ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। सीआईबीले मंगलबार सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सातजनालाई पक्राउ गरेको थियो। जसमध्ये अदालतबाट यसअघि नै स्टे