फेरि एयरपोर्टमा समातियो अवैध सुन

काठमाडौं, २७ कात्तिक : हिमालय एयरको उडानद्वारा कतारबाट काठमाडौं आएका सिराहा मिर्चैया महानगरपालिका–२ घर भएकी रुवी कुमारी महतो पक्राउ परेकी छन् । अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ सय ९९ ग्रामको सुनको वाला ४ थानसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा प्रहरीले जाँच गर्नेक्रममा भन्सार छली अवैध रुपमा लुकाई […]

आमाले आफ्नी नवजात छोरीलाई जन्मेको २ घण्टामै खाल्डोमा पुरेपछि…….. (भिडीयो)

के कुनै आमाले आफ्नै सन्तानलाई जिउँदै खाल्डोमा हालेर माटोले पुर्न सक्छ ? सामान्यतया कुनै आमा यति कठोर हुन सक्दैनन् । तर, कुनै आमाले भने क्रुरताको सबै सीमा नाघिदिन्छन् । यस्तै मुटु हल्लाउने घटना भारतको गुजरातको सुरेन्द्रनगर जिल्लामा भएको छ । यहाँ एक आमाले आफ्नी नवजात छोरीलाई जन्मेको २ घण्टामै खाल्डोमा फालिदिएकी छिन् ।  करिब ५ […]

‘केदारनाथ’को ट्रेलर रिलिज, पहिलो फिल्ममै साराको हट अवतार (भिडीयो)

बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यु फिल्म ‘केदारनाथ’ को अफिसियल ट्रेलर लञ्च भएको छ । फिल्ममा उनको हिरो सुशान्त सिंह राजपूत छन् । ७ डिसेम्बरमा रिलिज हुने अभिषेक कपूर निर्देशित फिल्म अहिले विवादमा फसेको छ ।  उत्तराखण्डमा केदारनाथका तीर्थ पुरोहितहरुले तिखो प्रतिक्रिया दिएका छन् । उनीहरुले फिल्मले हिन्दूको भावनामाथि आहत पुर्याभएको […]

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री बर्खास्त

२७ कार्तिक,काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरेका छन्। पदीय आचरण अनुसार काम नगरेको भन्दै मुख्यमन्त्री भट्टले सोडारीलाई बर्खास्त गरेका हुन्। तिहारमा मन्त्रीको गाडी दुर्घटना प्रकरणमा उनको नाम मुछिएको थियो। उनीमाथि पदीय आचरण अनुसारको काम नगरेको र पार्टीको निर्देशन अवज्ञा गरेको आरोप लागेको थियो। मन्त्री सोडारीले प्रयोग गर्दै आएको […]

शेयर बजार १४ अङ्कले बढ्यो

काठमाडौँ, कार्तिक २७ :  लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत […]

२४ घण्टाभित्र यमनमा करिब १५० जनाको मृत्यु

२७ कार्तिक,यमन : यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले बताएका छन्।  युद्धमा सात जना सर्वसाधारणको मृत्यु भएको छ, तर यस घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ।  साउदी अरेबियाको समर्थन प्राप्त संयुक्त गठबन्धनको सहयोगमा यमनको सरकारी फौजले इरान समर्थित हुथी विद्रोही […]

मेयरले खोसे वडा सचिवको बाइकको चाबी

कार्तिक २७,इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले वडा सचिवहरूले प्रयोग गरिरहेको मोटरसाईकलको चाबी खोसेका छन । सबै वडा सचिवहरूलाई नभई केहीलाई मात्र मोटरसाईकल सुविधा दिइएको भन्दै विवाद भइरहेका बेला मेयर चौधरीले सुविधाको सवारी चलाइरहेका वडा सचिवहरूको बाइकको चाबी खोस्न नगर प्रशासनलाई यसअघि नै अह्राएका थिए । तर, कुनै पनि कर्मचारीले वडा सचिवको चाबी खोस्न […]

तातोपानी कुण्डमा नुहाउँदै प्रचण्ड !

कार्तिक २७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी पुगेका छन् । पत्नी सीताको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन नेता दाहाल त्यहाँ पुगेका हुन् । बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित प्रचण्ड पत्नी दाहाललाई उपचार गराउन ल्याइएको छ । हेलिकप्टरमार्फत अर्थुङ्गेस्थित नेपाली सेनाको गणमा अवतरण गराइएपछि सवारी साधनमार्फत बेनी […]

प्रधानमन्त्री मातहत ल्याइएका तीनवटै विभाग अन्योलमा

कात्तिक २७,काठमाडौं : ओलीले आफु प्रधानमन्त्री भएको आठै दिनमा सरकारको कार्यविभाजन नियमावली संशोधन गरी राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभाग आफुमातहत ल्याएका थिए ।  उनी प्रधानमन्त्री भएको नौ महिना लागिसक्दा पनि कानुन् अन्योलमा परेका छन् ।  विद्यमान ऐनअनुसार राष्ट्रिय अनुसन्धान विभाग गृह र सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालय […]

कांग्रेसभन्दा कम्युनिष्ट खर्चालु

कात्तिक २७,काठमाडौं : सत्रै सामुहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्ट कांग्रेसभन्दा बढी भड्किला, महँगा र खर्चालु देखिएका छन् ।  कम्युनिष्टहरु कत्तिको तडकभडक छन् भन्ने कुरा दशैँ, तिाहार, छठ, नेपाल सम्वत्का अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाद्धारा आयोजित शुभकामना आदान—प्रदान एवं चियापान कार्यक्रममा भएको खर्चबाट नै प्रस्ट हुन्छ ।  हुन त उक्त पार्टीका कुनै नेता आफ्ना कार्यकर्ता […]

 

photo

NOC1-250x300