ्चायतकालको यातनाभन्दा चरम दण्ड पाएको जस्ता शीर्षकहरुमा प्रकाशित समाचारहरुमा मेरो नाम जोडेर […]

राष्ट्रवादको नारा दिएर हिटलर जन्माउन खोजिँदैछः प्रचण्ड

१६ साउन, जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रवादको नारा दिएर हिटलरहरु जन्माउन खोजिएको बताएका छन् । एमाले र मधेस केन्द्रीय दलहरुको आलोचना गर्दै प्रचण्डले उनीहरु जाति-जाति भिडाउने खेलमा लागेको बताए । सोमबार जनकपुरमा भएको पार्टीको प्रदेश नम्बर २ को भेलालाई सम्बोधन गर्दै प्रचण्डले मधेसी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोजेको बताए […]

एमाले महासचिवको विश्लेषणः बुलेटमा लेखेर राख्नुहोला, २ नम्बर प्रदेशमा पहिलो बन्छौं !

अन्तरघातले ३० सीट गुमायौं, अब माओवादीको बुद्धि फिरोस् ६ साउन, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचन अनुगमन तथा परिचालनका लागि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा केन्द्रीय तहबाटै कमिटी बनाएको थियो । २ चरणको चुनाव सकिएर भरतपुर महानरपालिका बाहेक अन्य ६१६ स्थानीय तहको परिणामले एमालेलाई पहिलो बनाए पनि एमाले नेतृत्व पूर्ण रुपमा सन्तुष्ट छैन । अन्तरघातका […]

बच्चैदेखि सेयर बजारमा होमिएका बफेट यसरी बने विश्वकै दोस्रो धनी

३० वैशाख काठमाडौं । वारेन बफेट अहिले बिश्वका दोस्रो धनी ब्यक्ति हुन् । विश्वका एक नम्बर धनी बिल गेट्ससँग ८६ अर्ब अमेरीकी डलर बराबरको सम्पत्ती छ भने उबफेटसँग ६५ अर्ब बराबरको सम्पत्ती छ । अहिले उनी चर्चित धनाढ्य मात्रै होइनन्, चर्चित लगानीकर्ता पनि हुन् । उनी अहिले बर्कसायर हाथवे कम्पनीका अध्यक्ष तथा सिइओ हुन् । […]

काठमाडौंका प्रतिष्पर्धि उमेद्बार एकले अर्कोलाई कसरी हेर्छन् ?

बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको चुनावी चलहपहल ह्वात्तै बढेको छ । उम्मेदवारहरु भोटमाग्न मतदाताको घरघर धाइरहेका छन् । यसैसन्दर्भमा हामीले सबैभन्दा धेरै मतदाता र उम्मेदवार रहेको काठमाण्डौ महानगरपालिकाका केही उम्मेदवारसँग उनीहरुको चुनावी एजेण्डा र चुनावी गतिविधिका बारेमा कुराकानी गरेका छौं । राप्रपा र एमालेले एकले अर्कोलाई कसरी भोट हाल्छन् ? राजुराज जोशी […]

NOC1ads