आइएनएस साउदीको संयोजकमा पौडेल

निर्दोस नेपाली ⁄ साउदी  

नयाँ शक्ति पार्टी नेपालको  भातृ संगठनको रुपमा रहेको अन्तराष्ट्रिय नेपाली समाज (INS) साउदीको क्षेत्रीय भेला आज सम्पन भएको छ  ।  साउदीको दमाममा सम्पन्न भेलाले ओम पौडेलको संयोजकत्वमा २३ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ । सो भेलाले संगठन विस्तारका लागि जिम्मेवारी बाँडफाँड गर्नुका साथै विभिन्न निर्णयहरु गरेको ‍ओम पौडेलले जानकारी दिनुभयो ।

14961446_1899792126909621_777661901_n

रोजगारीको लागि देशका बिभिन्न जिल्लाबाट साउदी आइपुगेका नेपालीहरुको संगठन आइएनएसको भेलालाइ  नयाँ शक्ति पार्टी नेपालका प्रवास प्रदेशिक परिषद् सदस्य राजेन्द्र सिर्मल मिज़ारले सम्बोधन गर्नु भएको थियो ।

भेलाका प्रमुख अतिथिसमेत रहेका मिजारले समृद्ध नेपाल निर्माणका लागि प्रवासमा रहेका नेपालीहरुले निर्वाह गर्नुपर्ने भुमिकाबारे प्रष्ट पर्नु भएको थियो ।

उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैँ नयाँ शक्ति पार्टी के हो ? नेपालमा यसको आवश्यक्ता र नयाँ शक्तिको बैचारिक घरातलका बारेमा पार्टीको धारणा राख्नु भएको थियो ।

भेलामा नयाँ शक्ति साउदी अरबका प्रशिक्षण बिभाग प्रमुख तथा दलित शक्ति साउदीका संयोजक दिल श्रीपाली पनि सहभागि हुनुहुन्थ्यो भने कार्यक्रमको संचालन क्षेत्रीय समिति उपसंयोजक भूपेन्द्र बि क रोहितले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल