नेपाल-भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन

PM office Nepal

जेठ २९, सरकारले नेपाल-भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा विष्णुराम उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ । 

परराष्ट मन्त्रालयको प्रस्तावमा जेठ २२ गते मन्त्रिपरिषद्को बैठकले नेपाल भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि विज्ञ समिति गठन भएको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए । 

भारतद्वारा अतिक्रमित भूमि समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतसँगको वार्तामा लागि प्रमाण जुटाउन समिति गठन भएको हो । 

सरकारले चलचित्र विकास वोर्डको अध्यक्ष दयाराम दाहाललाई दुइ वर्षको लागि नियुक्त गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए । 

यस्तै सरकारले रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा महोत्तरीका गुरुप्रसाद भट्टराईलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।

 

photo

NOC1-250x300