धान रोपाइँ यो वर्ष कम, ६३ प्रतिशतमात्र !

काठमाडौं । गतवर्ष भन्दा यो वर्ष रोपाइँ कम भएको छ । कृषि तथा पशुपन्छी  विकास मन्त्रालयले दिएको जानकारी अनुसार गत वर्षभन्दा यो वर्ष १३ प्रतिशत रोपाइँ कम भएको हो ।   मन्त्रालयले दिएको जानकारी अनुसार यो वर्ष साउन ६ गते सम्ममा नेपालभर ६३.६९ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । जुन गत वर्षको यहि अवधिमा ७७.७४ […]

ओडारमा लुकाएको १६ किलो सुन प्रहरीको कब्जामा !

 प्रहरीले ओडारमा लुकाएर राखेको १६ किलो सुन फेला पारेको छ । गोरखाको धार्चे गाउँपालिका खोर्लाबेसीको ओडारमा लुटेराले लुट्ने डरले १६ किलो  सुन फेला पारिएको प्रहरीले जानकारी दिएको छ । चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ किलाे सुन प्रहरीले बिहीबार बरामद गरेको हो । असार ११ गते राति खच्चडलाई सुन बोकाएर […]

७७ वर्षकाे उमेरमा सम्बन्धविच्छेद !

धनकुटा / श्रीमान् र श्रीमतीबीचको सम्बन्ध बिग्रिएको लामो समयपछि धनकुटाको एक राई दम्पतीले सम्बन्धविच्छेद गरेका छन् । जिल्ला अदालत धनकुटामा श्रीमतीले सम्बन्धविच्छेदको निवेदन आइतबार दिएपछि शहीदभूमि गाउँपालिका–३ का ७७ वर्षीय बर्मध्वज राई र उनकी श्रीमती ६० वर्षीया बर्मेश्वरी राईको सोमबार सम्बन्धविच्छेद भएको हो । उनीहरूको विहे २०३४ सालमा भएको थियो । विवाह भएको ४२ वर्षपछि […]

विप्लवप्रति सरकारी नीति ‘नियन्त्रण पनि वार्ता पनि’

साउन ९,काठमाडौं : सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको छ । मुलुकको विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत पहिले नियन्त्रण र पछि वार्ताको नीतिबाट नै राजनीतिक मूलधारमा ल्याउन सफल भएको निष्कर्षसहित सरकारले विप्लव समूहलाई समेत सोही नीतिबाट भए पनि मूलधारमा ल्याउन सकिने निष्कर्ष निकालेको […]

आजको राशिफल : २०७६ श्रावण ०९ गते बिहीबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द […]

भूकम्पपीडितद्वारा प्राधिकरणविरुद्ध मुद्दा

साउन ९,काठमाडौं : त्रिपुरासुन्दरी गाउँपालिकास्थित खहरेका गोपीबहादुर पाण्डेको घर भूकम्पले बस्न नहुने गरी भत्कियो ।   घर भत्किपछि निजी आवास निर्माणार्थ सरकारले दिने अनुदानका लागि घरैमा आएका सर्वेक्षण टोलीले उनको घरको विवरण लिई फाराम भरे । तीन पटकसम्म पनि फाराम भर्दा नाम नआएपछि उनले पुनःनिर्माण प्राधिकरणविरुद्ध उजुरी हाले । यो समाचार नागरिक दैनिकमा छ ।

देशका विभिन्न ६ दर्जन बढी मुख्य सडक अवरुद्ध

साउन ९,काठमाडौं : लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ दर्जन बढी मुख्य सडक अवरुद्ध भएका छन् । ग्रामीण इलाकामा जथाभावी खनिएका अनगिन्ती सडकमा पनि बाढी र पहिरोले क्षति पु¥याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागका अनुसार बुधबार देशका ६ दर्जन बढी ठाउँमा बाढी र पहिरोका कारण सडक अवरुद्ध […]

कालोसूचीको मारमा वाइडबडी, २८ देशमा उड्न पाउँदैनन् नेपाली जहाज

साउन ९,काठमाडौं : नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन् ।  कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् ।  यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ ।   राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याएको एयरबसको ए३३०–२०० वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् ।  नेपालका कुनै पनि जहाजलाई आफ्नो […]

ह्विलचेयर पाउनभन्दा बनाउनै गाह्रो

साउन ९, काठमाडौँ : रूखबाट लड्दा धादिङ जिल्लाको त्रिपुरासुन्दरी–२, सल्यानटारका अञ्जन श्रेष्ठको मेरुदण्डमा चोट लाग्यो । त्यसपछि हिँडडुल नै बन्द भएका श्रेष्ठ दुई वर्षअघि धादिङमै शारीरिक पुनस्र्थापना केन्द्रले गरेको घुम्ती शिविरमा गए ।   त्यहाँ उनले मोबिलिटी ह्विलचेयर पाए ।  ह्विलचेयर पाएपछि उनको जीवन थोरै सहज भएको थियो तर केही महिनाअघि उनको ह्विलचेयर बिग्रियो । ह्विलचेयर मर्मत […]

विद्युत् उत्पादन दोब्बर, निर्यात गरिँदै

साउन ९, काठमाडौं : निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजना हेर्दा आउँदो वर्षातदेखि नेपालबाट ठूलो परिमाणमा विद्युत् निर्यात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा हाल एक हजार मेगावाट हाराहारी रहेको विद्युत् करिब एक हजार मेगावाट थपिएर दोब्बर हुनेछ ।    आन्तरिक मागभन्दा धेरै विद्युत् उत्पादन हुने अवस्था नजिकिँदै […]

 

photo

NOC1-250x300