पृतनापति र चिकित्सकमा कोरोना पुष्टिपछि नेपाली सेनाकाे मध्यपूर्वी पृतना सिल

जनकपुरधाम, जेठ ४ : कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिएपछि महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना सिल गरिएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाका मध्यपूर्वी पृतनाका दुई जनामा कोरोना भएको पुष्टि गरेको थियो। संक्रमित हुनेमा सेनाका एक जना चिकित्सक र अर्का सो पृतनाका पृतनापति अधिकारी रहेको खुलेको छ। दुई जनामा संक्रमण देखिएपछि ब्यारेक सिल गरी […]

लकडाउन जेठ अन्तिमसम्मै लम्ब्याउने सरकारको तयारी

जेठ ४ , काठमाडौं : कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे बहस भइरहेको थियो । तर, शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको कोरोना सङ्क्रमण कारण ज्यान गएपछि सरकार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने तयारीमा जुटेको छ । सरकारले पाँचौंपटक थपेको लकडाउनको अवधि सोमबार सकिँदैछ । “लकडाउनको अहिलेकै मोडललाई यथावत राख्ने कि, […]

बाँकेको क्वोरन्टिनमा मृत्यु भएका युवाको कोरोना परीक्षण रिपोर्ट आज आउँदै

काठमाडौं, जेठ ४ : बाँकेको क्वोरन्टिनमा मृत्यु भएका युवा ५ दिन पहिले भारतबाट फर्किएको खुलासा भएको छ। भारतबाट वैशाख ३० गते नेपाल फर्किए लगतै उनलाई बाँकेको नरैनापुर गाउँपालिका–५को भगवानपुरस्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा राखिएको थियो। उनको आइतबार बिहान साढे ६ बजे अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। उनी क्वारेन्टिनमा आउने बेलादेखि नै बिरामी रहेको नैनापुर गाउँपालिका वडा नं […]

भारतद्वारा थप २० बिघा नेपाली भूमि अतिक्रमण

जेठ ४,झापा : झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो। गाउँपालिकाका अध्यक्ष जयनारायण साहले विगत सात वर्षदेखि भारतीय एसएसबीले सो जग्गामा नेपालीलाई भोगचलन गर्न नदिएको बताए । त्यसअघि नेपालीहरुले सो जग्गामा […]

जनताको पीडा बुझ्‍ने हृदय सरकारसँग छैनः देउवा

जेठ ४,काठमाडौं: प्रतिनिधिसभा प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकारसँग कोरोना भाइरसले पुर्‍याउने क्षतिबारे ज्ञान नभएको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै देउवाले जनताको पीडा बुझ्ने हृदय सरकारसँग नभएको बताए। उनले जनताको दुखप्रति सरकारसँग कुनै संवेदना नभएको आरोप लगाए। उनले भनेका छन्, ‘पहिलो सन्देश यो सरकारलाई कोभिड १९ ले […]

कन्टेनर भ्यानमा लुकेर आएका ५० भारतीय नागरिक समातिए

जेठ ४,काठमाडौं : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आइतबार बिहान नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ। सिन्धुपाल्चोकको जल्केनीबाट आइतबार बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाए लगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनका अनुसार ती भारतीय नागरिक […]

सन्क्रमित भागे प्रहरीले गोली समेत हान्न सक्ने निर्णय

जेठ ४, वीरगञ्ज – स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा क्वारेन्टाइनका शंकास्पद व्यक्ति भागे प्रहरीले पहिला ‘सामान्य बल’ प्रयोग गर्नेछन् । त्यति हुँदा पनि नियन्त्रणमा नआए […]

लकडाउन थप्ने र झन् कडा पार्ने सरकारको योजना

  प्रकाशित : २०७७ जेठ ४ गते  काठमाडौं। सरकारले अन्तिम पटक थप गरेको लकडाउनको अवधि भोलि (सोमबार) सकिँदैछ। लकडाउन जारी रहेकै अवस्थामा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै एक जनाको मृत्युसमेत भएपछि सरकारले थप शतर्कता अपनाउने भएको छ। आइतबार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठिन उच्चस्तरीय समितिको बैठक बसेर लकडाउन बढाउने सिफारिस गर्दैछ। यसअघि बसेको समितिको […]

उपत्यकाका नाकामा विशेष सुरक्षा सतर्कता

  जेठ ४, काठमाडौं – काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले नाकामा विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन् ।  उपत्यका बाहिरबाट लुकिछिपी उपत्यका छिर्न थालेपछि ती नगरपालिकाले नाकामा विशेष सुरक्षा सतर्कता अपनाउन थालेका हुन् ।  उपत्यका प्रवेश गर्ने नाका जोडिएका काठमाडौँको चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर, सूर्य्विनायक, नागार्जुन र […]

आजको राशिफल / वि.सं. २०७७ ज्येष्ठ ०४ गते आइतबार

  वि.सं. २०७७ ज्येष्ठ ०४ गते आइतबार तदनुसार ई. सं. २०२० मई १७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (वछलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:३६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे, पोखरा, कास्की, नेपालमा […]

 

photo

NOC1-250x300