काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै पार्टी एकताको घोषणा गर्ने गरी तयारी थाल्ने निर्णय गरेको छ । पार्टीको धारणासहित मंगलबार बिहान बस्ने एकता संयोजन समितिको बैठकले विवादित विषयहरु टुंगो लगाएर वैशाख ९ गते नै एकता घोषणा गर्ने तयारी गरिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार स्थायी कमिटीको बैठकमा सबै सदस्यले अब एकता प्रक्रिया अघि बढिसकेकाले रोक्न नहुने धारणा राखेका थिए ।
तर, नेकपा माओवादी केन्द्रले अनुपातका लागि राखेको अडान सही नभएको निष्कर्ष एमालेको थियो ।
एमालेका एक नेताका अनुसार माओवादीले पचास प्रतिशत भन्नुका पछाडि केही गम्भीर षडयन्त्र हुन सक्ने आँकलन नेताहरुले गरेका छन् । भोलि पार्टी फुटाउनुपरेमा आवश्यक संख्या आफूसँगै राख्न चाहेको हुन सक्ने ठहर एमालेको थियो । त्यसका लागि माओवादीले भनेको ‘जनयुद्ध’ शब्द विधानमा राखेर जान एमाले लचिलो भए पनि अनुपातमा भने अडान कायमै रहेको ती नेताले जानकारी दिए ।
एमाले नेता भीम रावलले भने बैठकपछि बुधबार बिहान बस्ने बैठकपछि ९ गते एकता हुने कि नहुने भन्ने टुंगो लाग्ने बताए । तर, नेम्वाङले ९ गते नै एकता घोषणा गर्ने तयारी गरिएको बताए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द