पार्किङ गरेकै ठाउँबाट माइक्रोबस चोरी!

  काठमाडौं, माघ १, (रासस)          स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ।स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एम. बि.बि.एस. पढ्ने गरीब आरक्षित कोटा नकाट्न अन्तरिम आदेश

  काठमाडौ,१ माघ । काठमाडौं– सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को आंगिक क्याम्पसमा रहेको गरिबका लागि आरक्षित कोटालाई सामान्यमा परिणत नगर्न अन्तरिम आदेश जारी गरेको छ। आइओएम डिन कार्यालयले यस वर्ष आरक्षण कोटाका लागि कुनै पनि विद्यार्थीको प्रमाण र आधार नपुगेको भन्दै सामान्य कोटामा परिणत गरिएको सूचना पुस २५ गते प्रकाशन गरेको थियो। उक्त […]

राशिफल / वि.सं. २०७४ माघ ०१ गते सोमबार

    वि.सं. २०७४ माघ ०१ गते सोमबार तदनुसार ई. सं. २०१८ जनवरी १५ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११३८, (पोहेलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:२३ बजे, पोखरा, […]

ल्वांग बैठकमा बाबुरामका अगाडि यसरी तेर्सिए प्रश्न ? बाबुराम भए नाजवाफ?

 पोखरा १९, पुस । मंगलबारदेखि कास्कीको ल्वाङ होमस्टेमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समीक्षा बैठक सुरु हुँदैछ । ३ दिनसम्म भूमिगत शैलीमा हुने समीक्षा बैठकमा स्थापनादेखि निर्वाचनसम्म नयाँ शक्तिले लिएको बाटो र आगामी रणनीतिबारे छलफल हुनेछ । नयाँ शक्ति पार्टीको बैठकमा उठेका कुराहरू – – नेत्रित्वले बाम र लोकतान्त्रिक भन्दै फट्कोमारेर […]

पक्राउ पुर्जी जारी भएका सिलवाल मलेसियामा

             काठमाडौं, पुस १९ । नेपाल प्र्रहरीका पूर्व डिआइजी नवराज सिलवाललाई काठमाडौं प्रहरी परिसरले किर्ते मुद्दामा पक्राउ पुर्जी जारि गरेको छ । नेपाल प्रहरीको आइजीपी बढुवा प्रकरणमा विवादमा मुछिएका सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका सांसद समेत हुन । सिलवाललाई तुरुन्त्र पक्राउ गरी उपस्थित गराउन लालितपुर […]

प्रचण्ड र देउवा भेटमा के कुरा भो ?

काठमाडौं १९ पुस , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्  । मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमूखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रचण्डका प्रेस  संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए । भेटमा अध्यक्ष प्रचण्डले […]

राशिफल / २०७४ पौष १९ गते बुधबार

    वि.सं. २०७४ पौष १९ गते बुधबार तदनुसार ई. सं. २०१८ जनवरी ०३ तारिख,  साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (पोहेलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४७ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे, पोखरा, कास्की, […]

प्रचण्डलाई तर्साएर बामपंथी एकता भाडने काङ्ग्रेसको रणनीति

काठमाडौं १८, पुस ।  कांग्रेस राजपालगायत दलले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेका छन् । एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने उदेश्यका साथ उनीहरुले दाहाललाई फकाउने रणनीति अख्तियार गरेका हुन् ।निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ ।दाहाललाई फकाउन उसले ‘प्रलोभन’देखि घुमाउरो शैलीमा सत्य निरुपण तथा मेलमिलाप […]

एमाले-माओवादी एकता प्रक्रिया: सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

काठमाडौं, पुस १८ । नेकपा एमाले र माओवादी केन्द्रबिच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व सिद्धान्त र सांगठानिक संरचना परिवर्तन हुने संकेत देखिएको छ । पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्नेदेखि एमालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले अपनाउँदै आएको ‘माओवाद’ दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषयसम्ममा छलफल सुरु भएको छ […]

फेरि बढ्यो ईन्धनको भाउ, पेट्रोल र ग्यास अब कति रुपैयाँ ?

  काठमाडौं, पुस १८ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ ।  निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ । ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको निगमका अधिकारीले जानकारी दिएका छन् ।, आजको कान्तिपुरमा यो खबर छ, […]

ads