कांग्रेसले मन्त्री दिन्छौं भनेपछि माओवादीलाई बाइबाइ गरें !

 

 

(सामान्यतया मन्त्रीहरू पार्टीको निर्णयपछि सरकारमा सहभागी हुन्छन् र पार्टीकै निर्देशनअनुरुप चल्छन् । तर शेरबहादुर देउवा नेतृत्वको मौजुदा मन्त्रिपरिषद्का पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठ यसका अपवाद हुन् । उनी पार्टीको निर्णयवमोजिम सरकारमा सहभागी त भए तर मन्त्रिपरिषद्मा रह“दा–रह“दै पार्टी नै परिवर्तन गर्ने निर्णयमा पुगे । माओवादी केन्द्रबाट मन्त्री बनेका र पछि डेरा सारेर कांग्रेस बनेका श्रेष्ठले मन्त्री बनाएर पठाएको पार्टी नै परिवर्तन गर्ने निर्णय किन गरे ?  राजनीतिक विषयमा केन्द्रित रहेर मन्त्री श्रेष्ठसंग भएको भलाकुसारिको सारसंक्षेपः

० तपाईं माओवादीको कोटाबाट मन्त्री त हुनुभयो तर बीचमै कांग्रेसतिर ओत लाग्नु भयो । किन यस्तो निर्णय लिनुभयो ? 

–रहरले कोही कसैले पनि पार्टी परिवर्तन गर्दैन । मैले पनि रहरले नभएर बाध्यताले नै पार्टी बदलेको हु“ । माओवादीबाट कांग्रेसमा जानै पर्ने भएकाले यस्तो निर्णय गरेको हु“ ।

० जनतालाई ती कारण बताइदिनुहोस् न जसले एउटा मन्त्रीलाई दल नै बदल्न बाध्य पा¥यो ? 

–म नढा“टी भन्छु, पहिलो त माओवादीमा मैले आफूलाई असुरक्षित देखें । सर्लाहीमा शून्यको अवस्थामा रहेको माओवादीलाई मैले जिताए“ । तर मैले मिहेनत गरेर बनाएको क्षेत्रलाई एमालेको पोल्टामा पार्ने काम भयो । जनताको काम गर्न पद चाहिने तर यता रह“दा त्यो नहुने † कांग्रेसले पद(मन्त्री) दिन्छौं यतै आउनुस् भनेर बोलाएकाले माओवादीलाई बाइबाइ गरें ।

० तर, हिजो त तपाईं कांग्रेसमै हुनुहुन्थ्यो । पहिले किन छाड्नु भएको त ?  

–तपाईंहरूलाई थाहै छ, म कांग्रेस पृष्ठभूमिबाट राजनीतिमा आएको हु“ । माओवादीमा २०७० सालमा जा“दा म कांग्रेस नै थिए“ । तर, त्यतिबेला ममाथि अन्याय गरियो र मुखैमा आएको टिकट नदिएर खोसियो । हातमा परिसकेको टिकट खोस्ने काम हु“दा मेरो चित्त कु“डियो । माओवादीले मेरो घाउमा मल्हम लगाउ“दै टिकट दिने भनेपछि उतै लागें । त्यता छाडेर माओवादी बनेपछि छुटेका साथीहरू खिन्न थिए । पुराना साथीहरूको हरेकजसो भेटमा गुनासो हुन्थ्योे– तपाईं माओवादीमा गएर भएन, अब यतै आउनुस् ।’ यसले पनि मलाई सोच्न बाध्य पा¥यो र कांग्रेसमै तान्यो । सारमा भन्नुपर्दा माओवादीभित्रको पेलान, कांग्रेसमा छुटेका साथी र टिकट दिने कांग्रेसको आश्वासनले यस्तो बाटो रोजें । 

० कांग्रेसले दिने पद माओवादीले पनि त दिन्थ्यो होला नि त, प्रचण्डसंग म पदबिना पार्टीमा बस्न सक्दिन“ भनेर कुरा गर्नु भएन त ? 

–माओवादीमा बसेर पनि गर्न नसकिने त थिएन । तर, माओवादी नै पी“दविनाको लोटाजस्तो भयो, हठात एमालेसंग एकता गर्ने कुरा आयो । यसले झन् परिस्थिति प्रतिकूल बन्दै जाने देखें । प्रचण्डसंग पनि कुरा नगरेको होइन, स्पष्टसंग भनेको हु“– मलाई टिकट दिइन्छ भने बस्छु, नत्र कांग्रेसमै फर्कन्छु । मैले यति भन्दा–भन्दै मेरो क्षेत्र एमालेलाई दिने काम भयो त म के गरु“ ? 

० पहिले कांग्रेस, त्यसपछि माओवादी, फेरि कांग्रेस । कार्यकर्ता त कस्तो अस्थिर मान्छेको पछि लागिएछ भनेर भड्किएका होलान् होइन ? 

–भड्किएका छैनन्, छैनन् । सबै साथीहरू मसंगै कांग्रेसतिरै फर्किसके । सबै साथीहरू म कांग्रेसमै फर्किंदा खुसी नै हुनुहुन्छ । 

० हिजो अन्याय गरेको कांग्रेसले अब चाहिं न्याय गर्ला त ?

–साथीहरूले हिजो टिकट नदिंदा मैले कित्ता बदलेको हु“ । मैले कित्ता बदल्दा कांग्रेसले हार्न पुग्यो । यो कुरा कांग्रेसका साथीहरूले रियलाइज गरिसक्नु भएको छ । पार्टीका साथीहरूले गल्ती भयो भनेर माफी नै मागेकाले अब त्यस्तो हु“दैन । 

० तपाईंले यी कुराहरू भनिराख्दा मलाई राजनीतिको परिभाषा सोध्न मन लाग्यो, वास्तवमा राजनीति के रहेछ ? 

–राजनीति देशको मूलनीति हो । यो जनताको हितमा प्रयोग गर्नुपर्छ ।

० राजनीतिमा विचारसंगै मूल्य पनि प्रधान हुन्छ भनिन्छ नि ? 

–विचार–सिचार सब भन्ने कुरा मात्रै हुन् । कुन विचार बोकेर कसले के गरे भन्ने कुरा त घाम जत्तिकै छर्लंगै छ, मैले भनिराख्नै पर्दैन ।  

० एकथरि मान्छेहरू भन्दैछन् कि राजनीतिमा हुने मूल्य, निष्ठा र इमान श्यामलाल श्रेष्ठजस्ता अवसरवादीहरू राजनीतिमा प्रवेश गरेर रसातलमा पु¥याए । यसको जवाफ तपाईं कसरी दिनुहुन्छ ?

–हेर्नुस् जुन पार्टीमा लागे पनि देश र जनताको काम इमानका साथ गर्ने हो । जनतालाई ढा“टियो, छलछाम गरेर दुनो सोझ्याइयो भने मात्रै राजनीतिको बदनाम हुन्छ । श्यामलाल श्रेष्ठले अहिलेसम्म देश र जनताको हितविपरीत काम गरेको छैन । इमान्दारिताका साथ देश र जनताको पक्षमा काम गरिरहेको छ । जनतासंग जोडिएर राजनीति गर्ने व्यक्तिलाई यस्ता लाञ्छना लगाइनुको कुनै तुक छैन । 
० तपाईं राजनीतिमा चाहिं कसरी आउनु भयो, अलिकति बताइदिनुहोस् न ? 
–सानैदेखि मेरो कांग्रेसीहरूसंग सरसंगत थियो । संगत गुनाको फल भनेजस्तै मलाई पनि यही विचारले तान्यो र  यतै लागें । पछि दुईपटक कांग्रेसबाटै गाविस अध्यक्ष भए“ । कांग्रेस जिल्ला कमिटीको सचिवको भूमिका पनि मैले निर्वाह गरिसकेको छु । पार्टीले टिकट खोसेकाले मात्रै म माओवादी भएको हु“, नत्र त उतै हुन्थें । 

० तपाईं ऊर्जा राज्यमन्त्री हु“दै यतिबेला पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । माओवादीबाट मन्त्री बन्न कत्तिको पापड बेल्नुप¥यो त ? 

–माओवादी आफूलाई सर्वहारा पार्टी भन्छ । समानता त उसको आदर्श नारा नै हो । तर व्यवहार ठीक उल्टो छ । जनयुद्ध नलडेकालाई त्यहा“ दोस्रो दर्जाको व्यवहार हुन्छ । त्यसैले वडा सदस्य बन्ने हैसियतसम्म नभएकाहरूलाई पनि जनयुद्ध लडेकै आधारमा पोलिटव्युरो पद दिइएको छ ।  अन्यत्रबाट आएका व्यक्ति क्षमतावान हु“दाहु“दै पनि कर्नरमा पारिएका छन् । यसको अपवाद म हुनसक्ने कुरै भएन, मैले पनि यस्तै व्यवहार झेलें । जनयुद्ध लडेका नै मन्त्रीका अकांक्षी भएकाले मेरो सम्भावना थिएन पनि । तर, जिल्लादेखि सबैतिरबाट मलाई मन्त्री बनाउनु पर्छ भनेर दबाब आयो । राज्य मन्त्री बनाउने निर्णय पार्टीले गरेकाले यसलाई स्वीकारेर सहभागी भएको हु“ । 

० तपाईं पहिलोपटक मन्त्री हुनुभएको छ । मन्त्रीको कुर्सी सोचेजस्तै रहेछ कि केही भिन्न अनुभूति पनि छन् तपाईंसंग ?

–एक महिना २४ दिन ऊर्जा राज्यमन्त्री भए“ । केही समय विनाविभागीय भएर पनि बसियो । अहिले पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छु । त्यस्तो फरक अनुभूति मैले केही पनि गरेको छैन । पद बाहिर हु“दा जनतालाई आश्वासन दिइएको हुन्छ तर यहा“ रह“दा आश्वासन अनुसार काम गर्न सकिन्छ । 

० प्रायः मन्त्रीहरूको गुनासो कर्मचारीबाट सहयोग पाइएन भन्ने हुन्छ । तपाईंको त कर्मचारीसंग गुनासो छैन नि ? 

–नीतिगत कुरामा कर्मचारीले वाधा अड्चन गर्दैनन् । अब मन्त्री नै व्यक्तिगत स्वार्थमा लागे भने त कर्मचारीले पहिले नीतिनियम बनाउनुस् अनि गर्छौं भनिहाल्छन् नि । 

० देउवा सरकारका मन्त्रीहरूले स्वार्थअनुसारका काम गर्न कर्मचारीलाई दबाब दिँदा आतंक नै छाएको कुरा चर्चामा आइरहेको छ । सत्य के हो ? 

–यो गलत कुरा हो । यसमा कुनै सत्यता छैन । हामी नियम, पद्धति र प्रक्रियाअनुसार नै काम गरिरहेका छौं । 

० मन्त्रीलाई प्रभावमा पार्न ब्रिफकेस बोकेर आउनेको ओइरो हुन्छ भन्ने सुनिन्छ । तपाईंकोमा चाहिं ब्रिफकेसवाला कत्तिको आइरहेका छन् त ? 

–यस्ता कुराहरू मैले मन्त्री हुनुअघि सुनेको हु“ । मन्त्री भएपछि मेरो मन्त्रालयमा पनि फाट्टफुट्ट यस्ता घटना नभएको होइनन् । गैरकानूनी काम गरिदिनुप¥यो भन्दै स्वार्थ समूहहरू आएका थिए । तर त्यस्ता स्वार्थ समूहसंग म लालायित भइन“ । विधिले जे भन्छ त्यही अनुसार काम गरें, गर्नेछु । 

० प्रसंग बदलौं, दोस्रो संविधान सभा निर्वाचनमा पहिलो शक्ति बनेको कांग्रेस प्रदेश तथा प्रतिनिधि सभा चुनावमा बेस्सरी पराजित भयो । किन यस्तो भयो होला ? 

–समानुपातिकमा एमालेभन्दा कांग्रेसको ४६ हजार कम भोट आएको छ । प्रत्यक्षमा एमालेभन्दा ५ लाख बढी मत कांग्रेसले पाएको छ । ८६ सिट जित्ने एमालेभन्दा २३ सिट जित्ने कांग्रेसको मत ४६ हजार मात्रै कम छ । यसर्थ कांग्रेसले जनमत गुमाएको होइन, गणितमा मात्रै हारेको हो । यसो भन्दैमा अरु कमजोरी भएनन् भन्ने होइन । नेतृत्वको कमजोरीले पनि परिणाममा असर गरेको छ । प्रजातन्त्रवादी भन्न रुचाउने तर पावर आफैंसंग राख्ने प्रवृत्तिले पनि कांग्रेसलाई नोक्सानी भएको छ । 

० सरकार छाड्न तपाईंहरूलाई अलि गाह्रो भएको हो ? 

–हामी सरकार छाड्न आतुर छौं । संवैधानिक प्रक्रिया पूरा हुनेवित्तिकै हामी सरकार त्याग्छौं । यसमा कांग्रेसले कुनै अर्घेल्याइ“ गरेको छैन ।  

NOC1-250x300