बेहुलाले मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए

मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् ।विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा छोडेर हिँडेका थिए । जन्ती पनि उनीसँगै त्यत्तिकै फर्किएका थिए ।  बेहुली पक्षको उजुरीका आधारमा राजवंशीलाई जहदा–४ बाटै पक्राउ गरिएको जिल्ला प्रहरी […]

लोकसेवाले १५ जेठमा ८ हजारको संख्यामा भर्ना खुलाउँदै

जेठ १०,काठमाडौं : लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो । आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो । आयोगले बिहीबार स्थानीय […]

सांसदलाई बजेटः निर्वाचित बढाउने, समानुपातिक हटाउने खेलमा

जेठ १०,काठमाडौं: संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेको बेला सांसदहरू भने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बढाउने र कटौती गर्ने खेलमा विभाजित भएका छन् । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी भइरहेका बेला प्रत्यक्ष निर्वाचित सांसदहरूले बजेट बढाएर १० करोड पु¥याउन अर्थ मन्त्रालयमा लबिङ गरिरहेका छन् । समानुपातिक सांसदहरू भने […]

रेल ल्याउन सजिलो छैन, नेपालमा भइरहेको बहस सुनेर अचम्मित छुः चिनियाँ राजदूत

चीनबाट हिमाल छेडेर रेल ल्याउन सजिलो छैन । तर काठमाडौँमा आजभोलि ने रेल आउन लागेजसरी बहस सुरु हुन थालेको छ । केरुङ–काठमाडौँ रेलमार्गबारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको छ ।   चिनियाँ राजदूत होऊ यान्छीले पत्रकारसँग भनिन्,‘यस्तो भूगोल छ , चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने विषय […]

मेलम्चीमा अर्को ठेक्का, थप दुई अर्ब ५२ करोड भार

सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको लागि ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो ।  अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी तीन प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो ।मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिनपछि बिहीबार सञ्चारमन्त्री […]

ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री

त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ ।‘काठमाडौँ छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवैजना केही वर्षमै कान्तिपथको ५÷७ रोपनीमा फैलिएको घरजग्गा आँट्ने हैसियतमा पुगेका थिए,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतले कान्तिपुरसँग भन्यो,‘यो […]

मिक्लाजुङ हत्याकाण्डः ‘पत्याउनै गाह्रो, सपनाजस्तो’

मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहार बुधबार दिनभरि मलिन देखियो । गाउँलेमा कुनै उत्साह देखिएन। दुई परिवारका नौजनाको सोमबार राति घरमै भएको हत्याबारे अनेक अडकलबाजी लगाइरहेका उनीहरू त्रसित र हतास देखिन्थे। उनीहरूलाई नौजनाको हत्या सपनाजस्तो लागेको छ । ‘गाउँमा त शान्ति थियो। अलिअलि झैझगडाबाहेक थिएन । त्यसै मान्छे तराई झ¥या हैन […]

कर्मनासा क्षेत्रको सात रोपनी भूमाफियाको कब्जामा

ललितपुरको हात्तिवनस्थित सिलौटेमा पर्ने कर्मनासा आसपासको ७ रोपनी जमिन भूमाफियाको कब्जामा परेको छ ।जग्गा व्यवसायीले खोलाको जग्गा मिचेर प्लटिङ गरेर जग्गा बिक्री वितरण गर्न थालेसँगै खोलाको बहाबक्षेत्र साँघुरिनुका साथै खेतीयोग्य जमिन टुक्राटुक्रामा खण्डीकरण भएको छ ।   २०२२ सालको नापी–नक्सा अनुसार खोला र खोला आसपासको सार्वजनिक जग्गा करिब ७ रोपनी रहेकामा पछिल्लो २०७० को नक्सा […]

आजको राशिफल / वि.सं. २०७६ ज्येष्ठ १० गते शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कर्मसिद्धिको समय छ । हाँके÷ताकेका काममा सफलता आर्जन हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । […]

भारतमा फेरि मोदीको लहर, रुझानमा भाजपालाई बहुमत

काठमाडौँ जेठ ९ : भारतमा जारी लोकसभा निर्वाचनको प्रारम्भिक रुझानमा सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) पुनः सत्तामा पुग्ने संकेत देखाएको छ। भारतीय निर्वाचन आयोगले ५ सय ४३ स्थान मध्ये ५ सय ३७ स्थानमा रुझान सार्वजनिक गरेको छ। पछिल्लो तथ्यांक अनुसार भाजपा २ सय ७८ स्थान अग्रता कायम गरेको छ। रुझानमा भाजपा बहुमतका संख्याभन्दा बढी हो। […]

 

photo

NOC1-250x300