February 20, 2018

७ बुदे सहमति पछि पनि एमाले -माओवादीबीच मध्यरातमा अर्को निर्णय

uml_bam_KTej9JONOw-300x210

फाल्गुन ८,काठमाडौं। हिजो राति ११ बजे एकीकरणका लागि ७ बुँदे प्रारम्भिक सहमतिमा  सहि गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले फेरि मध्य रातमा  दुई कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।  प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सरकारी निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको शीर्ष नेतासहितको एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल  र प्रतिवेदन कार्यदल गठन गरेको हो । 

संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन्  भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् ।   संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने छ । 

पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट  नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।  

उक्त कार्यदलले एकीकृत पार्टीको अन्तरिम विधानको तय गर्नेछ ।  बैठक स्रोतका अनुसार दुबै कार्यदलले पाएको कार्यादेशअनुसार चाँडो  प्रतिवेदन तयार पारेर नेतृत्वलाई बुझाउनु पर्नेछ  । 

एमाले र माओवादीबीच सहमति भएका ७ बुँदे आधारपत्रमा पद बाँडफाँडका विषयमा केहि उल्लेख गरिएको छैन ।  यद्यपी  एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्तामा  महाधिवेशनसम्म दुबै  जना अध्यक्षको भूमिकामा रहने र ओली प्रधानमन्त्री रहने भद्र सहमति भएको बताइएको छ ।  

एकताका लागि भएका प्रारम्भिक आधारपत्रमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने उल्लेख गरिएको छ । यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेलिनवाद रहने उल्लेख गरिएको छ । 

यसैगरी एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा केन्द्रले पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता समान रहेको आधारपत्रमा  उल्लेख गरिएको छ ।

सहमतिमा एमालेको जबज र माओवादी केन्द्रको माओवाद र एक्काइसौँ शताब्दीको जनवाद सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने तथा उक्ता आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गर्ने उल्लेख छ । 

प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिकरुपान्तरणमार्फत् समाजवादको आधार निर्माण गर्ने पनि आधारपत्रमा जनाइएको छ । 
सहमतिपत्रमा एमालेका  अध्यक्ष केपी ओली, नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र इश्वर पोखरेलले हस्ताक्षर गर्दा माओवादीबाट तीन नेताहरु प्रचण्ड,  रामबहादुर थापा र  नारायणकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् । गत असोज १७ गते दुई पार्टीबीच वाम गठबन्धनको घोषणा गरिएको थियो र विभिन्न चरणको छलफल हुँदै अहिलेको स्थितिमा आइपुगेएको हो । 

यसैबीच ७ बुँदे एकताका आधार तय भएसँगै नेकपा माओवादी केन्द्र सरकारमा सहभागि हुने विश्वास गरिएको छ । यसअघि  एमालेले पार्टीको मार्गदर्शक सिद्धान्तमा अडान नछाड्दा  माओवादीले सरकारमा जान आनाकानी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक