August 28, 2018

अमेरिका र उत्तर कोरिया विवाद बढ्ययो !

एजेन्सी, १२ भदाै ।  अमेरिका र उत्तर कोरियाबीच फेरि सम्बन्धमा चिसोपना आउन थालेको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अमेरिकाले हस्तक्षेपको योजना बनाइरहेको आरोप लगाएको छ । अमेरिकाले हसिलो अनुहार लिएर वार्तामा बस्ने तर आपराधिक षड्यन्त्रको तानाबाना बुनेर आक्रमण गर्ने गरेको उत्तर कोरियाको आरोप छ ।

यदि अमेरिकाले यस्तो गरे त्यो उसको गम्भीर भुल हुने चेतावनी दिइएको छ । आइतवार मात्र दक्षिण कोरियाको रेडियोले प्योङयाङमाथिको हस्तक्षेपको उद्देश्यका साथ अमेरिकी सेनाले जापानसँग मिलेर सैन्य अभ्यास गरिरहेको प्रसारण गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विदेशमन्त्री माइक पोम्पिायोको प्योङयाङ भ्रमण रद्द गरेको भोलिपल्टै उत्तर कोरियाका तर्फबाट कडा टिप्पणी आएको हो । उत्तर कोरियाले सिंगापुर सहमति अनुसार परमाणु निशस्त्रीकरणमा पर्याप्त काम नगरेको भन्दै उक्त भ्रमण रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल